×

NMB BANK
NIC ASIA

दिल्लीमा धर्मको नाममा हिंसा गर्ने तत्त्व सक्रिय, एक पत्रकारको त्रासद अनुभव

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा नागरिकता संशोधन विधेयकको विरोध चलिरहँदा मानिसहरूले अर्काको धर्म कुन हो भनी सोध्ने अनि धार्मिक आधारमा कुटपिट गर्ने घटना भएको खबर आएको छ । 

Sagarmatha Cement
Muktinath Bank

द टाइम्स अफ इन्डियाका फोटोजर्नलिस्टलाई सोमवार सबा १२ बजेतिर मौजपुर मेट्रो स्टेसनमा हिन्दू सेनाका एक सदस्यले निधारमा तिलक लगाइदिए । उनले फोटोजर्नलिस्टलाई भने, ‘तपाईं पनि हिन्दू नै हुनुहुन्छ । यो तिलक लगाउँदा तपाईंलाई के हानि ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगभग १५ मिनेटपछि दुई समूह एकअर्कालाई ढुंगा हान्न थाले । मोदी मोदी भन्दै नारा लगाइयो र आकाशमा धूवाँ उडेको देखियो । फोटोजर्नलिस्ट आगो लागेको भवनतिर जाँदा केही मानिसले उनलाई शिव मन्दिर नजिक रोके । उनले फोटोजर्नलिस्टलाई सोधे, ‘तपाईं पनि त हिन्दू हो । किन त्यता गइरहेको ? अहिले हिन्दू जागेको छ ।’


Advertisment
Nabil box
Kumari

त्यो सुनेर फोटोजर्नलिस्ट रोकिए । केही समयपछि उनी ब्यारिकेडतिर गए । फोटो खिच्न थाल्दा केही मानिस हातमा लट्ठी र रड लिएर आए । उनीहरूले क्यामरा खोस्ने कोशिश गरे तर द टाइम्स अफ इन्डियाका रिपोर्टर साक्षी चन्द आइपुगे र चिच्याउन थाले । अनि उनीहरूले छोडिदिए । 

Vianet communication
Laxmi Bank

केही समयपछि उनलाई मानिसहरूले पछ्याएको जस्तो लाग्यो । एक युवकले उनलाई भने, ‘तिमी किन चुमचुम गर्दैछौ ? हिन्दू हौ कि मुसलमान ?’ धर्म पत्ता लगाउन प्यान्ट खोलेर लिंग हेर्ने समेत उनले धम्की दिए । फोटोजर्नलिस्टले हात जोडेर आफू फोटोग्राफर मात्र भएको बताएपछि उनीहरूले छोडिदिए । 

जाफराबादमा नागरिकता संशोधन कानूनको विरोध गरिरहेका एक व्यक्तिले प्रहरीलाई बन्दूक ताके । उनले गोली पनि चलाए तर कसैलाई पनि लागेन । जाफराबादमा आइतवारबाट शाहीन बाग जस्तो विरोध प्रदर्शन शुरू भएपछि त्यसले हिंस्रक रूप लिइसकेको छ । 

त्यस त्रासद स्थितिमा इलाकाबाट जान खोज्दा एक अटोरिक्शा देखियो । ड्राइभरले अफिससम्म लग्छु भन्यो । फोटोजर्नलिस्टलाई अटोरिक्शा चालकको नामले अप्ठ्यारो पार्न सक्छ भन्ने लाग्यो । अनि केही समयपछि चारजनालाई गाडी घेरिहाले । उनीहरूले चालक र फोटोजर्नलिस्ट दुवैलाई तानेर बाहिर निकाल्न खोजे । फोटोजर्नलिस्टले आफू पत्रकार भएको र चालक निर्दोष रहेको बताएपछि उनीहरूलाई छोडियो । 

फोटोजर्नलिस्ट अफिस पुग्दा अटो ड्राइभर एकदमै डराएका थिए । उनले अटोरिक्शा चालकलाई भने, ‘जीवनमा मलाई कसैले पनि यति नराम्रोसँग धर्मका बारेमा सोधेको थिएन ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x