×

NMB BANK
NIC ASIA

पोखरामा एशियन टुर प्याराग्लाइडिङ वर्ल्डकप शुरू, २० देशका ९० पाइलटबीच प्रतिस्पर्धा

फागुन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल हवाइ खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा आइतवारदेखि एसियन टूर प्याराग्लाइडिङ वर्ल्डकप प्रतियोगिता शुरु भएको छ ।

Muktinath Bank

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङको सहयोगमा भएको सो प्रतियोगितामा २० देशका ९० जना प्रतियोगीले भाग लिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वकपमा फेडेरेसन अफ एरोनोटिक इन्टरनेशनल (एफएआइ)बाट मान्यता प्राप्त पाइलटले मात्र सो प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ ।


Advertisment
Nabil box
Kumari

आयोजक संस्था नाका निवर्तमान अध्यक्ष एवं संयोजक योगेश भट्टराईले पहिलो दिन पाइलटलाई वर्ल्डकप टूरबारे जानकारी दिने उद्देश्यले ब्रिफिङ गरिएको बताए ।

Vianet communication
Laxmi Bank

उनले सोमवारदेखि प्रतिस्पर्धा शुरु हुने र प्रत्येक दिन फरक–फरक 'टास्क' हुने बताए । यसअघि पोखरामै एएफएआइट–२ क्याटगोरीको प्याराग्लाइडिङ प्रि–वर्ल्डकप आयोजना भइसकेको छ ।

निरन्तर २ वर्षसम्म प्रि–वर्ल्डकप आयोजनापछि एफएआइले विश्वकपको लागि स्वीकृति प्रदान गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रिया लगायतका पाइलटले भाग लिएका छन् ।

नेपालका मात्र १२ जना पाइलटले भाग लिएका छन् । कोरोना प्रभावका कारण छिमेकी देश चीनका पाइलट आएनन् । पोखराको चुली सराङ्कोटबाट उडान भरेर पाइलट फेवाताल किनार खपौंदीमा अवतरण गर्ने छन् ।

नाका अध्यक्ष कृष्ण भण्डारीले विश्वकप टूरमा पाइटलले उपाधिसँगै अंक पाउने बताए । प्राप्त अंककै आधारमा एएफएआईले पाइलटको ¥याङकिङ गर्ने उनले जनाए । एक सातासम्म हुने खेलमा सम्भावित दुर्घटना रोक्न नेपाली सेनाले आपतकालीन व्यवस्था तयार पारेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x