खैरो हिरोइनसहित पक्राउ

कैलालीको बसपार्कस्थित अछाम होटलबाट खैरो हिरोइनसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका छन् ।


Advertisement

उनीहरुबाट ५६० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्