विमानमा अपान वायु छोड्नेहरूका लागि बनाइयो एक ग्याजेट

विमानमा अपान वायु छोडेर वातावरणै दुर्गन्धित बनाउने मानिसहरूका लागि केरा आकारको एक ग्याजेट बनाइएको छ । 

फोमबाट बनेको उक्त ग्याजेट नितम्बको बीचमा राख्न मिल्छ । 


Advertisement

त्यो ग्याजेट लगाएपछि यात्रुहरूले अपान वायु त्यागेपछि कुइगन्ध आउँदैन । हवाईयात्रामा यो गेमचेन्जर साबित हुने भनी यसको प्रशंसा गरिएको छ । 

किचन डिजाइनर पल ओ’लीरीले यसलाई बनाएका हुन् । 


Advertisement

न्युयोर्क जाने विमानमा सँगै बसेको यात्रुले पादेर हैरान बनाएपछि आफूलाई यो ग्याजेट बनाउने आइडिया फुरेको उनले बताए । 

ग्याजेटमा कार्बन कपडा छ र त्यसलाई जर्सी फ्याब्रिकले छोपेको छ । यसलाई धोएर पुनः प्रयोग गर्न मिल्छ । 

लीरीको कम्पनी श्रेड्डिज लिमिटेडले ग्याजेटका लागि अनुसन्धान गर्ने क्रममा पेटरोग विशेषज्ञ निकेत सोनपाललाई भेटेको थियो । सोनपालका अनुसार, ६ हजारदेखि ८ हजार फीटको उचाइमा प्लेनको क्याबिनमा प्रेसर पर्छ जसले गर्दा शरीरमा ग्यास फुल्छ र बढी पाद आउँछ । 

उनले भने, ‘जति माथि गयो हावा त्यति फैलिन्छ र हाम्रा आन्द्रामा भएको ग्यास पनि फैलिन्छ । सामान्य अवस्थामा भन्दा ३० प्रतिशतसम्म ग्यास फैलिन्छ र त्यो हावा कतै जानुपर्छ ।’

श्रेड्डिजले अपान वायुलाई फिल्टर गर्ने अन्डरवेयर, पाइजामा र जीन्स पनि बनाएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्