×

NMB BANK
NIC ASIA

धमाधम सिँचाइको विस्तारमा प्रदेश ५ सरकार

फागुन ११, २०७६

NTC
Sarbottam
पश्चिम नवलपरासीको रामग्राम —१५ सुक्रौलीमा निमार्णाधीन तुरिया सिँचाइ योजना ।
Premier Steels
Marvel

प्रदेशभरिका जनतालाई सहजरुपमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको प्रदेश ५ सरकार लक्ष्य हासिल गर्न क्रियाशील रहेको छ।

Muktinath Bank

प्रदेश सरकार स्थापनापछि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत राखिएको जलस्रोत तथा ऊर्जा विकास महाशाखामार्फत प्रदेशका १२ वटै जिल्लामा सिँचाइसम्बन्धी योजना कार्यान्वयनमा रहेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश संरचना स्थापनादेखि हालसम्म प्रदेशका विभिन्न जिल्लामा सिँचाइ बाँध निर्माण पाँच वटा, पक्की नहर निर्माण ३८ किलोमिटर, लिफ्ट सिँचाइ निर्माण नौ वटा, डिप ट्युबवेल निर्माण ५१ वटा, पम्प हाउस निर्माण ५२ वटा, पाइपलाइन विस्तार ५६ किलोमिटर र ३९ किलोमिटर नदी नियन्त्रणतर्फका कार्य भएका छन् ।


Advertisment
Nabil box
Kumari

यसबाट  सिँचाइ सुविधा विस्तार १ हजार ७९४ हेक्टर, सिँचाइ संरचनाको सुदृढीकरण ५ हजार ९४५ हेक्टर, जग्गा उकास ५४३ हेक्टर खेतीयोग्य जमिनको सुरक्षा ३ हजार ५६० हेक्टर र २ हजार ११३ जोखिमपूर्ण घरको संरक्षण गर्ने कार्य पूरा भएको जलस्रोत तथा ऊर्जा विकास महाशाखाले जनाएको छ । 

Vianet communication
Laxmi Bank

जनताको मागलाई मध्यनगर गरी आवश्यकताअनुसार विद्यालय बाटो, पुलपुलेसा, मन्दिरलगायतका सार्वजनिक सम्पत्ति सुरक्षित गर्दै जाने मन्त्रालयले नीति लिइएको देखिन्छ। प्रदेश योजना आयोग तयार गरेको आवधिक योजनाका आधारमा प्रदेशभरि सिञ्चित क्षेत्रफल विस्तार गर्ने लक्ष्य लिइएको भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी बताउँछन्।  

प्रदेश ५ मा  कृषि उत्पादनका लागि अति आवश्यक सिँचाइ सुविधाको उपलब्धता पर्याप्त छैन। यस प्रदेशमा करिब ५१ प्रतिशत कृषि भूमिमा मात्र सिँचाइ सुविधा पुगेको अवस्था छ  । ‘सिँचाइ पूर्वाधार कषिको मूल आधार’ भन्ने मूल मन्त्रका साथ प्रदेशिक संरचना पछि मन्त्रालयले सिँचाइका क्षेत्रमा विभिन्न सिँचाइका योजनामार्फत धैरे उल्लेखनीय काम गरेको छ। 

जिल्लाको भौगोलिक अवस्था त्यहाँ आवश्यकता र मागअनुसार प्रदेशका १२ वटै जिल्लामा सिँचाइका विभिन्न आयोजनामार्फत काम भइरहेको मन्त्रालयका सचिव नुर मोहमद खाँ बताउँछन्। विभिन्न सेवा प्रभावसँगै प्रदेशमा रहेका कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ मन्त्रालयले विभिन्न काम गर्दै आएको छ । सतह सिँचाइ, भूमिगत सिँचाइ, लिफ्ट सिँचाइ र नदी नियन्त्रणसम्बन्धी आयोजना सञ्चालनमा रहेका छन् । कृषि क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने  योजनाका साथ महाशाखाले काम गरिरहेको महाशाखा प्रमुख ध्रुवराज पौडेल बताउँछन्।  

