×

NMB BANK
NIC ASIA

यसकारण घरभित्र रोपौँ बिरुवा...

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अधिकांश व्यक्ति धेरैजसो समय घरमा बिताउँछन् । दिनभरको थकान घरमा गएर मेटिन्छ । सुख–दुःखको साक्षी हुने भएकाले घरसँग प्रत्येक व्यक्तिको सम्बन्ध हुन्छ । तर, सधैँ एउटै ठाउँ र परिवेशमा बस्दा मानिस मोनोटोनस पनि भइरहेको हुन्छ । त्यसैले घरको वातावरण शान्त र फ्रेस बनाइराख्न समय–समयमा रिनोभेसन जरुरी छ । घरमा गरिने साजसज्जाले लुक्सलाई मात्र नभई घरमा बस्ने व्यक्तिको मुडलाई पनि प्रभाव पारिरहेको हुन्छ । यसका लागि उचित कलर कम्बिनेसन, डिजाइनर वालफ्रेम, स्मार्ट फ्लोरिङ, लाइटिङ, उचित इन्टेरियर डिजाइनिङको आवश्यकता पर्छ । 

Muktinath Bank

घरको साजसज्जामा इन्डोर प्लान्ट अर्थात् घरभित्र रोपिने बोटबिरुवाले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गमलामा सजाएर कोठामा विभिन्न किसिमका बोटबिरुवा राख्न सकिन्छ । यसले घरको सुन्दरताका साथै हावाको सन्तुलनसमेत कायम राख्छ । बोटबिरुवाले प्रदूषित हावालाई अवशोषित गर्ने भएकाले स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हावा स्वच्छ बनाउँछ
घरभित्र निस्किने फोहोरबाट तीन सयभन्दा बढी किसिमका रोगका कीटाणु उत्पन्न हुन्छन् । जसले गर्दा टाउको दुख्ने, घाँटी दुख्ने, रिंगटा लाग्ने र एकाग्रतामा कमी आउनेजस्ता स्वास्थ्य समस्या निम्तिन्छन् । बोटबिरुवाले हावामा भएको प्रदूषणलाई सोस्ने र बाहिर पठाउने हुँदा घरभित्रको वातावरण सफा बनाउन मद्दत गर्दछ ।


Advertisment
Nabil box
Kumari

व्यायाम 
व्यस्त जीवनशैली र बढ्दो प्रविधिका कारण शरीरका लागि अत्यावश्यक एक्सरसाइजको अभाव हुने गर्दछ, जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको हुन्छ । घरमा बोटबिरुवा रोप्दा प्रत्येक दिनजसो स्याहार गर्नुपर्ने हुन्छ, जसले शारीरिक कसरत गराउँछ । माटो, पानी र बिरुवासँग खेल्दा बालबालिकाको वृद्धि विकासमा अप्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । 

Vianet communication
Laxmi Bank

संक्रमणको जोखिम घटाउँछ
बोटबिरुवाले कोठामा भएको प्रदूषणको करिब २० प्रतिशत स्वतः सोस्ने गर्दछन् । त्यस्तै, हावामा मिसिएका जीवाणु र रासायनिक तत्वलाई बाहिर पठाउन मद्दत गरिरहेका हुन्छन् । जसले गर्दा कोठा सुक्खा र फोहोर हुन पाउँदैन । फलस्वरूप रुघाखोकीजस्ता संक्रमणबाट बच्न सहयोग मिल्छ ।

मुड फ्रेस बनाउँछ
बोटबिरुवा र प्राकृतिक सुन्दरतायुक्त  स्थानले सकारात्मक, आनन्द र आशावादी सोचको विकास गर्छ । जस्तै, अस्पतालमा बोटबिरुवा रोप्दा बिरामीको रक्तचाप, दुखाइ, धड्कन सन्तुलित हुन्छ । प्राकृतिक वातावरणले सेरोटोनिन र डोपामाइन नामक रसायनको उत्पादन गर्ने हुँदा व्यक्तिले शान्त महसुस गर्ने गर्दछ ।

तनाव घटाउँछ

घरभित्र होस् या घरबाहिर,  सुन्दरताले इन्द्रीयलाई आकर्षित गर्ने हुँदा व्यक्तिलाई वर्तमानमा रमाउन प्रोत्साहन गर्दछ । जनरल अफ साइकोलोजिकल एन्थ्रोपोलोजी र जनरल अफ हेल्थ साइकोलोजीमा प्रकाशित अध्ययनअनुसार सामान्यतया बगैँचा र फूलवरपर बस्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा ७० प्रतिशतभन्दा कम तनाव हुने गर्दछ । शान्त स्थानले ध्यान केन्द्रीत गर्न र आत्मविश्वास बढाउन भूमिका खेल्छ । नयाँ पत्रिकामा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x