×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री–पार्टी द्वन्द : कुन पत्रिकाले के लेखे ?

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

'वामदेव मोह'ले बबन्डर

Sagarmatha Cement
Muktinath Bank

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपा सचिवालयको निर्णयसँगै पार्टीमा विवाद बढेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा असन्तुष्ट देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान संशोधनमार्फत मनोनीत कोटा थपेर वामदेव र अर्थमन्त्री युवराज खतिवडा दुवैलाई राष्ट्रियसभामा लैजाने उनको पहल बहुमतको घेराबन्दीमा परेको छ । प्रधानमन्त्री ओली २० गते खाली हुने खतिवडाको एउटा कोटामा भने जसरी पनि उनैलाई निरन्तरता दिने अडानमा छन् ।


Advertisment
Nabil box
Kumari

सचिवालयको बुधबारको बैठकले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउन सरकारलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको नेताहरूले बताएका थिए । स्रोतका अनुसार यो निर्णय सचिवालयले गर्दा प्रधानमन्त्री ओली मौन थिए । बहुमत सचिवालय सदस्यले आफूलाई घेराबन्दीमा पार्न अन्यत्रै भेला÷बैठक बसेर निर्णय गरी ल्याउने र पार्टी बैठकमा सुनाएर निर्णय गराउन खोज्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले असन्तुष्टि पनि पोखेका थिए ।

Vianet communication
Laxmi Bank

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेर लैजान अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए । ओलीले भनेका थिए, ‘म आज अलिकति बोल्छु । बोल्नैपर्ने पनि छ । तपाईंहरूले कहाँ के–के गरिरहनुभएको छ, मलाई सम्पूर्ण जानकारी छ । मेरा विरुद्धका गतिविधिबारे म जानकार छु । तर ती सबै प्रक्रिया सामना गरेर जान्छु । तपाईँरूले निर्णय गरेरै आउनुभएको होला । निर्णय सुनाउनुहोस् । त्यसै गरेर जाऔंला ।’

त्यसपछि बैठकले दुइटा निर्णय गर्‍यो। पहिलो– राष्ट्रियसभामा वामदेवलाई मनोनीत गर्न सिफारिस गर्ने । दोस्रो– शनिबार गौतमकै मागका आधारमा संविधान संशोधन गर्न गठित कार्यदल विघटन गर्ने । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारे जानकारी गराएका थिए ।

यो निर्णय भएको केही घण्टा नबित्दै प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाई आफूले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय नमान्ने अवगत गराए । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू खतिवडालाई निरन्तरता दिने पक्षमा अडिग रहेको र त्यसमा सहमति जनाइदिन नेपालसँग आग्रह गरेका थिए ।

‘पार्टीका नेताहरू नै अर्थमन्त्री खतिवडाविरुद्ध विभिन्न मान्छेसँग मिलेर लागेको सूचना मेरासामु आइपुगेका छन् । यो सरकारविरुद्धकै घेराबन्दी हो । खतिवडाजी सरकारका पिलर हुनुहुन्छ । उहाँलाई म दोहोर्‍याएर जान्छु,’ नेपालसँग प्रधानमन्त्रीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको उठबस खतिवडालाई हटाउनुपर्छ भन्ने व्यापारीहरूसँग समेत रहेको सूचना आफूले पाएको भन्दै खतिवडाका पक्षमा उभिदिन नेपालसँग आग्रह गरेको स्रोतले बताएको छ । गौतमलाई राष्ट्रियसभामा लान चाहे पनि अहिलेको आवश्यकता खतिवडालाई नै लैजानुपर्ने रहेको प्रधानमन्त्रीले बताएका थिए ।

नेपालसँग ओलीले मंगलबार पनि दुई पटक छलफल गरेका थिए । त्यस क्रममा पनि खतिवडाका पक्षमा सघाउन आग्रह गरेका थिए । बुधबारको बैठकपछि बालुवाटारमा नेपालसँग छलफल गरिरहेका प्रधानमन्त्री ओलीले उक्त छलफलमा झन्डै डेढ घण्टा सचिवालयका अर्का सदस्य ईश्वर पोखरेललाई पनि सहभागी गराएका थिए । स्रोतका अनुसार नेपालले भने कुनै ठोस प्रतिक्रिया जनाएनन् ।

