समृद्धिका लागि दलहरु अब एकैठाउँमा उभिनुपर्छ : मन्त्री अर्याल

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले राजनीतिक दलहरु अब एकैठाउँमा उभिएर समृद्धिका लागि लाग्नुपर्ने बताएकी छन्। 

‘केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा छ,’ मन्त्री अर्यालले भनिन्, ‘सरकारले सबैसँग सहकार्य गर्न चाहन्छ, सरकारले हात फैलाएको छ, विकासका लागि सबैसँग सरकार सँगै हिँड्न चाहन्छ।’


Advertisement

स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल मैदानमा जारी दोस्रो भीरकोट महोत्सवको आज समापन समारोहमा मन्त्री अर्यालले विकास र राजनीतिक स्थिरताका लागि लडेका एकजुट हुनुपर्ने बताएकी हुन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्