×

NMB BANK
NIC ASIA

कोरोना प्रभावले औषधिको कच्चा पदार्थ अभाव

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) को प्रभाव व्यापक बन्दा नेपालको औषधि उद्योगमा असर परेको छ । भारतबाट औषधिको कच्चा पदार्थ आउने क्रम रोकिन थालेको छ । भारतमा बढी कच्चा पदार्थ चीनबाट भित्र्याइन्छ । 

Muktinath Bank

बढी कच्चा पदार्थ उत्पादन गर्ने चीनको हुबेई प्रान्त कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । संक्रमण सुरु भएपछि त्यहाँ कच्चा पदार्थ उत्पादन गर्ने कारखाना बन्द भएका छन् । भारतीय औषधि उद्योगले त्यहीँबाट सबभन्दा बढी कच्चा पदार्थ वा ‘एक्टिभ फर्मास्युटिकल इन्ग्रेडिएन्ट’ (एपीआई) आयात गर्छन् । पछिल्लो समय भारतले चीनबाट कच्चा पदार्थ आयात गर्न पाएको छैन । त्यसले नेपालको औषधि उद्योगलाई समेत असर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष जी नारायणबहादुर क्षत्रीले बजारमा औषधि अभाव नदेखिए पनि उत्पादकहरूलाई कच्चा पदार्थको समस्या पर्न थालिसकेको बताए । उनका अनुसार भारतबाट ‘अर्डर’ रद्द हुन थालेको छ ।


Advertisment
Nabil box
Kumari

औषधिको कच्चा पदार्थका लागि विश्वका अधिकतर मुलुक चीनमा निर्भर छन् । भारत विश्वमा तेस्रो सबभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक हो । भारतमा बर्सेनि करिब ३९ अर्ब डलर बराबरको औषधिको कारोबार हुन्छ । अहिले हुबेईबाट कच्चा पदार्थ निर्यात हुँदैन ।

Vianet communication
Laxmi Bank

चीनमा स्थिति नसुध्रिए दुई/तीन महिनामै नेपालमा विभिन्न औषधिको उत्पादन बन्द गर्नुपर्ने वा बढी मूल्य तिरेर युरोपेली मुलुकबाट महँगो मूल्यमा कच्चा पदार्थ ल्याउनुपर्ने अवस्था आउने नेपाली औषधि उत्पादकहरू बताउँछन् । ‘हामीकहाँ स्टक रहेको कच्चा पदार्थले अब २–३ महिना मात्र धान्छ । कोरोना संक्रमणको स्थिति नसुध्रिए नेपाली औषधि उद्योग बन्द हुन्छन्,’ एपोन अध्यक्ष क्षत्रीले भने । औषधि उत्पादकका अनुसार अभाव बढ्दै जाँदा कच्चा पदार्थको मूल्यमा अत्यधिक वृद्घि भएको छ । पारासिटामोलको कच्चा पदार्थको भाउ दोब्बर भएको छ । एजिथ्रोमाइसिनलगायतका एन्टिबायोटिकको मूल्य ७० प्रतिशतसम्म बढेको छ ।

एपोनका कोषाध्यक्ष प्रभात रुंगटाका अनुसार नेपाल औषधिको ९८ प्रतिशत कच्चा पदार्थका लागि भारतमा निर्भर छ । भारतले भने करिब ८० प्रतिशत कच्चा पदार्थ चीनबाट भित्र्याउँछ । ‘घरेलु औषधिको स्टकमा कमी देखिएपछि भारतीय सरकारले अत्यावश्यक औषधिको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ,’ रुंगटाले भने, ‘हामीकहाँ पनि प्रायः सबै औषधिको कच्चा पदार्थको स्टक रित्तिँदै छ । अभावको समस्या नटरे औषधिको मूल्य बढ्न सक्छ ।’ उनले औषधि उद्योगको परनिर्भरता हटाउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । औषधि उत्पादक दीपक प्रधानका अनुसार युरोपबाट कच्चा पदार्थ ल्याउनुपर्ने स्थिति आए औषधि धेरै महँगो हुन्छ ।

उत्पादकहरूका अनुसार नेपालको औषधि बजारमा भारतीय उत्पादनले करिब ५२ प्रतिशत, नेपाली उत्पादनले करिब ४५ प्रतिशत र अन्य देशको उत्पादनले ३ प्रतिशत स्थान ओगटेको छ । नेपालमा वर्षमा करिब ३० अर्ब रुपैयाँसम्मको औषधि आयात हुन्छ । यहाँको औषधि उद्योगमा करिब ४० अर्ब रुपैयाँको लगानी छ । नेपालमा करिब ८ सय प्रकारका औषधि उत्पादन हुन्छ । औषधि उद्योगबाट करिब ३० हजारले रोजगारी पाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x