फरार अभियुक्त २१ वर्षपछि पक्राउ

नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आइतबार पक्राउ गरेको हो। 


Advertisement

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले २०५५ मा जिल्ला अदालत काठमाडौँले चार महिना २८ दिन कैद र सजाय र दुई हजार जरिवना तोकिएको लामालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्