×

NMB BANK
NIC ASIA

हिजो दिनभर : नेकपाभित्र भिडन्तको संकेत, पार्टी र प्रधानमन्त्रीबीच औपचारिक द्वन्द्व सतहमा

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टी र प्रधानमन्त्रीबीच औपचारिक द्वन्द्व सतहमा, एक्लै थेग्न सक्छन् ओली ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा नेतृत्वको सरकारबीच विवाद शुरू भएको छ । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने पार्टी सचिवालयको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही घण्टामै चुनौती दिएपछि पार्टीभित्र थप विवाद शुरू भएको हो । 

Muktinath Bank

बुधवार अपराह्न बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्ने 'सर्वसम्मत' निर्णय गरेको थियो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी गराएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक सकेर सचिवालयका सदस्यहरू बालुवाटारबाट बाहिरिएलगत्तै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने र युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने तयारी गरेको सचिवालयका केही सदस्यलाई टेलिफोनमा जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

ओलीको यो चुनौतीपछि नेकपा सचिवालयका सदस्यहरूबीच फोन–फोनमै कुरा भयो । सचिवालय बैठक सकिएको केही घण्टामै माधव नेपाललाई ओलीले भेटेरै कुरा गर्ने भन्दै बालुवाटार बोलाए ।

Vianet communication
Laxmi Bank

नेकपाका एक सांसद भन्छन्, ‘आफैले अध्यक्षता गरेको बैठकले गरेको निर्णय आफैंले मान्दिन भन्ने ? कसको इशारामा प्रधानमन्त्रीले यसो भन्नुभएको हो ? यो निर्णयमा अडिन सक्नु होला भन्ने लाग्दैन ।' 

प्रचण्डलाई कार्यकारी दिएदेखि बेचैनी !

गत भदौमा पार्टीको काम अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हेर्ने र आफूले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने सहमति भएदेखि नै ओलीमा एक प्रकारको बेचैनी र छटपटी शुरू भएको विश्लेषण नेकपाभित्र चलिरहेको छ । 
अघिल्लो साता गृहजिल्ला झापा पुगेर ओलीले ‘सरकार ढाल्ने षडयन्त्र’ भएको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्रीको यस्तो विवादित अभिव्यक्तिपछि नेकपाभित्र गडबडी शुरु भएको चर्चा चलेको थियो । बुधवार बोलाइएको सचिवालय बैठकमा ओलीले भने, ‘म विरुद्ध घेराबन्दी भइरहेको छ, म सामना गर्छु ।’

नेकपाभित्रको गडबडीका कारण नै वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधन गर्न अध्ययन कार्यदल बनाउने निर्णय विवादमा परेको थियो । गोप्य राख्ने भनिएको उक्त निर्णय एकाएक बाहिर आएपछि सचिवालय सदस्यहरू नै सशंकित बनेका थिए । 

एक्लै थेग्लान् ओलीले ? 

सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपाभित्र असन्तुष्टि देखिँदै आएको थियो । बुधवारको सचिवालय बैठकको निर्णय नमान्ने ओलीको चेतावनीपछि नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै जाने संकेत देखिएको छ । 

‘केन्द्रीय कमिटी बैठकदेखि नै ओलीमा मनोवैज्ञानिक प्रेसर परेको देखिन्छ, आन्तरिक सन्तुलन मिलाउन अध्यक्ष ओली असफल हुनु भएको छ,’ नेकपाका एक प्रभावशाली स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । पार्टी सचिवालयको निर्णय सच्याउने आधार हुने भएपनि मान्दिनँ भन्ने हैसियत ओलीसँग नभएको ती सदस्यको दाबी छ । 

पार्टीभित्र अल्पमतमा रहेका ओलीले सचिवालयको निर्णयलाई चुनौती दिने अडानमा टिकिराख्ने सम्भावना नरहेको नेपालनिकट एक नेता बताउँछन् । ‘पार्टी निर्णयलाई स्वीकार्दिन भन्ने निर्णयले पार्टीमा बिग्रह ल्याउँछ, पार्टी पद्धतिमा पार्टीको निर्णय मान्दिनँ भन्नलाई के उहाँ स्टालिनवादी ढंगले अगाडि बढ्न खोज्नुभएको हो ?’ माधवकुमार नेपाल समूहका ती केन्द्रीय सदस्यले भने । 

राष्ट्रिय सभामा जान किन राजी भएका थिए वामदेव ?

