×

NMB BANK
NIC ASIA

कोरियाबाट आउनेको कोरोना परीक्षण अनिवार्य, आशंका लागे आइसोलेसनमा भर्ना

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो ।

Sagarmatha Cement
Muktinath Bank

कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आइतबार बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरेको हो । यसअघि चीनको वुहानबाट आएका नागरिकको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त ओझाले जोेखिमलाई मध्यनजर गर्दै कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय भएको बताए । कोरियाबाट दैनिक करिब दुई सय नेपाली आउने गरेका छन् ।चीनमा भन्दा कोरियामा कोरोना देखिँदा नेपालमा बढी जोखिम हुने अधिकारीहरू बताउँछन् । चिकित्सकहरूले कोरियाबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहनुपर्ने बताएका छन् । यसअघि चीनबाट एक सय ७५ नेपालीको ४ फागुनमा उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्रमा क्वारेन्टाइन गरी राखिएको छ । 


Advertisment
Nabil box
Kumari

कोरोना प्रभावितको उपचार गर्दै आएका सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. अनुप बाँस्तोलाका अनुसार नेपाल कोरोना भाइरसको जोखिमबाट बाहिर निस्कन सक्ने अवस्थामा छैन । ‘क्वारेन्टाइनमा नबसेका व्यक्तिहरू कोरियाबाट नेपाल आइरहेका छन्, उनीहरूको कुनै परीक्षण भएको छैन,’ डा. बाँस्तोलाले भने, ‘लक्षण नै नदेखिएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ, त्यसैले सूक्ष्म रूपमा निगरानी गर्न आवश्यक छ ।’स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा दुई हप्ता बसेर घर गएका व्यक्तिमा समेत दश दिनपछि पुनः कोरोना पोजेटिभ देखिएको छ । 

Vianet communication
Laxmi Bank

कोरिया जाने कामदारको उडान रोकियो
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक कृष्ण खनालका अनुसार तत्काल नेपालबाट कोरिया पठाउन रोकिएको छ । ‘कोरोनाको संक्रमण बढ्दै गएपछि कोरियाली अधिकारीसँग छलफल गरेर गत हप्तादेखि कोरिया जाने कामदारको उडान रोकिएको छ । गत हप्ता करिब दुई दर्जन कामदार तालिकाअनुसार उड्न पाएनन्,’ खनालले भने । आगामी १८ फागुनमा ४० कामदार कोरिया पठाउने कार्यसूची पनि प्रभावित भएको छ । कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ सय दुई पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ७८ हजार आठ सय ८८ मा संक्रमण भएको र दुई हजार चार सय ६७ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

सतर्क रहन दूतावासको अपिल
कोरोना भाइरसको संक्रमण बढेसँगै कोरियास्थित नेपाली दूतावासले नेपालीलाई सतर्क रहन अनुरोध गरेको छ । दूतावासले भनेको छ, ‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोप्रति यहाँ रहेका सबै नेपाली बढी सजग र सचेत हुन जरुरी देखिएको छ । साथै हाल बढी संक्रमण देखिएको क्षेत्र थेगु तथा आसपासमा बसोवास गर्ने नेपाली कामदार, अन्य पेसा व्यवसाय गरी बसेका र विद्यार्थीलाई विशेष सावधानी अपनाउन अनुरोध छ ।’ नयाँ पत्रिकामा खबर  छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x