‘प्रधानमन्त्रीले खतिवडाका पक्षमा उहाँ (नेपाल) लाई मनाउन अनेक प्रयास गर्नुभएको देखिन्छ । तर, उहाँले खास प्रतिक्रिया दिइसक्नुभएको छैन,’ नेपाल निकट एक नेताले अन्नपूर्णसँग भने । ओलीले गत पुस २३ गते वामदेव निवासमा बसेको पार्टी नेताहरूको गठबन्धन तोड्न चाहिरहेका छन् ।

‘गौतमलाई पार्टीले राष्ट्रियसभामा लैजाने नीतिगत निर्णय सर्वसम्मत गरेको छ । तर अहिल्यै भन्ने छैन,’ ओली निकट नेताहरूको भनाइ छ, ‘यसको अर्थ अर्को लटमा खाली हुँदा भन्ने हो ।’

ओली पक्षले भने प्रधानमन्त्रीले खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी तोक्ने बेलै राष्ट्रियसभामा दोहोर्‍याउन सिफारिस गरी पठाइसकेको बताएका छन् । पार्टी महासचिव विष्णु पौडेलले भने यस्तो निर्णयबारे आफू जानकार नभएको सुनाए । ‘मलाई त्यस्तो लाग्दैन । त्यस्तो भएको भए सायद पार्टीमा छलफल हुन्थ्यो’, पौडेलले भने । अन्नपूर्ण पोस्टमा खबर छ ।

राष्ट्रिय सभामा गौतम कि खतिवडा ?
राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नमान्ने बताएपछि सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौती दिएका थिए । 

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय आफूले नमान्ने र अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि पछिल्लो विवाद बढेको हो । दुई वर्षअघि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत खतिवडालाई नै फेरि मनोनयन गराउने ओलीको चाहना प्रस्ट रूपमा प्रकट भएको छ ।

यता बुधबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सचिवालय बैठकले भने खतिवडाको बहिर्गमनपछि राष्ट्रिय सभामा रिक्त हुने उक्त स्थानमा पार्टी उपाध्यक्ष गौतमलाई सिफारिस गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।

यससँगै गत शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गर्ने र औचित्य एवं आवश्यकताका आधारमा संविधान संशोधनका लागि छलफल अघि बढाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए । ‘गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने सचिवालयको सर्वसम्मत निर्णय हो, यही निर्णय नै लागू हुन्छ,’ उनले कान्तिपुरसँग भने । यसअघि अध्यक्ष ओलीसँग निकट मानिने महासचिव पौडेलले सचिवालयको बहुमतले गरेको निर्णयतर्फ आफूलाई उभ्याएका छन् ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको जानकारी पत्रकारलाई गराएका थिए । ‘पछाडिको डेभलपमेन्ट के भयो थाहा छैन, सचिवालय बैठकले वामदेवजीलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो,’ प्रवक्ता श्रेष्ठले कान्तिपुरसँग भने । उनले भने, ‘प्रधानमन्त्रीज्यू आफ्नै अध्यक्षतामा बसेको निर्णयविरुद्ध जानुहुन्छ भनेर त सोच्न पनि सक्दैनौं ।’

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली भने बहुमतका आधारमा सचिवालय सदस्यहरूले आफूलाई पेलेको भन्दै रुष्ट बनेका थिए । नेता नेपालसँग टेलिफोनमा असन्तुष्टि जनाएसँगै उनले नेपाललाई बुधबार अपराह्न ४ बजे पुनः प्रधानमन्त्री निवास बोलाएका थिए । त्यहाँ सुरुमा नेपालसँग मात्रै भेटेका ओलीले त्यसपछि रक्षामन्त्री ईश्वर पोखरेल र आफ्नो सचिवालयका केही सदस्यहरूसँग छलफल गरे । उक्त परामर्श बैठकमा गौतम ‘घरि संविधान संशोधन नगरी राष्ट्रिय सभामा जान्नँ भन्ने, घरि यही अवस्थामा पनि जान्छु भनेर चिसै पानीले नुहाउनुको पछाडि गम्भीर खेल रहेको’ निष्कर्ष निकालिएको थियो, उपस्थित स्रोतले जानकारी दियो ।

