पश्चिमी खानेकुराले पुरुषको क्षमता घटाउने अध्ययनमा देखियो

वीर्य कुनै जनावर हुन्थ्यो भने पश्चिमी मुलुकहरूमा त्यो विलुप्त हुने स्थितिमा छ । 

उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजील्यान्डमा विगत ३८ वर्षमा (१९७३ देखि २०११) स्पर्म काउन्ट ६० प्रतिशतसम्मले घटेको देखिएको एक अनुसन्धानले देखाएको छ । हालसालै गरिएका अध्ययनले यो प्रवृत्ति जारी रहेको देखिन्छ । 


Advertisement

अध्ययनहरूले टेस्टोस्टेरोन स्तरमा पनि गिरावट आइरहेको देखाएका छन् । टेस्टोस्टेरोन भनेको हर्मोन हो जसले पुरुषको मांसपेशी र हाड बनाउँछ र सेक्स ड्राइभको वृद्धि गर्छ । 

विकिरण, वायु प्रदूषण र खानेकुरामा भएका रसायनले यसमा भूमिका खेल्ने र ठ्याक्कै यही कारण हो भन्ने नसकिने बताइएको छ । धूम्रपान, मद्यमान र मोटपनाको पनि भूमिका छ । 


Advertisement

अनि पश्चिमी खानेकुरामा भएको कम पोषणले पनि वीर्यक्षमतामा ह्रास ल्याइरहेको शुक्रवार प्रकाशित एक अध्ययनले देखाएको छ । 

‘पुरुषको अण्डकोषको शक्तिसँग खानपिनको सम्बन्धका विषयमा यो अहिलेसम्मको सबभन्दा ठूलो अध्ययन हो,’ अध्येता फेइबी नासनले भने । उनी हार्वर्ड विश्वविद्यालयको टीएन चान स्कूल अफ पब्लिक हेल्थका रिसर्च फेलो हुन् । 

अध्ययनले देखाएअनुसार पिज्जा, फास्ट फूड स्न्याक, चकलेट र प्रोसेस गरिएका खानेकुरा जस्ता पश्चिमी डायट खाने पुरुषले स्वस्थ, सन्तुलित खाने कुरा पुरुषको तुलनामा ६ करोड ८० लाख कम वीर्य निकाल्ने गर्छन् । 

प्रत्येक इजाकुलेसनमा तीन करोड ९० लाख भन्दा कम वीर्य भएको पुरुषको स्पर्म काउन्ट कम भएको मानिन्छ । स्पर्म काउन्ट कम हुँदा पुरुषले आफ्नी पत्नीलाई गर्भवती बनाउन सक्दैनन् । अनि यसले पुरुषको स्वास्थ्यको पनि सूचना दिन्छ ।

‘ऊर्वरता बच्चा जन्माउनका लागि मात्र महत्त्वपूर्ण छैन,’ नासनले भने । ऊर्वरताले पुरुषको सामान्य स्वास्थ्यस्थिति र कति बाँच्ने भन्ने कुराको संकेत दिन्छ भन्ने कुरा नयाँ अध्ययनले देखाएको उनको भनाइ छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्