×

NMB BANK
NIC ASIA

हिजो दिनभर : जनतामा भ्रम छर्न कांग्रेस कुखुराको चल्ला जस्तै दगुर्‍यो–प्रधानमन्त्री, मूर्तरूप नलिँदै नेकपा कार्यदल विवादमा

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्बिर : डीआईजी पोखरेल

प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्बिर रहेको बताएका छन्।

Muktinath Bank

उपत्यकामा सञ्चालित प्रहरी संयुक्त मेश सुधार अभियान अन्तर्गत सोमबार महानगरीय प्रहरी प्रहरी वृत्त सातदोबाटोमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ गर्दै पोखरेलले प्रहरी जनताको सुखदुःखको सारथी भएको कारण सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्बिर भएकाले संवेदनशिल हुन निर्देशन दिएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डीआईजी पोखरेले प्रहरीमा आउने हरेक किसिमका नागरिकहरुको भावनाको कदर गर्न प्रहरी सक्षम हुनुपर्ने र राज्यको अभिन्न अंग प्रहरी भएको बताउँदै उच्च मनोबलका साथ कानुन कार्यान्वयनमा कठोर बन्न निर्देशन दिए। 


Advertisment
Nabil box
Kumari

समुदायसँग प्रत्यक्ष रहेर जनता र प्रहरी मिलेरै समाजका सबै खाले अपराध र विकृति-विसंगति अन्त्य गर्न सकिने उनको भनाइ थियो।

Vianet communication
Laxmi Bank

ठूलो संख्यामा  रहेका जवानर हवल्दार र चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीहरूबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको डिआईजी पोखरेलले बताए ।
  
यसअघि प्रहरी कर्मचारीका लागि सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरी ३ तहको मेश सञ्चालन हुँदै आएको थियो।

यसरी सञ्चालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथ्यलाई आत्मसाथ गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माणरसुधार अभियान शुभारम्भ गरिएको उनले बताए।

कलंकीमा ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिएपछि...

राजधानी काठमाडौँको कलंकीमा ट्रकको ब्रक फेल हुँदा १० वटा सवारीसाधनलाई ठक्कर दिएको छ।

ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडीका समशेर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। गुरुङको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा घाइते थप चार जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी निरीक्षक पुरुपोत्तम कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार कलंकी-थानकोट खण्डमा ट्रकले स्कारपियो, भ्यान, ट्याक्सी, स्कुटी लगायत १० सवारीसाधनलाई ठक्कर दिएको हो।  

बाबुरामको चेतावनीः राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीप्रति कडा टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीलाई पोखरामा कालोझण्डा देखाएको आरोपमा प्रहरीले समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनसहितका चार विद्यार्थी नेतालाई पक्राउ गरेपछि भट्टराईले आपत्ति जनाएका हुन्।

सोमबार बेलुका ट्वीट गर्दै भट्टराईले शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधान प्रदत्त लोकतान्त्रिक अधिकार रहेको बताएका हुन्। उनले भनेका छन्, ‘निरंकुश पञ्चायती कालमाझैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो। जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’ 

प्रम ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि पोखरा पुगेका थिए। 

उपत्यकामा सडकबाट ७४९ को उद्धार, ७ जनाको मृत्यु 

काठमाडौँमा पछिल्लाे पटक सडकबाट ७ सय ४९ जनाको उद्धार गरिएको छ। काठमाडौं महानगरपालिकाले मागेर गुजारा चलाउनेलाई उद्धार गरेर व्यवस्थापन गर्दै आएको छ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार मंसिर २९ गतेबाट शुरु भएको अभियानबाट फागुन ११ गतेसम्म ७ सय ४९ जनालाई उद्धार गरिएको हाे। यीमध्ये ६ सय ९६ जनालाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको हो ।

यीमध्ये ७३ जनाको स्थायी ठेगाना काठमाडौं महानगरपालिका हो भने ४१ जनालाई आफ्नो स्थायी ठेगाना नै थाहा छैन। उद्धार गरिएकामध्ये ५ सय ८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको उनले जनाए।  ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले भने, ‘७० जनाको स्क्रिनिङ् हुन बाँकी छ । ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने ७ जनाको मृत्यु भएको छ।’

उद्धार गरिएका व्यक्तिको अवस्था हेरीकन स्क्रिनिङ् सेन्टरमा कम्तीमा ५ दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ। यसरी सडकबाट उठाइएका व्यक्तिहरुमा १६ वर्षमाथि ४० बर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन्।  

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले  उक्त अभियानका लागि प्रभावकारी बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिसँग बसेर  कार्यक्रम अघि बढाइने बताए।

सडकलाई बेसहारा, अभिभावनविहीहन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मुल समारोह समितिको बैठकमा उक्त जानकारी दिइएको हो। 