नेपालसँगको भेटमा ओलीले अर्थमन्त्री खतिवडालाई नै राष्ट्रिय सभा सदस्यका रूपमा निरन्तरता दिने बताएका थिए । ‘गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न सिफारिस गर्ने निर्णय पो भएको हो, कहिले सिफारिस गर्ने भन्ने त भएको छैन,’ ओलीले नेपाललाई भनेको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।

नेपालसँगको छलफलपछि ओलीले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पनि परामर्श गरेका छन् । ओलीको असन्तुष्टि बाहिरिनुअघि नै उनीनिकट केही नेताहरूले गौतमलाई राष्ट्रिय सभामा पठाउने सहमति सैद्धान्तिक मात्रै भएको र यही फागुन २० गते पठाउने विषयमा कुनै सहमति नभएको दाबी गरेका थिए ।

‘पहिलो कुरा गत मंसिर ४ गतेको निर्णयअनुसार सरकार ओली र दाहालले दल चलाउने कुरा भएको थियो, स्थायी र केन्द्रीय कमिटीको बैठकमा दाहालको भूमिका धेरै थियो,’ ओलीनिकट एक उच्च नेताले कान्तिपुरसँग भने, ‘तर गुटै बाँधेर प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने गरी निर्णय त गर्नु भएन नि !’

बुधबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने प्रस्ताव गरेका थिए । ‘संविधान संशोधनको विषय अहिले नै बाहिर नलैजाने भनेर निर्णय गरियो, बाहिरियो, खासै राम्रो सन्देश गएन,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अहिले कार्यदल विघटन गरौं, वामदेवजी निःसर्त राष्ट्रिय सभामा जानुस् ।’

लगत्तै बोलेका वरिष्ठ नेता नेपालले पनि खास समय आएपछि संविधान संशोधन भई नै हाल्ने बताउँदै अहिले भने निःसर्त राष्ट्रिय सभामा जाँदा हुन्छ भनेर गौतमलाई सुझाव दिएका थिए ।

नेपाल र दाहालको प्रस्तावमा सचिवालयका आठैजना सदस्यको सहमति थियो । ‘बाँकी रहेका एक सदस्य एवं प्रधानमन्त्री ओलीले त्यसप्रति त्यहाँ असहमति जनाउनुभएको थिएन,’ सचिवालय स्रोतले उल्लेख गर्‍यो ।

‘सबै कमरेडले जानुपर्छ भन्नुहुन्छ भने म जान्छु,’ गौतमले बैठकमा भने, ‘संविधान संशोधनका लागि सैद्धान्तिक रूपमा सबैले सहमति जनाएकै कुरा हो । कुनै न कुनै बेला संविधान संशोधनका लागि उपयुक्त समय आउला नि त !’

उनले पार्टीभित्रैबाट अनावश्यक हल्ला फिँजाएर सधैं आफ्नाविरुद्ध मात्रै ‘खेल खेल्ने’ गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘संविधान संशोधनसम्बन्धी निर्णय बाहिर नलैजाने भनिएको थियो, तर प्रधानमन्त्रीज्यूकै सचिवालयबाट त्यसलाई सार्वजनिक गरियो, कहाँबाट कसरी सूचना चुहियो मसित प्रमाण नै छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मलाई बदनाम गराउने काम मात्रै भयो, यस्तै गर्दै जाने हो भने त पार्टीबाटै निकाल्दिनुस् बरु !’