गएको माघ ९ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न वामदेव गौतमलाई नेकपा भित्रबाट धेरै नेताहरूले आग्रह गरेका थिए । पुस १९ गते बसेको नेकपा सचिवालय बैठकमा गौतमले एउटा शर्त राखे, ‘राष्ट्रिय सभा सदस्यलाई पनि प्रतिनिधि सभासरह अधिकार हुनुपर्छ ।’

त्यो बेला संविधान संशोधनमा सहमति जुटेन । संसद्बाहिर रहेका सचिवालयका सदस्यमध्ये नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट उम्मेदवार बने । 

आफूले राखेको शर्त पूरा नभएपछि गौतमले उम्मेदवार बन्न रुचि देखाएनन् । 

बुधवार बसेको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपा सचिवालय बैठक तथा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको बैठकमा गौतमले राष्ट्रिय सभालाई प्रतिनिधि सभासरहको अधिकार दिनुपर्ने प्रस्ताव गरे । 

‘पटक-पटक प्रतिनिधि सभा सदस्य बनेको र त्यही हैसियतमा मन्त्री बनेको व्यक्ति प्रतिनिधि सभाको जस्तो अधिकार नभएको सभामा कसरी जाने ?’ अध्यक्षद्वयको भेटमा गौतमले प्रश्न गर्ने गरेका थिए । 

राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था व्यक्तिका लागि नभएको तर्क गौतमले गर्ने गर्छन् । गौतमले आफ्ना निकटका नेताहरूसँग भन्ने गर्छन्, 'यो मेरो या अरू अमूक व्यक्तिको फाइदाका लागि मात्र होइन, राष्ट्रिय सभालाई पनि प्रतिनिधि सभाको जस्तै समान हैसियत दिलाउन गर्नुपर्ने पहल हो ।'

उनले केही दिनअघि प्रधानमन्त्री ओलीसँगको भेटमा भनेका थिए, 'अहिले त तपाईं नै प्रधानमन्त्री हुनुहुन्छ, तर भोलिका दिनमा आवश्यकता र परिस्थिति हेरेर पार्टीले निर्णय गरेको अवस्थामा प्रधानमन्त्री राष्ट्रिय सभा सदस्य पनि बन्न सक्ने अवस्था हुनुपर्‍यो ।' 

शीर्ष नेताहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन गर्न परेपनि आफू पछि नहट्ने बताउने गरेका थिए । तर बुधवारको सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस गर्न सरकारलाई अनुरोध गरेको निर्णयलाई ओलीले किन चुनौती दिए भन्ने प्रश्नको जवाफ त भविष्यले नै बताउला ।

माधव नेपालसँगको भेटपछि निकटस्थसँग ओलीले भने– खतिवडालाई सिफारिश गर्ने निर्णयबाट व्याक हुन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको रिक्त सदस्यमा डा युवराज खतिवडालाई सिफारिश गर्ने निर्णयबाट कुनै हालतमा पछि नहट्ने बताएका छन्।

सचिवालय सदस्य माधवकुमार नेपालसँग बुधबार साँझ भएको दुई घण्टा लामो भेटवार्तामा प्रम ओलीले खतिवडाको नाम सिफारिश गर्ने निर्णयमा पुर्नविचार नहुने बताएका हुन्। बुधबर एकाएक विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेता नेपाल साँझ बालुवाटार पुगेका थिए। 

बुधबर मध्याह्न बसेको नेकपा सचिवाल बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। आफैँले अध्यक्षता गरेको बैठकले गरेको निर्णय कार्यान्वयन नगर्ने अडान लिएका ओलीले छलफलका लागि नेता नेपाललाई बालुवाटार बोलाएका थिए। 

बालुवाटारबाट साँझ ७ बजे निस्किएका नेपालका दुईटै मोबाइल फोन स्वीच अफ छन्। प्रधानमन्त्रीसँग नेता नेपालले के विषयमा छलफल गरे भन्ने कुरा सचिवालयका अन्य सदस्यहरुले समेत थाहा पाएका छैनन्। नेपालसँग भएको छलफलबारे प्रधानमन्त्री ओलीले भने निकटस्थसँग खतिवडालाई राष्ट्रयसभामा सिफारिश गर्ने निर्णयबाट पछि नहट्ने स्पष्ट  संदेश दिएका छन्। 

अन्य नेताहरुले भने सचिवालयको निर्णय कार्यान्वयन गर्न ओलीलाई सुझाव दिइरहेका छन्। ‘राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने निर्णय सरकारको हो, पार्टीले निर्देशन दिनु पर्दैन,’ ओलीले नेपालसँग भनेका थिए। खतिवडालाई पठाउने निर्णय सचिवालय बैठक भन्दा पहिलै भएको भनेर एकथरीले प्रचार गरेका छन्। 

तर, पूर्वमाओवादी खेमाका एक मन्त्रीले खतिवडालाई राष्ट्रियसभामा सिफारिश गर्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल नभएको दाबी गरे। 

सचिवालयको निर्णय उल्ट्याउने ओलीको निर्णयपछि सचिवालयका सदस्यहरु स्तब्ध बनेका छन्। विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा सचिवालयका अन्य सदस्यहरुबीच टेलिफोनमा कुराकानी भइरहेको एक नेताले लोकान्तरलाई जानकारी दिए ।

