माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
भक्तपुरको सूर्यविनायकमा बस्दै आएकी हेटौँडाकी रोजिता कर्माचार्य कौशलटारस्थित लक्ष्मी बैंकमा चेक साट्न पटक–पटक पुगिरहिन् । कर्माचार्यसँग एकै व्यक्तिले दिएका २५ लाख रुपैयाँका तीनवटा चेक थिए । हरेकपटक बैंकका कर्मचारीले चेक दिने व्यक्तिको खातामा त्यति पैसा नभएको भनेर फर्काउँथे । १ चैत ०७५ मा काटिएका चेकबाट पैसा निकाल्न खोज्दा बैंकले पैसा नभएको भनेपछि उनले चेक बाउन्स गराइन् ।
उनले चेक दिने काभ्रे नमोबुद्धका ‘छिरिङ’ भनिने कुमार लामाविरुद्ध गत ८ मंसिरमा महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिइन् । कर्माचार्यसँग पैसा लिएपछि लामाले चेक दिएका थिए । तर, खातामा पैसा जम्मा गर्न नसकेका लामालाई कर्माचार्यको उजुरीपछि प्रहरीले गत २३ मंसिरमा पक्राउ ग-यो ।
उनीविरुद्ध प्रहरीले बैंकिङ कसुरमा मुद्दा चलायो । लामालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न भनेपछि हाल नख्खु कारागारमा छन् । तर, कुमारले रोजितासँग त्यतिका पैसा किन लगे ? र, किन फिर्ता गर्न सकेनन् ? भन्ने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । कुमारविरुद्ध सिन्धुपाल्चोकका रामकुमार भण्डारीले पनि ५२ लाख ठगी गरेको उजुरी दिएका छन् ।
तारकेश्वर नगरपालिका–१ का ५४ वर्षीय राजेन्द्र बुढाथोकी गत १४ माघमा पक्राउ परे । उनले एक व्यक्तिबाट पाँच लाख लिएको र फिर्ता गर्दा चेक दिए पनि पैसा जम्मा नगरेपछि चेक बाउन्सको मुद्दामा अदालतले सजाय तोकेको थियो । उनलाई उच्च अदालत पाटनको २८ असोज ०७६ को फैसलाले १५ दिन कैद र पाँच लाख जरिवाना तोकेको थियो । उस्तै, मुद्दामा दोषी ठहरिएका कलंकी बस्ने ३० वर्षीय राजेश बम पनि गत साता पक्राउ परे । उनले पैसा नभए पनि माछापुच्छे् बैंकको तीन लाख ५० हजारको चेक काटेको खुलेको थियो । उनीविरुद्ध अदालतले पाँच दिन कैद र तीन लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।
भक्तपुर–४ का दिनेश सुवालले सिर्जना कार्कीबाट २६ कात्तिक ०७६ मा दुईवटा चेक लिए । कार्कीले सुवाललाई फिर्ता गर्नुपर्ने १५ लाख ५० हजार रुपैयाँ थियो । पहिलो चेक नौ लाख ५० हजार रुपैयाँको एनआइसी एसिया बैंकको र अर्को सिद्धार्थ बैंकको ६ लाख रुपैयाँको थियो ।
आफूले पाउने रकम माग्दा पाएका चेक नसाटिएपछि उनले पनि बाउन्स गराए । कार्कीविरुद्ध प्रहरीले बैंकिङ कसुरको मुद्दा चलायो । प्रहरीमा त्यसपछि उजुरीका चाङ लागे । कार्कीविरुद्ध मात्रै पाँच उजुरी परे । उनीविरुद्ध पूजा थापामगरले १८ लाख ५० हजार, टीकामाया सुनुवारले १५ लाख, रूपा भण्डारीले नौ लाख ८० हजार र सपना सुनुवारले पाँच लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरी वृत्तले जनाएको छ ।
भक्तपुरको ठिमी प्रहरी वृत्तमा मात्रै उस्तै प्रकृतिका २८ मुद्दा परेका छन् । अन्य दर्जनौँ मुद्दा अनुसन्धानको प्रक्रियामा छन् । यहाँ मात्रै होइन, काठमाडौं उपत्यकामै बैंकिङ कसुर, ठगी र आर्थिक अपराध मौलाएको छ ।