उपाध्यक्ष गौतमले असन्तुष्टि जनाएपछि अध्यक्ष दाहालले निर्णयमा प्रतिबद्ध हुनुपर्ने बताएका थिए । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सबै सदस्य सहमत भएपछि बोलेका प्रधानमन्त्री ओलीले भने आफूलाई अप्ठ्यारोमा पारिएको भन्दै आक्रोश पोखेका थिए । ‘पहिले १६ जनालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गर्दा वामदेवजी संविधान संशोधन हुने ग्यारेन्टी नभएसम्म जान्न भनेर अडानमा बस्नुभयो, अहिले घुमिफिरी त्यही निर्णयमा सहमत हुनुभयो,’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘मलाई सधैं अप्ठ्यारोमा पार्ने काम मात्रै गर्नुहुन्छ, पहिले मैले भनेको बेलामा राष्ट्रिय सभामा जान सहमत भएको भए के बिग्रिन्थ्यो ?’

प्रधानमन्त्रीले पार्टीमा ‘आफूविरुद्ध भयंकर खेल्न’ थालिएको भन्दै त्यसको मुकाबिला गर्न सक्षम रहेको बताएका थिए । केहीअघि प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई ढाल्ने कसरत भइरहेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

आवेगमा ओली : नेपालमार्फत नेकपा सचिवालयलाई प्रधानमन्त्री ओलीका पाँच सन्देश

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको सर्वसम्मत निर्णयलगत्तै वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर ९० मिनेट सम्झाउँदै प्रधानमन्त्री ओलीले भने– म वामदेवलाई सांसद बनाउन सक्दिनँ, युवराज खतिवडालाई नै बनाउँछु, यो सरकारको अधिकार हो

वरिष्ठ नेता नेपालमार्फत नेकपा सचिवालयलाई प्रधानमन्त्री ओलीका पाँच सन्देश

१. युवराजलाई हटाउन षड्यन्त्र भयो

अहिले वामदेव गौतमलाई सांसद बनाउनेभन्दा पनि युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाउन पार्टीभित्रै षड्यन्त्र भएको छ । यसमा केही व्यापारी पनि मिलेका छन् । सचिवालय पनि त्यसैको सिकार भएको हो । तपाईंहरूले पनि बुझ्दै नबुझी निर्णय गर्नुभयो । तपाईंहरूले गल्ती गर्नुभयो, म गर्दिनँ । म युवराजलाई सांसद बनाउँछु र मन्त्री पनि बनाइराख्छु । 

२. वामदेव फेरिनु आश्चर्यजनक

राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन भए मात्र सांसद हुन्छु भन्ने वामदेवको अडान थियो । तर, संविधान संशोधन नहुने स्पष्ट भइसक्यो । तैपनि वामदेव सांसद बन्न किन तयार भए ? मसँग एकपटक पनि किन सल्लाह नगरी उनी सांसद बन्न कसरी तयार भए ? उनको अडान फेरिनु आश्चर्यजनक छ । अन्तै योजना बनाएर तपाईंहरू बैठकमा आउनुभएको हो ।

३. सांसद बनाउने अधिकार सरकारको

राष्ट्रिय सभाका तीनजना सदस्य मनोनीत गर्ने विषय सरकारको विशेषाधिकार हो । पार्टीले त्यसमा सल्लाह–सुझाब दिन सक्छ । मलाई उचित नलागेमा मान्न बाध्य छैन । अन्तिम निर्णय गर्ने मन्त्रिपरिषद्ले हो । सरकारले आफ्नो अधिकार प्रयोग गर्छ । 

४. सचिवालयको निर्णय सैद्धान्तिक

राष्ट्रिय सभामा वामदेव गौतमलाई सदस्य बनाउने भन्ने सचिवालयको निर्णय सैद्धान्तिक हो । अहिले नै तुरुन्तै सांसद बनाउने भन्ने निर्णय भएको छैन । भविष्यमा उचित समयमा बनाउन सकिन्छ ।

५. मलाई तपाईंहरूको साथ चाहिन्छ

अहिले म वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सक्दिनँ । युवराज खतिवडालाई पठाउँछु । यो मेरो अन्तिम निर्णय हो । यो निर्णयबाट म पछि हट्दिनँ । यसमा मलाई तपाईंहरूको साथ चाहिन्छ । 