मूर्तरूप नलिँदै नेकपा कार्यदल विवादमा, कोटेश्वर र धुम्बाराहीमा छुट्टाछुट्टै छलफल
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको संविधान संशोधनबारे सहमति जुटाउन गठित कार्यदल मूर्त रूप नपाउँदै विवादमा परेको छ ।

शनिवार बसेको नेकपा सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वसांसद एवं अधिवक्ता खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदल संयोजक नेता नेपालले सदस्यद्वय नेम्वाङ र देवकोटालाई छलफलका लागि भन्दै सोमवार बिहान आफ्नो निवास कोटेश्वरमा बोलाएका थिए । छलफलमा आफूहरुसँग परामर्श नै नगरी कार्यदलमा राखिएको भन्दै नेम्वाङ र देवकोटा दुवैले असन्तुष्टि जनाए ।

‘माधव कमरेडले केही कुरा गर्नुछ भनेर बोलाउनु भएकोले गएको थिएँ, कार्यदल गठनबारे मिडियामा आएको मैले पनि पढें, कार्यदल गठन गरेको कुरा अहिलेसम्म कसैले भन्नुभएको छैन,’ नेम्वाङले लोकान्तरसँग भने ।

बिहान भएको छलफलमा नेम्वाङले संविधान संशोधन लहडमा होइन औचित्यको आधारमा गर्नुपर्ने धारणा आफूले राखेको बताए । ‘यो एकदम गलत भयो, जिम्मेवार पार्टीले यस्तो गैरजिम्मेवार निर्णय गरे होला भन्ने लागेको छैन,’ नेम्वाङले भने ।

उनको भनाइमा देवकोटाले पनि समर्थन जनाए । ‘अस्ति केन्द्रीय कमिटी बैठकमा भएको छलफलअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउनको लागि संविधान संशोधनको कुरा आउनुपर्नेमा अनावश्यक विषय प्रवेश गराउन खोजेको देखियो, यसमा सहमत हुन सकिँदैन,’ छलफलमा देवकोटाले आफ्नो मत सुनाए ।

दुवैको कुरा सुनेपछि नेता नेपालले यसबारेमा पार्टीमा छलफल गरिने बताए । ‘प्रतिनिधि सभाबाट निर्वाचित प्रधानमन्त्री फेल भएको निष्कर्षसहित अब राष्ट्रिय सभावाट प्रधानमन्त्री चयन गर्ने ?’ नेम्वाङले प्रश्न गर्दा नेता नेपालले टाउको हल्लाएका थिए ।

धुम्बाराहीमा छुट्टै छलफल

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच सोमवार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा छुट्टै बैठक बसेको थियो । बैठकमा नेता नेपालले कार्यदलका सदस्यसँग भएको छलफलबारे बैठकमा ब्रिफिङ ।

‘नेम्वाङ र देवकोटाले कार्यदलमा बस्न आनाकानी गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो,’ नेकपा स्रोतले भन्यो ।

बैठकमा मधेस केन्द्रित दलहरूलाई समेत सहमत गराएर संविधान संशोधनमा अगाडि बढ्ने विषयमा छलफल भएको स्रोतले बतायो ।  

सोमवार बिहान बालुवाटारमा यिनै समसामयीक विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री ओली अगुवा कार्यकर्ता प्रशिक्षणमा भाग लिन पोखरा गए भने काठमाडौँमा अध्यक्ष प्रचण्ड र नेता नेपालले समसामयीक राजनीतिमा देखिएको घटनाक्रमका बारेमा छलफल गर्न अगुवाई गरेका हुन् ।

भारतका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालबाट जाने यात्रुको समेत कोरोनाभाइरस परीक्षण गरिने

भारतको नागरिक उड्डयन प्राधिकरणले नेपाल, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत भित्रिने यात्रुहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गर्ने आदेश दिएको छ । 

सोमवार जारी आदेशमा नेपाल लगायत चार देशका यात्रीको परीक्षण थपिएको हो । यसअघि चीन, हङकङ, दक्षिण कोरिया, जापान, थाइल्यान्ड र सिंगापुरका नागरिकको स्वास्थ्य परीक्षणको आदेश दिइएको थियो । 

कोरोनाभाइरसबाट ग्रस्त कुनै पनि यात्रु भारत पस्न नपाऊन् भनी आदेश दिइएको बताइएको छ । 

विमानस्थलहरूमा स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन् । आशंका लागेको यात्रुलाई परीक्षण गरेर १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
 

कालापानी, लिपुलेक समावेश नेपालको नक्सा पाठ्यक्रममा समावेश गरिने 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औं साधारणसभाको सोमवार राजधानीमा उद्घाटन गर्दै उनले नेपालको नक्सालाई पूर्णरूपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरूले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए ।

