माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्पविरुद्ध विपक्षी दल डेमोक्रेटिक पार्टीको उम्मेदवार टुंगो लगाउने चुनावहरू चलिरहेका छन् ।
शनिवार नेभाडा ककसको चुनावमा आफूलाई ‘लोकतान्त्रिक समाजवादी’ भनी चिनाउन चाहने बर्नी स्यान्डर्स अरूभन्दा निकै अगाडि भई विजेता रहे । यसअघि न्यु ह्याम्पशायर प्राइमरीमा पनि स्यान्डर्स नै विजयी भएका थिए । त्यसअघिको आयोवा ककसमा पिट बुट्टिजीज विजयी भए पनि स्यान्डर्स उनीभन्दा धेरै पछाडि थिएनन् । अब अर्को हप्ता साउथ क्यारोलाइनामा हुने चुनावमा स्यान्डर्सको स्थिति निकै बलियो छ ।
विभिन्न पूर्वानुमानहरूको अध्ययन गर्दा स्यान्डर्सले नै डेमोक्रेटिक पार्टीको उम्मेदवारी जित्ने र ट्रम्पसँग प्रतिस्पर्धा गर्ने देखिएको छ । भर्मोन्ट राज्यका सिनेटर स्यान्डर्स डेमोक्रेटिक पार्टीको संस्थापन पक्षलाई चुनौती दिइरहन्छन् र पार्टीको वामपन्थी खेमाको प्रतिनिधित्व गर्छन् । उनी आफूलाई खुला रूपमा समाजवादी भन्न रुचाउँछन् र अमेरिकाको वित्तीय केन्द्रका रूपमा रहेको वालस्ट्रीटको आलोचना गर्छन् ।
सट्टेबाजीहरूको अनुमानमा पनि स्यान्डर्सले डेमोक्रेटिक पार्टीको उम्मेदवारी हात पार्ने सम्भावना बढी देखिएको छ । उनको सम्भावना ४३.६ प्रतिशत रहँदा दोस्रो स्थानमा रहेका माइकल ब्लूमबर्ग २६.६ प्रतिशतका साथ निकै पछाडि छन् । पिट बट्टिगीग १४.६ प्रतिशतका साथ तेस्रो र जो बाइडेन ९.१ प्रतिशतका साथ चौथो स्थानमा छन् । अन्य उम्मेदवार एमी क्लोबुचार, एलिजाबेथ वारेनहरूले प्रतिस्पर्धा नै गर्न नसक्ने देखिएको छ ।
स्यान्डर्स यसअघि सन् २०१६ मा पनि डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्नका लागि लडेका थिए तर उनलाई हिलारी क्लिन्टनले उछिनिन् । उनका विचारधारालाई हिलारी लगायतका संस्थापन पक्षले नरुचाउने भएकाले उनलाई हराउन त्यतिखेर षड्यन्त्र गरिएको भनिएको थियो । अहिले पनि हिलारी र अन्य संस्थापन नेताहरूले उनको कठोर आलोचना गरिरहेका छन् ।
स्यान्डर्स डेमोक्रेट उम्मेदवार बने भने आगामी निर्वाचनको तस्वीर कस्तो हुन्छ भन्ने विषयमा विश्लेषकहरूको आआफ्नै मत छ । उनी उम्मेदवार बनेछन् भने ट्रम्पले आफूलाई स्यान्डर्सको तुलनामा नरम नेता भएको रूपमा प्रस्तुत गर्ने सम्भावना छ । स्यान्डर्सलाई कम्युनिस्ट भनी चित्रित गर्दै अमेरिकीहरूको कम्युनिस्टफोबियालाई जगाउने प्रयास ट्रम्पले गर्न सक्छन् ।
स्यान्डर्सले आफू निर्वाचित भएमा अमेरिकामा क्रान्ति ल्याउने र सरकारी संयन्त्रलाई नै पुनर्गठन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अमेरिकाको धनाढ्यवर्ग केन्द्रित पूँजीवादलाई प्रतिस्थापित गरेर नर्डिक मुलुकहरूको जस्तो कल्याणकारी राज्यको अवधारणा ल्याउने बताएका छन् । यसले गर्दा धनाढ्य वर्ग र तिनका ताबेदार नेताहरू स्यान्डर्ससँग तर्सिएका छन् । उनीहरू स्यान्डर्सको पक्षमा रुसी ह्याकरहरू लागेको भन्ने षड्यन्त्रमूलक हौवा समेत फैलाइरहेका छन् ।
