नेपाल ट्रस्टले सार्वजनिक गर्यो सम्पत्ति विवरण

सरकारले नेपाल ट्रस्टको नाममा रहेको चल-अचल सम्पत्तिबारे ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्पत्तिसम्बन्धी तथ्य विवरण सार्वजनिक गरेका छन् ।

पोखरेलले सार्वजनिक गरेको स्वेतपत्रमा देशभर करीब २२ हजार रोपनी जग्गा रहेको बताइएको छ । पत्रमा तत्कालीन राजा विरेन्द्रको परिवारको नाममा रहेको २१ हजार भन्दा बढी रोपनी ट्रस्टको स्वामित्वमा आएको उल्लेख गरिएको छ ।


Advertisement

गत माघ १९ गते सम्पन्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक गर्नुपर्ने आवाज उठेको थियो ।

हेर्नुहोस् ट्रस्टको स्वेतपत्र -


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्