×

NMB BANK
NIC ASIA

एम्बुसमा पारेर विस्थापित राजतन्त्र स्थापित गर्न आवश्यकः अध्यक्ष थापा

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एम्बुसमा पारेर विस्थापित गरिएको राजतन्त्रलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सोमबार राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुगेका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा नेपालको भूराजनीतिक अवस्थाका कारण देशमा राजतन्त्रको आवश्यकता रहेको दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिलेका परिवर्तनकारी भन्नेहरू, गणतन्त्रवादी भन्नेहरू सबैको अभिभावकको रुपमा राजा ल्याउनुपर्छ भनिरहेका छौं । संविधान र संसदको नियन्त्रणमा रहने राजतन्त्र स्थापना गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हो । पृथ्वीनारायण शाहको बंशज नै राजा हुनुपर्ने र संसद र संविधानको अवमूल्यन गरेको खण्डमा अर्को व्यक्तिलाई राजा बनाउन सक्ने खालको व्यवस्था हामीले खोजेका हौं,’ उनले भने, ‘संसदले अयोग्य ठहराएमा राजा फेर्न सकिने गरी हामीले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको पक्षमा आवाज उठाइरहेका हौं ।’


Advertisment
Nabil box
Kumari

उनले अहिले संविधान संशोधन गर्न सत्तारुढ नेकपाले खोजिरहेको बताउँदै नेकाको उक्त कदम काम कुरो एकातीर कुम्लो बोकी ठिमीतिर भनेजस्तै भएको बताए ।

Vianet communication
Laxmi Bank

‘संविधान संशोधन नै गर्ने भए नेपाललाई हिन्दु राष्ट्र बनाऔं । राजसंस्थाको पुर्नस्थापना गरौं,’ उनले भने, ‘जननिर्वाचित व्यक्ति मात्रै कार्यारी प्रमुख हुने व्यवस्था संविधानमा उल्लेख छ । संविधान निर्माताको परिकल्पना निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउने होइन । सत्तारुढ नेकपाले विना अर्थमा संविधान संशोधनको तयारी गरेको हाम्रो ठहर छ ।’

पार्टी एकताको ढोका खुल्ला

अध्यक्ष थापाले राप्रपा संयुक्तसँग एकताको लागि ढोका खुल्लै रहेको बताएका छन् । ‘हामी बीचमा पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको छ ।

गएको चुनावमाहामीले थोरै मत पाउनुकोकारण हामीमा एकता नभएका कारण हो ।’ उनले भने, ‘अहिले हामी संगठन निर्माणमा हिडेका छौं । उहाँहरूलाई हामी स्वागत गर्न तयार छौं ।’ उनले पार्टीले तीन लाख सक्रिय सदस्य बनाउने र आगामी महाधिवेशनमा महाधिवेशन प्रतिनिधि प्रत्यक्ष चुनिएर आउने व्यवस्था गरिएको बताए ।

‘काँग्रेस र नेकपा सिद्धान्तविहीन भइसकेका छन् । बैकल्पिक शक्ति अबको हामी नै हो ।’ उनले भने, ‘बैकल्पिक क्षमता र चरित्र राप्रपासँग छ ।’

देशमा भ्रष्टाचार बढिरहेको बताउँदै अध्यक्ष थापाले धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब र प्रभाव पनि बढिरहेको बताए । त्यहि कारण पनि नेपालमा राजसंस्था सहितको लोकतन्त्र आवश्यक रहेको आफूहरूको बुझाइरहेको थापाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x