मेक्सामको कमेडी च्याम्पियनको यात्रा टुंगियो, खबपुले ल्याए सबैभन्दा बढी भोट

स्टयान्ड-अप कमेडियन विष्णुप्रसाद गौडेल (मेक्साम)  ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।

हास्य कलाकारको सपना बोकेरै स्याङ्जाबाट काठमाडौँ पुगेका मेक्साम अब उत्कष्ट ४ सम्म पुगेका थिए। तर, कम भोटका कारण उनले फाइनल यात्रा तय गर्न सकेनन्।


Advertisement

उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्थे।

योसँगै कमेडी च्याम्पियनको फाइनल यात्रा सुरु भएको छ।


Advertisement

फाइनलमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुनमगर (खबपु) पुगेका छन्। खबपुले यो शृंखलामा सबैभन्दा बढी मत पाएका छन्। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्