कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ महानगरपालिकाले मिर्गौला रोगीको उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीलाई १ करोड ५० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ।
मेयर विद्यासुन्दर शाक्यले नेपाली सेना, कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई उक्त रकम प्रदान गरे। यसको लागि गत पुस २ गते महानगर र नेपाली सेनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौताबमोजिम माघ ७ गतेबाट महानगरको सिफारिसमा हेमोडाइलासिस सेवा शुरु भइसकेको छ।
रकम हस्तान्तरणपछि प्रमुख शाक्यले यस कार्यलाई निरन्तर अघि बढाइने भन्दै जटिल खालको रोगका लागि विशेष उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरी उपचारका क्रममा आवश्यक पर्ने अन्य सेवा थप्दै लगिने बताए।
महानगरका अनुसार सेवा विस्तार गर्न आवश्यक पूर्वाधार, मेशिन तथा उपकरण र जनशक्तिसम्बन्धी नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप एक करोड ५० लाख उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ।
महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ। सम्झौताबमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ।
कार्यदलको सदस्यमा महानगरकातर्फबाट शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ सदस्य र जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रविलास बज्राचार्य सदस्यसचिव छन्।
वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी नगेन्द्रकुमार केसी र महासेनानी डा अजय राजभण्डारी सदस्य छन्। यो कार्यदलले सम्झौताबमोजिमका काम प्रभावकारी रुपमा गर्न र गराउन आवश्यक निर्णय गर्ने, अनुगमन गर्ने, निर्देशन दिने तथा दुवै पक्षसमक्ष नियमित प्रतिवेदन पेश गर्ने, कार्य प्रगतिको समीक्षा गर्ने र आवश्यक नीतिगत निर्णयको लागि सिफारिस गर्ने गर्नेछ । सम्झौता बमोजिम मिर्गौलाका बिरामीका लागि ‘हेमोडाइलासिस’ सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी ज्येष्ठ नागरिकका लागि ओपिडी सेवा, आपत्कालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...