×

NMB BANK
NIC ASIA

अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धार हुुनुपर्छ : मुख्यमन्त्री पौडेल

फागुन १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

Muktinath Bank

विक्रम संवत् २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखाभूकम्पबाट क्षतिग्रस्त भएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिँदै अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने नभई सिकाउने शिक्षाका रुपमा विकास गर्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ हुने गरी विकास गर्नुपर्ने बताए । बागमती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्त्वपूर्ण भूमिका हुने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडीबी) बैंकको आर्थिक सहयोगमा ११ करोड ५३ लाख रुपैयाँको लागतमा सो विद्यालयको भवन पुनर्निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवास समेत सञ्चालनमा रहेको बताए ।

Vianet communication
Laxmi Bank

प्रधानाध्यापक महेन्द्र राउतले पुरानो पश्चिम १ नम्बरकै पुरानो विद्यालयमा अंगे्रजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिएको बताउँदै कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने नुवाकोट जिल्लामा पहिलो र एक मात्र भएको जानकारी दिए । सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जेहेन्दार र गरीब विद्यार्थीलाई सो छात्रावासमा राखिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x