×

NMB BANK
NIC ASIA

भारतले नेपाली अलैँची किन्न छाड्यो, मूल्यमा भारी गिरावट

फागुन १०, २०७६

NTC
Sarbottam
File Photo
Premier Steels
Marvel

कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ। भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए।

Sagarmatha Cement
Muktinath Bank

भारतले  नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन (१०० किग्रां) अलैँचीको मूल्य घटेर  २६ हजार पुगेको छ । केही वर्षअघि एक मनको  एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि  २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए। उपाध्यक्ष श्रेष्ठले भने, ‘दुईचार वर्षअघि एक मनको एक लाखमा कारोवार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ। नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ। अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ। अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने उपाध्यक्ष श्रेष्ठले बताए।


Advertisment
Nabil box
Kumari

अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासङ्घका तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, युनाइटेड अरब इमिरेट्स,  चीन र भारत पुगेको जानकारी दिए्। मसलाका रुपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेकाले भविष्यमा बजार पाउने आशावादी बनाएको उनले बताए। पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको हो। 

अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ। चीनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल नगरिदिँदा अलैँची व्यवसायी निराश हुनुपरेको उपाध्यक्ष श्रेष्ठको गुनासो गरे। सधैँ भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ। पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ। 

Vianet communication
Laxmi Bank

अहिले भारतमा अलैँची उत्पादन हुन थालेपछि नेपालमा उत्पादित अलैँची बिक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ। अहिले अलैँची कारोवारमा भारतमा  कमी आएको पाइन्छ। गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताउँछन्। ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ। दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ। सङ्खुवासभामा २९ हेक्टर  उत्पादनयोग्य जमीन रहे पनि हाल ३०० मेट्रन अलैँची उत्पादन हुँदै आएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x