कालीकोटमा सामुदायिक नर्स

प्रतिकात्मक तस्वीर

कालिकोटका छ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम शुरू भएको छ ।

कुपोषणलाई कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक नर्स कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवाका विषयमा र गर्भवती महिला तथा बालबालिकालाई जानकारी दिनेछन् ।


Advertisement

सामुदायिक नर्सले स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँ, चिनो, कागुनु, मार्सी चामल, सिमी, मास, भटमासलगायतका खाद्यवस्तुको प्रयोग ल्याउन गाउँमा जानकारी दिने उद्देश्यले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन पहिलोपटक शुरू गरिएको कार्यक्रमले आम नागरिकलाई भरपुर सेवा दिने कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए ।


Advertisement

'गाउँमा उत्पादित अर्गानिक खाद्यवस्तुको प्रयोगले कुपोषण घट्ने छ', उनले भने । 

जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भीष्मप्रसाद पोख्रेलले सामाजिक विकास मन्त्रालयले लागू गरेको सामुदायिक नर्स कार्यक्रम महत्वपूर्ण भएकाले स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई सही तरिकाले सेवा दिन सकिने बताए ।

उनले भने, 'कार्यक्रम प्रभावकारी बनाउन स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँलगायतका अन्नको महत्वलाई बुझाएमा कुपोषण घट्नेछ ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्