छिमेकी भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपालले कूटनीतिक पहलबाट समस्याको समाधान गर्न पहल गरिरहेका बेला शिक्षामन्त्रीले विद्यालयको पठनपाठनमा पनि सही नक्साको प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले बालबालिकको न्यूनतम गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सार्वजनिक–निजी साझेदारीको अवधारणालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै विद्यालयहरु एकापसमा गाभेर गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

मन्त्री पोखरेलले भने, 'निजी विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जितेको छ तर नाफामुखी नभई लोककल्याणकारी ढङ्गले चल्नुर्छ । समाजवादउन्मुख संविधानको भावनाबमोजिम सामुदायिक विद्यालयलाई गुणस्तर वृद्धिमा लाग्नुपर्छ ।'

उनले राष्ट्रिय शिक्षा नीति, २०७६ मा आधारित रही विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्चशिक्षाको छाता ऐनको तयारी भएकाले त्यसको निर्माणका क्रममा सरोकार भएकाहरुसँग निरन्तर छलफल गरिने विश्वास दिलाए ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले निजी विद्यालयको अस्तित्वलाई अस्विकार गर्न नसकिने भए पनि अभिभावकसँग बढी शुल्क र शिक्षकलाई कम तलब दिने प्रवृत्ति अन्त्य गर्न माग गरे ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारले आफूहरूलाई पूर्वाग्रह गरेको गुनासो गरे । सभामा शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललगायतले साधारणसभा सफलताको कामना गरेका थिए ।

 

जनतामा भ्रम छर्न कांग्रेस कुखुराको चल्ला जस्तै दगुर्‍यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डा नपाएर जनतामा भ्रम छर्न कुखुराको चल्ला जस्तै दगुरिरहेको आरोप लगाएका छन् ।

उनले सरकारले राम्रो काम गरिरहँदा प्रतिपक्षी कांग्रेस हतास मनस्थितिमा देखिएको दाबी गरे ।

गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सोमवार कास्कीको पोखरामा सम्बोधन गर्दै ओलीले कांग्रेस एजेण्डा नपाएर छट्पटाइरहेको आरोप लगाएका हुन् । ‘एउटा चल्लाले फट्याङग्रा टिपेर दगुर्छ, त्यो देखेर अरु चल्ला पनि पछि दगुर्छन्, सरकारको विरोधीको ताल कुखुराको चल्ला जस्तै छ,’ ओलीले भने, ‘गैरविषयलाई विषय बनाउने प्रतिपक्षसँग एजेण्डा भएन । सरकारले संसदमा विधेयक पेश गर्छ, छलफल गर्ने बुँदा प्रतिपक्षसँग छैन, जनतामा भ्रम छर्न, सरकारलाई बद्नाम गर्न लाग्छ ।’

उनले सरकार हौसिएर नभइ होसमा काम गरिरहेको बताए । ‘हामी असफल भए उग्रवामपन्थी र उग्रदक्षिणपन्थीले देश कब्जा गर्छन्,’ ओलीले भने । कार्यक्रमलाई नेकपा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । 

भ्रष्टाचार गर्न अवैध कमिसन लिन कसैलाई छूट छैन– परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छूट नभएको बताएका छन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले कारवाही गरेर छाड्ने बताए ।

प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी सबैसँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको हकहितका लागि लाग्न पनि उनले अनुरोध गरे ।

कार्यक्रममा स्पेन, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्डसलगायत युरोपेली राष्ट्रका प्रवासी नेपाली एकता  मञ्चका नेताकार्यकर्ताको सहभागिता थियो । 

यसैबीच पोर्चुगलस्थित प्रवासी नेपाली एकता मञ्चले पोर्चुगलमा राजदूतावास खोल्न नेपाल सरकारसँग माग गरेको छ ।

मञ्चको एक  प्रतिनिधिमण्डलले पटक पटक सोबारे ध्यानाकर्षण गर्दा पनि नेपाल सरकारले चासो नदिएको भनी परराष्ट्रमन्त्रीसँग गुनासो गरेको थियो । 

परराष्ट्रमन्त्री ज्ञवालीले छिटोभन्दा छिटो सो समस्या समाधानका लागि आफू र सरकार प्रतिबद्ध भएको बताए ।

 

सभामुखसँगको भेटमा कतारी राजदूत युसुफले भने –नेपाल भ्रमण वर्षलाई सघाउँछौं

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमवार भएको भेटमा २ देशबीचको सम्बन्ध र आपसी हितको विषयमा छलफल भएको थियो । 

राजदूत युसुफले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सक्दो सहयोग गर्ने बताए । सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फूटबल प्रतियोगिताका लागि रंगशाला निर्माणमा नेपालका कामदारले गरेको योगदानको उनले खुलेर प्रशंसा गरेको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले लोकान्तरलाई जानकारी दिए । 

भेटमा सभामुख सापकोटाले २ देशबीचको सम्बन्ध विस्तारका साथै कतारमा रहेका नेपाली कामदारको बारेमा चासो राखेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x