×

NMB BANK
NIC ASIA

भेरी–बबईमा सुरुङ हस्तान्तरणको तयारी

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निर्माण पूरा भएको एक वर्षपछि भेरी–बबई डाइर्भसन आयोजनाको सुरुङ हस्तान्तरण हुने भएको छ।

Sagarmatha Cement
Muktinath Bank

सुरुङको निकास तथा प्रदेशद्वार क्षेत्रमा बायो इञ्जिनीयरिङ कार्य सम्पन्न गर्न बाँकी रहेकाले निर्माण कम्पनीलाई सुरुङ हस्तान्तरण गर्न करिब डेढ महिना लाग्ने भएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेशिन (टिबिएम) को सहायताले १२ किमी २१० मिटर सुरुङ खनेको थियो। गत वर्ष चैतमा सुरुङ निर्माण कार्य सम्पन्न भएको थियो।


Advertisment
Nabil box
Kumari

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनीयर कृष्णप्रसाद उपाध्यायले बायो इञ्जिनीयरिङको काम सकिएलगत्तै कोभेकले सुरुङ हस्तान्तरण गर्ने बताए। ‘सम्झौतामा टनेल निर्माणसँगै बायो इञ्जिनीयरिङको काम पनि कोभेकले नै गर्नुपर्ने उल्लेख थियो, अहिले डकुमेन्ट तयार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यी सबै कामका कम्तीमा डेढ महिना लाग्छ, त्यसपछि आयोजनालाई टनेल हस्तान्तरण हुनेछ ।’

Vianet communication
Laxmi Bank

चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो । सिँचाइ विभाग र कोभेकबीच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भए पनि एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए । टिबिएम अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित उपकरण हो । जुन नेपालले पहिलोपटक सुरुङ खन्न यहाँ प्रयोगमा ल्याएको हो । 

आयोजनाका अनुसार हाल सुरुङ (टनेल) फिनिसिङको कार्य पूरा भएको छ। यसअन्तर्गत सुरुङ मर्मतसम्भार, सरसफाइ गर्नेलगायतका काम पर्दछन् । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धिमा पर्दछ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर (सिडिइ) उपाध्यायले हालसम्म ४० प्रतिशत निर्माण कार्य पूरा भएको बताए। दोस्रो चरणको ठेक्का अन्तर्गत बाँध  र विद्युत् गृह निर्माणको कार्य शुरु भइसकेको छ।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच यही साउन १३ गते दोस्रो चरणको ठेक्का अघि बढाउने सम्झौता भएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाँधस्थल चिप्लेमा यही मङ्सिर १६ गते दोस्रो चरणको निर्माण कार्यको शिलान्यास गरेका थिए। आयोजना क्षेत्रमा रुख कटान, डिजाइन सर्भेलगायतका काम सम्पन्न भइसकेका छन् । दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत्गृहलगायतका संरचना पर्दछन्।  

यसका लागि आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ। सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्न कार्यादेश छ । आयोजनाले बाँध, विद्युत्गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य अघि बढाएको जनाएको छ। त्यस्तै, प्रभावित क्षेत्रका बासिन्दाको सामाजिक आर्थिक विकासका लागि भेरी र बबई करिडोरमा सिँचाइ, तटबन्ध लगायतका विभिन्न योजनाहरु सञ्चालनमा छन् । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा–११ हात्तीखालस्थित बबई किनारमा भेरीको पानी खसालिनेछ । जहाँ जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।

आयोजनाले भेरीबाट प्रति सेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । 

सिँचाइ विभागले भेरी बबईबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करिब चार अर्ब तीन करोड र १२ महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x