प्रहरीको काम नै कालो धन्दामा डुबेको पैसा उठाइदिने मात्रै भएको जस्तो गरी मुद्दा लड्न प्रहरीलाई भ्याइनभ्याइ छ । डिएसपी शान्तिराज कोइराला भन्छन्, ‘उस्तै प्रकृतिका मुद्दा धेरै छन्, अधिकांशले वैदेशिक रोजगार, व्यवसाय, घरायसी कामकाज र अन्य कारण देखाएका छन् । तर, प्रायः घटनामा अनुसन्धान गर्दा पैसा लिनुको कारण त्यस्तो देखिँदैन ।’ सहरमा हुन्डी, मिटर ब्याज र जुवामा पैसा लगाउने र नउठेपछि चेक बाउन्स गराई पैसा उठाउन प्रहरीकहाँ उजुरी दिने विकृति मौलाएको डिएसपी कोइराला बताउँछन् ।
‘धेरै कमाउने लोभले जानीजानी गैरकानुनी धन्दामा पैसा डुबाउँछन्, फिर्ता नभएपछि उजुरी गर्छन्,’ उनी भन्छन्, ‘प्रहरीको काम नै ठगीको पैसा उठाउने मात्रै भएझैँ छ ।’ साँच्चिकै ठगीका मुद्दामा प्रहरीको दायित्व भए पनि बैंकिङ कसुरसम्बन्धी नयाँ ऐन आएपछि मिटर ब्याज, जुवा वा हुन्डीमा फसेको पैसा उठाउन सहज देखिएको प्रहरीको भनाइ छ ।
तर, मुद्दाको फैसलासम्म पुग्दासमेत पक्ष, विपक्ष र साक्षीले समेत मिटर ब्याज वा हुन्डीमा लगानी गरेको खुलाउँदैनन् । यस्ता प्रकृतिका सबै मुद्दा सरकारवादी हुन्छन् । उच्च अदालत पाटनका उपरजिस्टार शम्भुप्रसाद रेग्मी भन्छन्, ‘मुद्दाको मिसिलमा त्यस्ता कुरा खुल्दैनन्, खाली लेनदेनमा ठगी भएको कुरा आउँछ, पैसा नतिर्ने नियत देखिन्छ ।’
दोब्बरले बढे ‘बैंकिङ अपराध’
पछिल्ला वर्ष उपत्यकासहित बागमती प्रदेशका ११ जिल्लामा ‘बैंकिङ कसुर’सम्बन्धी अपराध दोब्बरले वृद्धि भएका छन् । उच्च अदालत पाटनको वाणिज्य इजलासमा चालू आर्थिक वर्षको हालसम्म तीन हजार ९१ वटा मुद्दा छन् । तीमध्ये दुई हजार नौ सय ६७ मुद्दा बैंकिङ कसुरका मात्रै छन् ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म अर्थात् ६ महिनामा बैंकिङ कसुरमा मात्रै एक हजार आठ सय ४३ मुद्दा दर्ता भए । अदालतका उपरजिस्टार रेग्मी भन्छन्, ‘अघिल्लो वर्षमा एक हजार आठ सय १९ मुद्दा दर्ता भएका थिए, यसवर्ष ६ महिनामै त्योभन्दा बढी अर्थात् एक हजार आठ सय ४३ मुद्दा दर्ता भइसके ।’ रेग्मीका अनुसार आधाभन्दा बढी मुद्दा चेक बाउन्ससँग सम्बन्धित छन् । अरू मुद्दा ऋण प्रवाह, कर्मचारी र सञ्चालकको स्वार्थ, विद्युतीय कारोबारमा ठगीलगायत छन् ।
आर्थिक वर्ष ०७३-७४ मा बैंकिङ कसुरमा ७० मुद्दा थिए । त्यो वर्ष १५ वटा मात्रै फैसला भए । ०७४-७५ मा चार सय ५१ नयाँ मुद्दा थपिए र अघिल्लो वर्षको जिम्मेवारी सरेका ५५ सहित पाँच सय ६ मुद्दा थिए । सो वर्ष अदालतले एक सय ६१ मुद्दा फस्र्योट ग¥यो । आव ०७५-७६ मा मुद्दा दर्ताको क्रम ह्वात्तै बढ्यो र एक हजार आठ सय १९ मुद्दा दर्ता भए, जिम्मेवारी सरेका तीन सय ४५ सहित जम्मा मुद्दा दुई हजार एक सय ६४ थिए ।
चालू आर्थिक वर्षमा अदालतले अहिलेसम्म नौ सय ८३ मुद्दा फस्र्योट गरेको छ । यहाँबाट काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका नागरिकले सेवा लिन्छन् । यसभन्दा अघि जिल्ला अदालतले हेर्ने गरेका चेक अनादरका मुद्दाको अधिकारसमेत उच्च अदालतमै केन्द्रित भएकाले मुद्दाको चाप बढेको उपरजिस्टार रेग्मीले बताए । नयाँ पत्रिकामा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...