×

NMB BANK
NIC ASIA

नेपाल ट्रस्टको जग्गा गण्डकी प्रदेश मातहत ल्याउन कार्यदल

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेश सरकारले नेपाल ट्रस्टका नाममा रहेका पोखरा क्षेत्रका जग्गा तथा भौतिक संरचना प्रदेश सरकार मातहत ल्याउने प्रयास थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

त्यसको सम्भाव्यता अध्ययन थाल्न समिति गठन गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले मन्त्रिपरिषद्ले पोखरामा रहेका नेपाल ट्रस्टको नामका जग्गा र भौतिक संरचना प्रदेश मातहतमा ल्याउन संघीय सरकारसँग माग गर्ने निर्णय बमोजिम अध्ययन समिति गठन गरेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रवक्ता बस्नेतका अनुसार सोको अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति सदस्यमा गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता डा. राजेन्द्र घिमिरे, मुख्यमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, गोरखा जिल्ला गण्डकी गाउँपालिकाका डा. धु्रव रेग्मी, पर्यटनविद् जुद्धबहादुर गुरुङ र सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यामप्रसाद पोखरेल समेत गरी ६ सदस्यीय समिति गठन गरिएको छ ।

Vianet communication
Laxmi Bank

समितिले ट्रस्टको नाममा रहेका पोखरा क्षेत्रभित्रका सबै जग्गा, सम्पत्ति तथा भवन खोजी गरी प्रदेशको नाममा ल्याउन सक्ने गरी प्रतिवेदन पेश गर्नेछन् ।

गठित समितिले तयार पार्ने प्रतिवेदन आधारमा प्रदेश सरकारले संघीय सरकारसँग ती जग्गा तथा भौतिक संरचना प्रदेश मातहत ल्याउने गरी माग गर्ने मन्त्री बस्नेतले जनाए । हिमागृह र रत्न मन्दिरलाई थप व्यवस्थापनसहित सञ्चालन गर्न के गर्न सकिन्छ भन्नेबारे समितिले आफ्नो सुझाव दिनेछ ।

मन्त्री बस्नेतले समेत हिमागृह र रत्न मन्दिरलाई थप पर्यटकीय आकर्षणको केन्द्र बनाउन संग्रहालय, बगैंचा वा पुस्तकालय के बनाउन सकिन्छ, सोबारे जनतासँग सल्लाह लिएरै अघि बढ्ने जानकारी दिए ।

नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जारी गरेको श्वेतपत्रमा समेत पोखरा क्षेत्रमा ट्रस्टको नाममा हिमागृह र रत्न मन्दिरसहित ७४ रोपनी जग्गा रहेको उल्लेख छ । 

प्यागोडा शैलीमा बनाइएको हिमागृह दरबारको भित्री संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सजित छ । पूर्व राजा महेन्द्रले तालपारीको रानीवनको संरक्षण समेतको लक्ष्य राखी २०१३ सालमा जग्गा किनेर ३ वर्षपछि रानी रत्नको नाममा दरबार निर्माण गरेका थिए । रत्न मन्दिर परिसरको अभिन्न भू–भागका रुपमा रहिआएको हिमागृह करीब १० रोपनी क्षेत्रफलमा फैलिएको छ । सो हाल नेपाल ट्रस्ट ऐन बमोजिम नेपाल ट्रस्टको कार्यालयको नाममा सोही कार्यालयले रेखदेख तथा व्यवस्थापन गरिरहेको छ ।

पोखराका पर्यटन व्यवसायी अग्नि कँडेलले सार्वजनिक सम्पत्ति संरक्षण गर्न नसकिए विपत्ति आउँदा अप्ठ्यारो पर्ने भएकाले सार्वजनिक सम्पत्ति जोगाउनु सबैको दायित्व भएको बताए ।

नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले रत्न मन्दिरसँगै हिमागृहलाई पनि सशुल्क रुपमा सर्वसाधारणका लागि खुला गरिनुपर्ने मत राख्दै आएका छन् । लामो समयदेखि आफूहरूले भाडा प्रकरण रोक्नुपर्नेमा खबरदारी गर्दै आएको उनले स्मरण गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x