प्रदेश नं ५ अन्तर्गतको विभिन्न जिल्लामध्ये रुपन्देही कृषिको प्रचूर सम्भावना रहेको जिल्ला हो। ८२ हजार ६२२ हेक्टर खेतीयोग्य जमिन रहेको यस जिल्लामा करिब ५८ हजार ४५० हेक्टर सिँचाइयोग्य जमिन रहेको छ।  यस जिल्लामा ४७ हजार ६१७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। दश हजार ८३३ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ हुँदै आएको छ भने र २४ हजार १७२ हेक्टर क्षेत्रफलमा मौसमी सिँचाइ हुँदै आएको छ। अहिले पनि यस जिल्लामा कञ्चन बाँध सिँचाइ योजना, सियारी बबुरिया बाँध सिँचाइ योजना, छत्तीस मौजा सामुदायिक सिँचाइ योजना, पूर्णिमा बाँध सिँचाइ योजना, कञ्चन सिँचाइ योजना, रोहिणी सिँचाइ योजना, सियारी सिँचाइ योजना सोह्र मौजा सिँचाइ योजना,  इगुंरिया सिँचाइ योजनालगायतको योजना कार्यान्वयनमा छन् । 

प्रदेश नं ५ अन्तर्गत कृषिको प्रचूर सम्भावना रहेको अर्को जिल्ला हो कपिलवस्तु । कपिलवस्तु जिल्ला कृषिको दृष्टिकोणले फरक पहिचान बोकेको विशेष महत्वपूर्ण जिल्लाका रुपमा परिचित छ। ८३ हजार हेक्टर खेतीयोग्य जमीन रहेको यस जिल्लामा करिब ८१ हजार ५७६ हेक्टर सिँचाइयोग्य जमिन रहेको छ। यस जिल्लामा हालसम्म कूल २५ हजार ८८० हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ। यस जिल्लाको पश्चिमी क्षेत्रमा पानीको स्रोतको अभावले सिँचाइ सुविधा पर्याप्त मात्रामा पु-याउन सकिएको छैन ।

यस जिल्लामा राजकुलो सिँचाइ योजना, लम्तिया सिँचाइ योजना, नगदरिया सिँचाइ योजना, प्रगति चारमौजा सिँचाइ योजना, कञ्चनिया सिँचाइ योजना, भक्तौलिया सिँचाइ योजना, राजबाँध सिँचाइ योजना, लोहरौली मुडिला सिँचाइ योजना, मैनार नदी लिफ्ट सिँचाइ योजना र बर्गदा पडरिया लिफ्ट सिँचाइ योजनालगायत योजना कार्यान्वयनमा रहेका छन् ।

कृषिको प्रचूर सम्भावना रहेको जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला पनि एक हो। यो जिल्ला विभिन्न खाद्यान्न बालीको उत्पादनको दृष्टिकोणले निकै अग्रस्थानमा छ। यस जिल्ला कृषिको दृष्टिकोणले फरक पहिचान बोकेको जिल्लाका रुपमा पनि परिचित छ। यस जिल्लामा करिब ५५ हजार ३०४ हेक्टर सिँचाइयोग्य जमिन रहेको छ । 

यस जिल्लामा हालसम्म कूल ३८ हजार ८५२ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको छ। अहिले यस जिल्लामा नेपाल गण्डक पश्चिमी नहर सिंचाइ प्रणाली, पिपरपाती प्रसौनी प्रणाली, तुरिया सिँचाइ योजना सुक्रौली, बेलारी सिँचाइ योजना, भूमही सिँचाइ योजना, भलुही सिँचाइ योजना, पानभार सिँचाइ योजना, तिलकाना सिँचाइ योजना, कुकुरमारा सिँचाइ योजना, जर्घा मिस्रौली सिँचाइ योजना, झरही लिफ्ट र नमूना लिफ्ट योजना कार्यान्वनमा छन्। कृषि क्षेत्रमा पनि आत्मनिर्भर बन्नसक्ने हो भने चुलिँदै गएको व्यापार घाटा सन्तुलनमा ल्याउन मद्दत पुग्नेछ।

प्रदेश सरकारले लिएको सम्बद्ध प्रदेश खुशी जनताको परिकल्पनालाई साकार पार्न कृषि क्षेत्रलाई विकास गरेर निर्यात व्यापार प्रवद्र्धन गर्नसके समृद्धिको यात्रा कृषिबाटै मात्रै सम्भव छ भन्ने कुरामा मन्त्रालय विश्वस्त देखिन्छ । पुरुषोत्तम सुबेदी/ रासस

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x