×

NMB BANK
NIC ASIA

धादिङको बेनीघाटका २७ जनामा दादुरा संक्रमण देखियो

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले सन् २०२३ भित्र दादुरा रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, वर्षको सुरुवातमै धादिङको बेनीघाटमा २७ जनामा दादुरा संक्रमण देखिएको छ । बेनीघाटस्थित चेपाङ बस्तीका २७ जनामा एकैपटक संक्रमण देखिएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नमुना परीक्षणका क्रममा उनीहरूमा दादुरा पोजेटिभ देखिएको हो । सो ठाउँका मानिसको ढाड, पिठिउँ, अनुहारमा स–साना राता दाना देखापरेको थियो । साथै, टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा दाना फैलिन थालेपछि उनीहरूमा दादुराको आशंका गरिएको थियो ।

Muktinath Bank

बिरामीको नमुना परीक्षणका लागि आइतबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो । गम्भीर बिरामी परेका तीनजनामध्ये दुईजनालाई कान्ति बाल अस्पताल र एकजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । डा. गौतमका अनुसार ६ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुरा संक्रमण देखिएको छ । सरकारी टोली प्रभावित क्षेत्रमा पुगेर अध्ययन गर्दा त्यहाँका बालबालिकाले पाउनुपर्ने ११ प्रकारका खोप नियमित नलिएको देखिएको छ । ‘नियमित खोप नलिएको खण्डमा जुनसुकै उमेरमा पनि दादुरा देखिन सक्छ, ’ डा. गौतमले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोप लगाउन आउनेलाई अन्डा र सर्वोत्तम पिठो
प्रभावित क्षेत्रमा सरकारले तत्कालै खोप केन्द्र स्थापना गर्ने भएको छ । त्यस्तै, खोप लगाउन आउनेलाई अन्डा र सर्वोत्तम पिठोसमेत दिने निर्णय गरेको छ । नेपालले सन् २०१९ भित्र दादुरा रोग उन्मूलन गर्ने लक्ष्य लिएको थियो । तर, दादुरा संक्रमणको दर बढ्न थालेपछि सन् २०२३ सम्मका लागि लक्ष्य सारेको छ । विश्वका अन्य देशहरूमा दादुरा संक्रमण देखिएपछि नेपालको लक्ष्य केही पर धकेलिएको हो ।


Advertisment
Nabil box
Kumari

महाशाखाका अनुसार सन् २०१७ मा ७७ जनामा दादुरा पुष्टि भएको थियो । तर, यो संख्या सन् २०१८ मा बढेर साढे दुई सय पुग्यो । यस्तै, सन् २०१९ मा चार सय २८ जनामा दादुरा संक्रमण देखिएको थियो । डाक्टर गौतमले भने, ‘दादुरा संक्रमितको संख्यामा वृद्धि हुनुमा नियमित खोप नलगाउनु मुख्य कारण हो ।’ यस्ता प्रकोप रोकथामका लागि खोपले ९५ प्रतिशत जनसंख्यालाई कभर गर्नुपर्छ । उनका अनुसार जन्मेदेखि एक वर्षको उमेरसम्मका बालबालिकाले तालिकाअनुसार ११ खोप प्राप्त गर्नुपर्छ । दादुराको खोप नौै महिना र १५ महिनामा लाउनुपर्ने हुन्छ ।
 
दादुरा–रुबेला खोप अभियान
नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यअनुसार ‘दादुरा–रुबेला खोप अभियान ०७६’  जारी छ । जन्मेदेखि ५ वर्ष उमेर समूहका ३० लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य छ । सरकारले पहिलो चरणअन्तर्गत १ फागुनबाट प्रदेश १, २ र ५ मा अभियान सुरु गरिसकेको छ । यो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार चार सय ३३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । यस्तै, दोस्रो चरणअन्तर्गत चैतमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार सात सय ७१ बालबालिकालाई दादुराविरुद्धको खोप  लगाउने लक्ष्य छ । नयाँ पत्रिकामा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x