उता ट्रम्पसँग भने अमेरिकी जनताको हित हुने कुनै पनि प्रस्ताव देखिँदैन । मौजुदा स्थितिलाई नै कायम राख्ने ट्रम्पको सोच देखिन्छ । हुन त अहिले अमेरिकी अर्थतन्त्रको स्थिति राम्रो छ र अमेरिका अहिले सबभन्दा ठूलो तेल उत्पादक बनेकाले अरब मुलुकप्रतिको निर्भरता पनि घटेको छ । अनि बेरोजगारी घटेको छ र न्यूनतम ज्याला बढेको छ । स्वास्थ्य सेवामा लाग्ने खर्च पनि अलिक घटेको स्थिति छ त्यसैले ट्रम्प प्रशासनलाई कम दबाब छ ।
ट्रम्पले अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्धमा आमूल परिवर्तन ल्याउने भनी गरेको वाचा त पूरा गर्न सकेका छैनन् तर उनले नयाँ युद्ध चाहिँ शुरू गरेका छैनन् । चुनावी वाचाअनुसार उनले अफगानिस्तान लगायतका युद्धग्रस्त मुलुकबाट अमेरिकी सैनिक फिर्ता ल्याउन पनि पहल गरिरहेका छन् । अनि उनले चीनसँग गरेको व्यापारयुद्ध र अन्य मुलुकका आयातमाथि लगाएको करले अमेरिकी लोकरञ्जनवादीहरूलाई सन्तुष्ट तुल्याएको छ ।
त्यसैले ट्रम्पलाई आगामी चुनावमा हराउन कुनै पनि डेमोक्रेट उम्मेदवारलाई अलि गाह्रो छ । त्यसमाथि ट्रम्पको घमण्डीपना, जथाभावी ट्वीट गर्ने बानी, कुरा फेरिरहने प्रवृत्ति, आफ्नो प्रशासनमा अधिकारीहरू परिवर्तन गरिरहने बानीलाई नै आधार बनाएर उनी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित हुन योग्य छैनन् मात्र भन्दा जनताले नपत्याउने स्थिति छ ।
तर ट्रम्पको अतिवादलाई काट्नका लागि स्यान्डर्स नै सबभन्दा योग्य उम्मेदवार हुन् भन्ने विषयमा धेरैथरी विश्लेषकहरू सहमत छन् । भूमण्डलीकरण र अनियन्त्रित पूँजीवादका कारण अमेरिकाको गरीब तप्काका मानिसको जीवनस्तरमा कुनै तात्त्विक परिवर्तन नआएपछि उनीहरूको आक्रोशलाई भजाउँदै ट्रम्पले लोकरञ्जनवादी कुरा गरेर मत हासिल गरेका थिए । तर त्यस तप्काको हित गर्ने वास्तविक नीति चाहिँ स्यान्डर्ससँग छ ।
सन् २००७–०८ को आर्थिक मन्दीपछि अमेरिकी जनतामा अमेरिकाको पूँजीवादी व्यवस्था नैतिकताविहीन छ भन्ने ज्ञान हासिल भएको देखिन्छ । अमेरिकी पूँजीवादले ल्याएको आर्थिक असमानता, खर्च धान्न सकिने स्वास्थ्यसेवाको अभाव, विशाल ऋण र चरम जातिभेदले मानिसलाई निराश बनाएको छ ।
हाड घोटेर काम गर्दा पनि खानलाउन मात्र ठिक्क हुने पैसा कमाउन सकिने स्थिति रहेकाले सामान्य मानिस वाक्कदिक्क भइसकेका छन् र देशमा आर्थिक वृद्धि भए पनि त्यसको फाइदा धनाढ्यवर्गले मात्र उठाइरहँदा उनीहरूमा निराशाका साथै आक्रोशको स्थिति छ । त्यसैले एक ठूलो वर्ग बर्नी स्यान्डर्सको पूँजीवादविरोधी कुरा सुन्न थालेको छ र त्यसलाई गम्भीरताका साथ लिँदै उनलाई ट्रम्पविरुद्ध भिडाउनका लागि मत समेत दिइरहेको छ ।
