कियारा आडवाणीको फोटोशूटप्रति विदेशी फोटोग्राफरले जनाइन् आपत्ति

केही दिनअघि बलिउडका सेलेब्रिटी फोटोग्राफर डब्बु रत्नानीले सन् २०२० को क्यालेन्डर सार्वजनिक गरेका थिए । उनले खिचेका सेलेब्रिटीहरूका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

तीमध्ये एउटा फोटोको बढी नै चर्चा भएको थियो । कियारा आडवाणीको नग्न तस्वीर चर्चाको केन्द्रमा रहेको हो । नग्न तस्वीरले चर्चा त कमायो तर ट्विटरमा त्यसलाई खुबै उडाइयो । 


Advertisement

फोटोले इन्टरनेसनल कपीराइट उल्लंघन गरेको आरोप पनि लगाइएको छ । अन्तर्राष्ट्रिय फोटोग्राफर मेरी बर्शको कपी यो फोटो भएको बताइएको छ । ओरिजिन फोटोकी मोडल केट मोस हुन् ।

बर्शले दुई फोटोको तुलना गरेर बनाइएको एक मिमलाई आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरिन् । उनले आफ्नो कन्सेप्ट चोरी भएकोमा आक्रोश व्यक्त गर्दै लेखिन्, ‘म बढी टिप्पणी गर्दिनँ ।’


Advertisement

विवादपछि कियारा र डब्बुको प्रतिक्रिया आइसकेको छैन । 

डब्बुले क्यालेन्डर २०२० का लागि विकी कौशल, वरुण धवन, टाइगर श्रोफ, सनी लियोन, विद्या बालक र ऐश्वर्या राय लगायतका कलाकारको फोटोशूट गराएका छन् 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्