सचिवालयको निर्णयलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकाे चुनौती

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने नेकपा सचिवालयको निर्णयलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चुनौती दिएका छन् । बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारको सिफारिसमा नेता गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने सर्वसम्मत निर्णय गरेको थियो । तर, निर्णयबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले केहीबेरमै वरिष्ठ नेता माधव नेपाललाई बोलाएर सचिवालयको निर्णय कार्यान्वयन नगर्ने सन्देश दिएका छन् । 

प्रधानमन्त्री ओलीका विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ । उनको ठाउँमा नेता गौतमलाई मनोनीत गर्ने सचिवालयको निर्णयमा प्रधानमन्त्री ओलीको आपत्ति छ । खतिवडालाई नै निरन्तरता दिने उनको इच्छा छ । यसबारे उनले नेता नेपाललाई स्पष्ट बताएका छन् । 

‘वामदेवलाई राष्ट्रिय सभामा ल्याउने होइन, युवराज खतिवडालाई हटाउने षड्यन्त्र हो । यो निर्णय म मान्दिनँ, सरकारको अधिकारको कुरा हो,’ स्रोतका अनुसार नेता नेपाललाई प्रधानमन्त्री ओलीले भनेका थिए । यो षड्यन्त्रमा केही व्यापारी पनि मिलेको उनको दाबी थियो ।

यसअघि संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्ने व्यवस्था गरे मात्रै संसद्मा जाने अडानमा रहेका गौतम एकाएक विनासर्त तयार हुनुमा षड्यन्त्र रहेको प्रधानमन्त्री ओलीको बुझाइ छ । उनले जस्तोसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको चुनौती बैठकमै दिएका थिए । ‘पहिला मैले राष्ट्रिय सभामा लैजान खोज्दा उहाँ (गौतम)ले सर्त राख्ने, तर अहिले चाहिँ विनासर्त तयार हुने ? मेराविरुद्धको यी सबै खेल अब सामना गर्छु,’ स्रोतका अनुसार बैठक समापन गर्दै ओलीले भनेका थिए । सचिवालय बैठकलगत्तै उनले यसबारे उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए । 

महासचिव विष्णु पौडेलले भने प्रधानमन्त्रीले निर्णय अस्वीकार गरेको कुरा असत्य भएको बताए । ‘बैठकबाट सर्वसम्मत रूपमा भएको निर्णय कार्यान्वयन हुन्छ, अरू त्यसबारे थप टिप्पणी गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने । सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा गौतमलाई पठाउने निर्णय भएको पत्रकारलाई जानकारी गराएका थिए । ‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ,’ श्रेष्ठले पत्रकारसँग भनेका थिए । 

पछिल्लो निर्णयसँगै नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । उनको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल मात्रै छन् । यद्यपि, गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने मुद्दामा भने पौडेल पनि सहमत छन् । त्यसबाहेक अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल गौतमलाई संसद्मा लैजाने पक्षमा छन् । 

उपप्रधानमन्त्री पोखरेलले गौतमलाई सचिवालयबाट राष्ट्रिय सभा सदस्य बनाउने सैद्धान्तिक निर्णय मात्र भएका कारण तत्काल कार्यान्वयन नहुने बताए । ‘उहाँ (गौतम)लाई बैठकले राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो, तर कहिले लैजाने भन्ने टुंगो भइसकेको छैन,’ बुधबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रमपछि उनले पत्रकारसँग भने । 

बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले कार्यदलको सूचना बाहिरिएकाले संविधान संशोधनविनै गौतमलाई मनोनयनका लागि सिफारिस गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा बहुमत जुटेपछि मौन बसेका ओलीले अपारदर्शी ढंगले पूर्वसहमति गरेर बैठकमा ल्याइएको भन्दै प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आक्रोश मात्र पोखेनन्, बहुमतबाट अघि बढ्न चुनौती पनि दिएका थिए । 