त्यसो त अमेरिकामा पूँजीवादको विरोधलाई सीधै कम्युनिस्ट बिल्ला भिराएर विरोधीहरूलाई अतिवादी देखाउने कोशिश हुने गरेको छ । सन् १९५० को दशकमा सिनेटर जोसेफ मककार्थीले वामपन्थी सोच भएकाहरू अमेरिकाविरोधी हुन् भन्दै उनीहरूलाई खोजीखोजी दुःख दिने काम गरेका थिए । अनि सोभियत रुससँगको शीतयुद्ध कालभरि कम्युनिस्टले अमेरिकालाई ध्वस्त पार्न खोज्दैछन् भन्ने त्रास फैलाइने गरिन्थ्यो । त्यसैले अमेरिकाको एउटा पूरै पुस्ताले समाजवाद, वामपन्थ र कम्युनिजमलाई घृणा गर्दै आयो र समाजवादी सोच भएका नेताले कहिले पनि मूलधारको राजनीति गर्न सकेनन् ।
तर माथि भनेजस्तै आर्थिक मन्दीपछि अमेरिकीहरूमा पूँजीवादको विकल्पप्रतिको सोच बढ्न थालेको छ । अनि त्यसमाथि अब अमेरिकी राजनीतिमा कुनै पनि कुरा अस्वीकार्य हुन छोडेको देखिन्छ । राजनीतिको ‘र’ समेत नजानेका घरजग्गा व्यवसायी र रियालिटी टीभीका स्टार ट्रम्पले अश्लील हर्कत देखाउँदा समेत अमेरिकीहरूले राष्ट्रपति बनाएबाटै अब अमेरिकी राजनीतिमा जे पनि सम्भव हुने देखिएको छ । यस्तो अवस्थामा स्यान्डर्सको वामपन्थी समाजवादी सोचलाई अमेरिकाले अस्वीकार गर्छ भन्न सकिँदैन ।
स्यान्डर्सले युवा मतदाताहरू र सबै जातजातिका मतदाताहरूको समर्थनमा वृद्धि गरिरहेको पाइएको छ । मुख्य कुरा त रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीका मतदाताभन्दा स्वतन्त्र मतदाताहरूको संख्या अमेरिकामा बढी छ र तिनैले राष्ट्रपति निर्वाचनमा निर्णायक मत दिन्छन् । त्यस्ता मतदाताहरू मध्यमार्गी हुन्छन् । ट्रम्पको असभ्यपना र उग्रदक्षिणपन्थीहरूप्रति देखाएको समर्थनबाट आजित भएका उनीहरू अहिले स्यान्डर्सको पक्षमा देखिएका छन् । तिनै स्वतन्त्र मतदाताहरूले स्यान्डर्सलाई उनको भर्मोन्ट राज्यमा लगातार प्रचण्ड बहुमतका साथ जिताइरहेका छन् । अनि स्यान्डर्सको सबभन्दा बलियो पक्ष भनेको उनी जे भन्छन्, त्यो मनदेखि नै भन्छन् । भोट पाउनका लागि झूटा कुरा गर्ने खालका उनी हैनन् । त्यसैले भोट हाल्न नजाने एक वर्ग र मध्यमार्गी वर्ग पनि उनीप्रति आकर्षित देखिन्छन् ।
कमजोर आर्थिक हैसियत भएकाहरूले प्रायः चुनावमा भोट हाल्न जाने गरेको देखिँदैन तर यसपालि उनीहरू स्यान्डर्सलाई भोट हाल्नका लागि आतुर रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । त्यसैले अमेरिकी पूँजीवादमा आमूल परिवर्तन ल्याउने स्यान्डर्सको प्रतिबद्धता साकार पार्न पनि एक ठूलो तप्काले उनलाई निर्वाचित बनाउने लक्ष्य लिएको देखिन्छ ।
उनलाई उम्मेदवार नबनाउनका लागि षड्यन्त्र गरिएछ भने चाहिँ आगामी निर्वाचनमा ट्रम्प नै विजेता हुन सक्छन् ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...