×

NMB BANK
NIC ASIA

हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारिको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो ।

Sagarmatha Cement
Muktinath Bank

विश्वमा नै उत्कृष्ट १०  मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै भाग मनाङमा नै पर्दछ । पदयात्राका लागि विभिन्न देशबाट पर्यटकको आगमन हुने गरेको मनाङमा पछिल्ला समयमा स्वदेशी पर्यटक बढ्दै गएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदयात्री मनाङको थोरङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् । थोरङ्ला भञ्ज्याङको उचाइ पाँच हजार ४१६ मिटर छ । यहाँ रहेका हिमताल, अन्नपूर्ण हिमशृङ्खलाका साथै हिमाली जनजीवन, वेशभूषा, संस्कृति, गुम्बा, चाडपर्व लगायतका मौलिक संस्कृति यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।


Advertisment
Nabil box
Kumari

विशेष गरी प्रत्येक वर्ष दुई मौसममा मात्र पर्यटकको विशेष चहलपहल हुने मनाङमा जाडो याममा भने जाडो छल्नका लागि स्थानीयवासी बेँशी वा जिल्लाबाहरि निस्कने गर्दछन् । मङ्सिरको अन्तिम साताबाट फागुनको दोस्रो सातासम्म अत्यधिक चिसो हुने भएकाले यस समयमा यहाँका स्थानीय पोखरा काठमाडौँका साथै देशका विभिन्न शहरमा जाने गरेका छन् । 

Vianet communication
Laxmi Bank

प्रत्येक वर्ष फागुनको मध्यदेखि जेठसम्म र भदौदेखि मङ्सिरसम्म यहाँ पर्यटकको आगमन हुने गरेको छ । बेंशीशहरबाट शुरू भई मुस्ताङको मुक्तिनाथ हुँदै कास्कीको नयाँ पुल आएर सकिने २१ दिनको यो पदमार्ग पछिल्ला वर्षमा जथाभावी बाटो खन्ने क्रमले छोटिएको छ । अहिले यो पदमार्ग १० दिनमा नै पार गर्न सकिन्छ । 

पदयात्रा पर्यटन नेपालको मौलिकता भए पनि जथाभावी बाटो खन्ने क्रमले दिनप्रतिदिन चुनौती थपिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताए।

'जथाभावी बाटो खनिने क्रमसँगै पदयात्रा पर्यटन धराशयी बनेको छ', उनले भने, 'भएका पदमार्ग मासिँदै जाने र विकल्प पनि नखोज्ने क्रम कायम रहने हो भने नेपालको समग्र पदयात्रा पर्यटन एकादेशको कथा बन्न बेर छैन ।' मनाङ क्षेत्रमा वर्षमा दुई याम मात्रै पर्यटक गइरहेको सन्दर्भमा बाह्रै महिना पर्यटक पुर्‍याउने लक्ष्यका साथ अन्य प्रयास शुरू गरिएको छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका अवस्थामा नेपाल क्लाइम्बिङ टिमले हालै मनाङको ङिस्याङ गाउँपालिका वडा नं ४ हुम्डेमा आइस क्लाइम्बिङका साथै स्कीको परीक्षण गरेको छ । फेब्रुअरी दुईबाट १० सम्म उक्त परीक्षण गरिएको थियो ।

मनाङलाई पर्यटनको केन्द्र बनाउँदै यहाँ बाह्रै महिना उनीहरूको आगमन कायम राख्ने उद्देश्यका साथ नेपाल क्लाइम्बिङ टिमले हुम्डेमा साहसिक खेल स्की र आइस क्लाइम्बिङको परीक्षण गरेको प्रशिक्षक समीर थापाले बताए। 'हिमाली क्षेत्रमा बाह्रै महिना पर्यटक पुर्‍याउन आइस क्लाइम्बिङ तथा स्की महत्वपूर्ण हुन सक्छ', उनले भने, 'हिमाली क्षेत्रमा भन्ने गरिएको ‘अफ’ मौसममा यहाँका पर्यटन व्यवसायी लाभान्वित हुन्छन् ।' स्की हिउँमा चिप्लिएर खेलिने खेल भएकाले यो अत्यधिक चिसोको समयमा हिउँ जम्दाका बखत मात्र सम्भव हुन्छ । पाखाभरि सेताम्मै हिउँ त्यही हिउँमा रङ्गीचङ्गी पोशाकमा रहेका स्की खेलाडी खेलेको दृश्य पर्यटकका लागि अर्को नौलो आकर्षण हो ।

नेपाल क्लाइम्बिङ टिमले नेपालका धेरै क्षेत्रमा रक क्लाइम्बिङ, आइस क्लाइबिम्ङ क्षेत्र निर्माण गरेको छ । मनाङ आसपासमा आइस क्लाइम्बिङ र स्कीको प्रचूर सम्भावना रहेको र यसलाई आफूहरूले प्राथमिकतामा राखेको नेपाल क्लाइम्बिङ टिमका अध्यक्ष विनायकजंग मल्लले बताए।

नेपालका धेरै हिमाली क्षेत्रमा आफू पुगेको बताउँदै मल्लले अन्नपूर्ण पदमार्ग क्षेत्रअन्तर्गत हुम्डे अत्यन्त उपयुक्त दखिएको धारणा राखे । विदेशी पर्यटक यस्तै साहसिक खेलमा रमाउने हुँदा उनीहरूलाई आकर्षित गर्न पनि स्की उपयुक्त हुने स्की खेलाडी पासाङ नुर्वु शेर्पाले बताए। आफूहरूको टिमले गत वर्ष यसै ठाउँमा आइस क्लाइम्बिङको परीक्षण गरेको जानकारी दिँदै उनले यस वर्ष आइस क्लाइम्बिङ सँगै स्की पनि गरेको बताए। आइस क्लाइम्बिङ र स्की विदेशीलाई मात्र नभई स्वदेशी पर्यटकको समेत आकर्षण हुने र यसले हिमाली क्षेत्रमा सदावहार पर्यटक भित्र्याउन मद्दत गर्ने अर्का सहभागी मिङ्मा यङ्गी शेर्पाले बताए।

नेपालमा धेरै रमणीय हिमाल र हिमाली क्षेत्र रहेका कारण यी क्षेत्रमा बाह्रै महिना पर्यटक भित्र्याउने गरी आइस क्लाइम्बिङ र स्की खेलको विकास तथा विस्तार गर्न सकिने उहाँको भनाइ थियो । पदमार्ग मासिनेक्रम बढिरहेको वास्तविकतामा हिमाली क्षेत्रमा प्रचूर सम्भावना बोकेका आइस क्लाइम्बिङ तथा स्कीलाई विकल्पका रुपमा समेत बढाउन सकिने पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए।

'पछिल्ला समयमा स्वदेशी पर्यटकको पनि मनाङमा आकर्षण बढ्दै गएको छ', उनले भने, 'अफ सिजन भनिने समयमा समेत सञ्चालन गर्न सकिने स्की, आइस क्लाइम्बिङ जस्ता खेलले पर्यटकको आगमनलाई सँधै निरन्तरता दिन सकिन्छ ।' वासुदेव पौडेल/नवीन लामिछाने,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x