पार्टी एकता महाधिवेशनसम्म सहमतिकै आधारमा निर्णय गर्ने नेकपाको विधानमा व्यवस्था छ । त्यसैले पनि ओलीले विधानको त्यही व्यबस्था सम्झाउँदै खुल्ला चुनौति दिएको हुनसक्ने नेताहरूको बुझाई छ । किनभने बहुमत या अल्पमतका नाममा अहिले ओली या प्रचण्डले बेग्लाबेग्लै निर्णय गर्ने वित्तिकै पार्टी फुटतिर अघि बढ्छ, एकतामाथि प्रश्न उठ्छ । स्रोतकाअनुसार प्रधानमन्त्री ओली बिना सर्त गौतमलाई सांसद मनोनयन गर्न तयारै थिए । तर, गौतमलाई मोहरा बनाएर संविधान संशोधन मार्फत राष्ट्रपतिका केही अधिकारहरू बढाउने तथा राष्ट्रियसभामा ९ सदस्य थपेर अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिने योजनामा ‘ब्रेक लागेपछि उनी पछि हटेका हुन् । 

प्रधानमन्त्री ओलीको केही समयभित्रै मृगौला प्रत्यारोपण हुँदैछ । त्यसलगत्तै चिकित्सकको सुझावअनुसार कम्तीमा ३÷४ महिना आराम गर्नुपर्ने भएकाले आफू निष्कृय रहेका बेला प्रधानमन्त्रीबाट हुने जरुरी कार्यसम्पादन कार्यवाहक प्रधानमन्त्रीबाट होइन, राष्ट्रपति विद्या भण्डारीमार्फत गराउन चाहान्छन् । त्यसकालागि उनी संविधान संशोधन गरेर राष्ट्रपतिका संकटकालीन अधिकारहरूमा थप गर्न चाहन्थे । 

अर्को, राष्ट्रियसभामा ९ सांसद राष्ट्रपतिबाट मनोनयन गर्ने, त्यसमध्ये कम्तीमा ३ जना राजपालाई दिएर सरकारमा ल्याउने गरी संविधान संशोधन गर्ने ओलीको चाहना थियो । त्यसरी संविधान संशोधन हुँदा अर्थमन्त्री खतिवडालाई पनि निरन्तरता दिन सकिने उनको बुझाई थियो । तर, वुधबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठित कार्यदलमात्र भंग गरेन, ९ जना सदस्य थपगर्ने प्रधानमन्त्रीको प्रस्ताव पनि अस्वीकृत ग¥यो । 

निर्णयअघिका दौडधुप 

उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीका लागि बाटो खुलाउने गरी संविधान संशोधन गर्न कार्यदल गठनको निर्णय विवादस्पद बनेपछि मंगलबार दिनभर शीर्ष नेताहरूले त्यसबाट पछि हट्ने उपायमा केन्द्रीत रहेर छलफल गरे । बिहान १० बजेदेखि रातीपौने १० बजेसम्म नेताहरूले ‘वान अन वान’ र सामूहिक छलफल गरे । अध्यक्ष केपी ओली र प्रचण्डबीच बिहान बालुवाटारमा करिब एक घण्टा छलफल भएलगत्तै खुमलटारस्थित प्रचण्ड निवासमा पनि अर्को छलफल भएको थियो । 

खुमलटारमा प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष गौतमसँग छलफल गरे । दिउँसो १ बजेको त्यही समयमा बालुवाटारमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बेग्लै छलफल भयो । करिब डेढ घण्टाको छलफलपछि बाहिरिने बित्तिकै प्रचण्डले नेपाललाई खुमलटारमै बोलाए । स्रोतकाअनुसार नेपाल पुगेपछि त्यहाँ प्रचण्डसहित चार नेताबीच छलफल भएको थियो । दिनभर छलफलमा ब्यस्त नेपाललाई लगत्तै प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाए । साँझकरिब ७ बजेबाट उनीहरूबीच ३ घण्टा लामो छलफल भएको थियो ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x