कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
जिल्लामा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिकको रुट निर्धारण गरिएको छ । बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भएपछि व्यवस्थित गर्दै ५८३ म्याजिकलाई १२ रुटको अनुमति दिइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका र म्याजिक यातायात व्यवसायीको साझा संस्था संयुक्त यातायात व्यवसायी समितिसँग समन्वय गरेर रुट इजाजत प्रदान गरेको हो ।
आज यहाँ आयोजित रुट नम्बर वितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट र संयुक्त यातायात व्यवसायी समितिका अध्यक्ष चिनीबहादुर बोहोराले तोकिएअनुसारको क्षेत्रमा सवारी सञ्चालन गर्न आग्रह गरेका थिए ।
सो अवसरमा भरतपुर चक्रपथमा सबैभन्दा बढी २५०, शारदानगरतर्फ ९२, गीतानगरतर्फ ७१, विजयनगरतर्फ २९, गौरीगञ्जतर्फ ४३, गोन्द्राङतर्फ ५३, भोजाडतर्फ १४, खोलेसिमलका लागि १८, गैँडाकोटका लागि ४४, मुग्लिनका लागि २०, पर्साका लागि ३० र देवघाटका लागि १० म्याजिकलाई सञ्चालनका लागि अनुमति दिइएको छ ।
यसअघि इजाजत दिँदा जिल्ला र अञ्चलभरिनै सञ्चालन गर्न पाउने सुविधा दिएपछि सबैको ध्यान बजार क्षेत्र हुने गरेको थियो । बजार अस्तव्यस्त बनेको र ग्रामीण क्षेत्रमा यात्रुले सवारी पाउन मुस्किल भएपछि स्थानीयस्तरको आवश्यकतालाई ध्यानमा राखेर सङ्ख्या निर्धारण गरिएको भट्टले जानकारी दिए ।
रुट नम्बर पाएका सवारीसाधनलाई एक साताभित्र सञ्चालन हुने क्षेत्रको नाम लेखेर अगाडि राख्न आग्रह गरिएको छ । जिल्लामा ६७४ म्याजिक दर्ता छन् । रुट नपाएकाको कागजपत्र हेरेर आवश्यकता महसुस भएका क्षेत्रमा थप गरिने उनले जानकारी दिए।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...