ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु

प्रतिकात्मक तस्वीर

नेपालगञ्जमा ट्रयाक्टरको ठक्करबाट शनिवार अपराह्न एक वृद्धको मृत्यु भएको छ ।

लु३त ५४३२ नम्बरको ट्रयाक्टरले नेपालगञ्ज उपमहानगरपालिका–११ मा सडकमा हिँड्दै गरेका पैदलयात्री ९० वर्षीय साजिर जसगढलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए ।


Advertisement

उनका अनुसार ट्रयाक्टरको ठक्करबाट घाइते जसगढलाई उपचारका लागि भेरी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ठक्कर दिने चालक र ट्रयाक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जमा ट्राफिक व्यवस्था अव्यवस्थित हुँदै जाँदा सडक दुर्घटना बढ्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर नगरभित्र यातायात व्यवस्था सुदृढ गर्न लागिएको बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्