सचिवालयका बहुसंख्यक सदस्य सचिवालयको निर्णय कार्यान्यन गरेर गौतमलाई नै राष्ट्रियसभामा सिफारिश गर्नुपर्ने अडानमा छन्। सचिवालयको निर्णय नमान्ने ओलीको अडानले नेकपा भित्रको विवाद पेचिलो बन्दै गएको छ। 
 

नेकपामा हलचलपछि ओलीलाई भेट्न बालुवाटार पुगे माधव नेपाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यलाई सिफारिस गर्न अनुरोध गर्ने निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएपछि पार्टीमा हलचल मच्चिएको छ ।

बुधवार बसेको सचिवालय बैठकमा सर्वसम्मत रुपमा वामदेवको नाममा सहमति जुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताएका थिए । तर लगत्तै ओलीले सचिवालयका केही सदस्यलाई फोन गरेर आफूले वामदेवलाई सिफारिस नगरी डा. युवराज खतिवडालाई नै सिफारिस गर्ने चेतावनी दिएका थिए ।

स्रोतका अनुसार ओलीले बैठक सकिएपछि पहिलो फोन वरिष्ठ नेता माधवकुमार नेपाललाई गरेका थिए । फोनमा उनले राष्ट्रियसभामा युवराजकै नाम पठाउने, वामदेवलाई पठाउन नसकिने र सबै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका थिए ।

ओलीको चेतावनी सुनेपछि नेता नेपाल बालुवाटार पुगेका छन् । दुवै नेताबीच पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । सचिवालय बैठकपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने निजी निवास खुमलटारमै रहेका छन् ।

सचिवालयको निर्णय नमान्ने ओलीको चेतावनीपछि नेकपामा भुइँचालो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णय नमान्ने भन्दै प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरूलाई फोन गरेपछि नेपालको राजनीतिमा ठूलै उथलपुथलको संकेत देखिएको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधवार ओलीसमेत सहभागी भएको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भनेका थिए, ‘पार्टीका केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यमा सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।’

सचिवालय स्रोतका अनुसार बैठकले वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गर्दा प्रधानमन्त्री ओलीले असहमति जनाएका थिएनन्, असन्तुष्टिको जनाउ भने दिएका थिए ।

‘उहाँ तपाईंहरूले निर्णय गरेरै आउनुभएको छ, मैले के भनौं भन्ने हिसाबले प्रस्तुत हुनुभएको थियो,’ सचिवालयका एक सदस्यले लोकान्तरसँग भने ।

बैठकमा ईश्वर पोखरेलले ‘यसरी चल्दैन’ भनेर असहमति जनाएपनि निर्णय सर्वसम्मत ढंगले नै भएको स्रोतको दावी छ ।

पार्टी महासचिव विष्णु पौडेलले पनि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारिस गर्ने निर्णय सर्वसम्मत् ढंगले नै भएको बताए ।

‘आजको बैठकले संविधान संशोधनका लागि बनेको कार्यदल विघटन गर्ने र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सिटमा वामदेव गौतमको नाम सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय सर्वसम्मत गरेको हो,’ महासचिव पौडेलले भने ।

बैठकबाट बाहिरिएपछि सचिवालय सदस्यहरू निवासमा समेत नपुग्दै प्रधानमन्त्रीले फोन गरेर आफूले निर्णय नमान्ने बताएका हुन् ।

‘मैले युवराज खतिवडालाई नै निरन्तता दिने हो, अब वार कि पार शुरू हुन्छ,’ ओलीले फोन गरेर भनेको सचिवालयका एक सदस्यले बताए ।

प्रधानमन्त्रीले यही व्योहोरासहितको फोन सचिवालयका अन्य केही सदस्यलाई पनि गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको यस्तो चेतावनीपछि पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । बालुवाटारबाट छुटेपछि भेटघाट हुन नपाएपनि सचिवालय सदस्यहरू फोन–फोनमै सम्पर्कमा छन् ।

नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस !

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन् ।

'मैले युवराज खतिवडालाई नै निरन्तता दिने हो, अब वार कि पार शुरू हुन्छ,' ओलीले नेकपाकै एक सदस्यलाई फोन गरेर भनेको सचिवालयकै एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओली समेत सहभागी नेकपा सचिवालयको बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताएका थिए ।

'पार्टीका केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यमा सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ,' प्रवक्ता श्रेष्ठले भनेका थिए ।

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बैठकले सर्वसम्मतरूपमा गरेको पार्टी महासचिव विष्णु पौडेलले पनि लोकान्तरसँग बताए ।

'आजको बैठकले संविधान संशोधनका लागि बनेको कार्यदल विघटन गर्ने र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सिटमा वामदेव गौतमको नाम सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय सर्वसम्मत गरेको हो,' महासचिव पौडेलले भने ।

पार्टीको निर्णय प्रधानमन्त्री ओलीले नमानेपछि सत्तारुढ दल नेकपामा ठूलै भिडन्तको संकेत देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x