भारतलाई हतियार बेचेकोमा ट्रम्पलाई बर्नी स्यान्डर्सले गरे आलोचना

अमेरिकाका डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका प्रबल दाबेदार अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले भारतलाई अर्बौं डलरको हतियार बिक्री गरेकोमा आलोचना गरेका छन् । भारतसँग जलवायु परिवर्तनमा साझेदारी गर्नुपर्थ्यो भनी उनले बयान दिए । 

उनले ट्वीट गर्दै भने, ‘ट्रम्पले भारतलाई तीन अर्ब डलरको हतियार बेचेर डिफेन्स कम्पनीहरू रेडियान, बोइङ र लकहीडलाई धनी बनाए जबकि भारतसँग मिलेर उनले जलवायु परिवर्तनमा काम गर्नुपर्थ्यो । वायु प्रदूषण घटाउन, प्राकृतिक ऊर्जा र पृथ्वीलाई बचाउन हामीले मिलेर काम गर्न सक्नुपर्थ्यो ।’


Advertisement

७८ वर्षीय स्यान्डर्सले ट्रम्प र उनका नीतिलाई लगातार आलोचना गर्दै आएका छन् । यस वर्षको नोभेम्बर महिनामा हुन लागेको अमेरिकाको राष्ट्रपति चुनावमा स्यान्डर्स नै ट्रम्पको प्रतिद्वन्द्वी बन्ने अनुमान गरिएका छन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्