प्रधानमन्त्री ओलीको राजीनामा माग्दै माइतीघरमा विवेकशीलकाे प्रदर्शन

विवेकशील नेपाली दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आइतबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। 

दलका अध्यक्ष मीलन पाण्डेका अनुसार ओली मन्त्रिपरिषद्का सदस्य नै कमिसन काण्डमा मुछिएपछि प्रमको राजीनामा माग गरिएको हो।


Advertisement

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागिएको भनिएको अडियो टेप सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले गत बिहीबार पदबाट राजीनामा दिएका थिए।

तर उक्त प्रकरणमा ‘भ्रष्टाचारीको मुखै हेर्दिँन' भन्ने प्रधानमन्त्रीकै संलग्नता हुन सक्ने भन्दै विवेकशिलले आन्दोलन थालेको हो। 


Advertisement

‘प्रधानमन्त्रीकै आवाजको रुपमा स्थापित गोकुल बास्कोटामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर निष्पक्ष छानबिन गर्न मार्ग प्रशस्त गर्न जरुरी छ,’ विवकेशीलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘कमिसन नै ओली सरकारको मिसन, प्रधानमन्त्री राजीनामा देऊ’  लगायत पोष्टर बोकेर प्रदर्शन गरिएको थियो। 


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्