सूर्यविनायक-जडिबुटी सडकमा ठूला र साना सवारीको छुट्टाछुट्टै लेन

सूर्यविनायक-जडिवुटी सडकखण्डमा सवारीसाधनलाई वर्गीकरण गरेर छुट्टाछुट्टै लेनमा गुडाइने भएको छ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त सडकमा १४ फागुनदेखि यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधन बायाँ लेनबाट र निजी तथा साना सवारीसाधन सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था गरिन लागिएको हो।


Advertisement

यसले  उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

यात्रुबाहक, मालबाहक र विस्तारै गुड्ने गाडी बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारीसाधन दाहिने लेनबाट चल्ने अन्तराष्ट्रिय अभ्यास रहेकोले यसलाई कार्यान्वयन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालकाे भनाइ छ।


Advertisement

प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिको सिफारिसका आधारमा उक्त नियम लागू गर्न लागिएको हो। 

महाशाखाले नयाँ नियम कार्यान्वयनगराउन पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक विभाग भक्तपुरका प्रतिनिधि सम्मिलित ६ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्