नेपाल–भारतमैत्री कन्सर्ट र स्टार इन्टरनेसनल ऐडुकेसन अवार्ड वितरण सम्पन्न

स्टार इण्डिया ग्रुपले भव्यताका साथ काठमाडौंमा नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री सांगीतिक कार्यक्रम तथा स्टार इन्टरनेसनल एडुकेसन अवार्ड २०२० डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यामिक विद्यालयमा सम्पन्न गरेको छ । 

सोही कार्यक्रममा भारतबाट आमन्त्रित ९ प्रतिष्ठित कलाकारलाई भारत गौरव रत्न अवार्डबाट विभुषित गरिएको छ । उक्त कलाकारहरूको समूहको विभिन्न प्रस्तुति हेर्नका लागि एक हजारभन्दा बढी उपस्थित थिए । भारत गौरव रत्न अवार्ड २०२० बाट विभुषित हुने कलाकारहरूको सूचीमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादव, आभा वामबुरकर र सुनिता जमडाडे छन् ।


Advertisement

उक्त कार्यक्रमका प्रमुख अतिथि स्टार इण्डिया ग्रुपका डाइरेक्टर सुनिल कुमार र भारतीय दूतावासका कार्यबाहक राजदूत डा. अजयकुमार उपस्थित थिए । उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै स्टार इण्डिया ग्रुपका व्यवस्थापकीय डाइरेक्टर सुनिल कुमारले नेपाल–भारत सांस्कृतिक विरासतको केन्द्रको रूपमा विश्व मानवकल्याण र भातृत्वका लागि अध्ययनको केन्द्र रहेको बताए । 

स्टार इण्डिया ग्रुपको २०२० को इन्टरनेसनल एडुकेशनल अवार्ड यस वर्ष समेत डीएभी विद्यालयले हात पार्‍यो । त्यसैगरी विद्यालयका अध्यक्ष अनिल केडियाले सोही ग्रुपको बेस्ट लिडरशीप अवार्ड जित्न सफल भएका छन् भने प्राचार्य भुवनेश्वरी रावले वेस्ट प्रिन्सिपल अवार्ड जित्न सफल भएकी छन् । यससँगै स्टार इण्डिया ग्रुपको अन्तर्राष्ट्रिय अवार्ड डीएभी विद्यालयले १२औं पटक हात पार्न सफल भएको हो । 


Advertisement

अवार्ड हात पारेसँगै डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले प्रतिव्रिmया दिँदै भनिन्, ‘भारत गौरवरत्न अवार्ड वितरण समारोह डीएभी स्कूलमा आयोजना हुनु विद्यालयकै लागि महŒवपूर्ण उपलब्धि भएको बताइन् ।’ त्यसैगरी स्टार इण्डिया ग्रुपको इन्टरनेशनल एडुकेशन अवार्डको श्रेय सम्पूर्ण, विद्यार्थी शिक्षक र अभिभावकहरू रहेको बताइन् । 

उक्त कार्यक्रममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदारनाथ शर्मा, त्रिभुवन विश्वविद्यालयका डा. विरेन्द्र पाण्डे, नेपाल–भारत मैत्रि समाजका अध्यक्ष प्रेम लस्करी र परित्रान कन्सल्टेन्सिका विक्रान्त पाण्डे, लगायत प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो ।

डीएभी विद्यालयका अध्यक्ष अनिल केडियाले भारत गौरव रत्न अवार्डबाट बिभुषित कलाकारहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्