×

NMB BANK
NIC ASIA

संसद् छलेर इन्धनमा थप कर

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 संसद्बाट अनुमोदन गराएर मात्रै कर लगाउनुपर्ने अभ्यासविपरीत सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको छ । बजारमा भइरहेको मूल्यवृद्धिलाई बढावा दिने गरी फागुन १२ को मन्त्रिपरिषद् बैठकले इन्धनबाट उठाउँदै आएको यस्तो कर दोब्बर पारेको हो ।

Muktinath Bank

यसअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर रहेकामा अब प्रतिलिटर १० रुपैयाँ भएको छ । मन्त्रिपरिषद् निर्णयलगत्तै भन्सार कार्यालयहरूले यो रकम उठाउन सुरु गरिसकेका छन् तर यसरी उठाइएको रकम कहाँ खर्च गर्ने भन्ने टुंगो लागेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७२/७३ बाट उठाउन थालिएको प्रतिलिटर ५ रुपैयाँ कर बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा लगाउने घोषणा गरिएको थियो । यो शीर्षकमा करिब ४१ अर्ब रुपैयाँ संकलन भइसकेको छ तर आयोजना निर्माणमा अन्योलका कारण सरकारले यो रकम उपयोग गर्न सकेको छैन । बूढीगण्डकीमा प्रारम्भिक अध्ययन सकेर मुआब्जा दिँदै सरकारले जग्गा लिइरहेको छ तर निर्माणको ‘मोडालिटी’ टुंगो लागेको छैन । बूढीगण्डकीमा प्रयोग हुने सम्भावना कम हुँदै गएपछि ०७४/७५ देखि सरकारले शीर्षक बदलेर ‘नेपालको पूर्वाधार विकास कर’ उठाउन थालेको हो ।


Advertisment
Nabil box
Kumari

यही शीर्षकमा थप पाँच रुपैयाँ कर बढाउने निर्णयअनुसार बिहीबारदेखि भन्सारले प्रतिलिटर १० रुपैयाँका दरले रकम उठाउन थालेका छन् । यसअघि करिब एक अर्ब रुपैयाँ मासिक संकलन भइरहेको यो कर अब २ अर्ब संकलन हुनेछ । इन्धनबाट उठाइँदै आएको पूर्वाधार कर बढेपछि त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्नेछ । ‘इन्धनको कर बढाउनु भनेकै मूल्यवृद्धिमा सहयोग गर्नु हो,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘त्यसमाथि सरकारले संसद् छलेर संविधानविपरीत कर लगाई उपभोक्ता मार्ने काम गरेको छ ।’

Vianet communication
Laxmi Bank

कर परिमार्जन र कर वृद्धि आर्थिक बजेटबाट ल्याउनुपर्छ । यसरी संसद् छलेर मन्त्रिपरिषद्बाट निर्णय गरिनु नै गलत भएको कानुन व्यवसायीसमेत रहेका बानियाँको तर्क छ । ‘यो उपभोक्तामारा र गैरसंवैधानिक निर्णय तत्काल फिर्ता हुनुपर्छ,’ उनले भने । सरकारको यो निर्णयसँगै अब मासिक दुई अर्ब रुपैयाँ कर संकलन हुन्छ । मासिक औसतमा ५० हजार किलोलिटर पेट्रोल, १ लाख ४० हजार किलोलिटर डिजेल र करिब २० हजार किलोलिटर हवाई इन्धन आयात हुने गरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

आव ०७२/७३ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार बिन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले कर लगाउने निर्णय भएको दाबी गरेका थिए तर उपभोक्ता थप ५ रुपैयाँ तिर्न बाध्य भए । भन्सार बिन्दुमा शुल्क जोडेपछि आयल निगमले पनि त्यहीअनुसार प्रतिलिटर ५ रुपैयाँ जोडेर खुद्रा मूल्य तोक्दै आएको छ ।

सरकारले २०६५/६६ देखि सरकारले प्रदूषण शुल्कका नाममा पनि कर लगाइरहेको छ । पेट्रोल र डिजेलमा प्रतिलिटर ५० पैसाका दरले उठाउने गरिएको यो कर पनि गत जेठबाट बढाएर डेढ रुपैयाँ पुर्‍याइएको छ । यो शीर्षकमा साढे ८ अर्ब संकलन भइसकेको छ । संकलित रकम राष्ट्रिय कोषमा जाने गरेको छ । राष्ट्रिय कोषको बजेट अन्यत्र पनि खर्च हुन्छ तर प्रदूषण नियन्त्रणमै भने यसको उपयोग भएको छैन ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारले विगतमा पनि उपभोक्तालाई झुक्याएर मूल्य बढाएको र फेरि त्यसै गरेको बताए । ‘यो निर्णय उपभोक्ताको हित प्रतिकूल छ । इन्धनमा हुने मूल्यवृद्धिले बजारभाउ बढ्ने छ,’ उनले भने ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने पूर्वाधार कर वृद्धिले उपभोक्ता मूल्यमा असर नगर्ने दाबी गरे । ‘खुला सिमानाका कारण आयातित इन्धन पुनः बाहिरियो, जसले गर्दा कर परिमार्जनको निर्णय भएको हो,’ उनले भने । भारतको तुलनामा नेपालमा प्रतिलिटर पेट्रोल १६.४० रुपैयाँ, डिजेल १६.२७ रुपैयाँ र हवाई इन्धन १५ रुपैयाँ सस्तो रहेको मन्त्रालयको भनाइ छ । नेपालमा आयात हुने पेट्रोलियममा विभिन्न शीर्षकमा छुट दिइएकाले सस्तो परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेकाले उपभोक्ता मूल्य नबढ्ने उनको दाबी छ । ‘अहिले निगम नाफामा छ, नाफाबाटै उपभोक्ता मूल्य समायोजन हुन्छ,’ निगमका एक अधिकारीले भने, ‘तर मूल्य समायोजन गर्दा खुद्रा मूल्यमै यो जोडिन्छ ।’ भारतीय आयल निगमले प्रत्येक महिनाको १ र १५ तारिखमा इन्धनको मूल्यसूची पठाउँछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले पनि मूल्य समायोजन गर्दै आएको छ । यस क्रममा विकास कर पनि खुद्रा मूल्यमा समायोजन हुने निगमको भनाइ छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कर उपभोक्ताले तिर्नुपर्ने भए पनि तत्काल मूल्य नबढाइने बताए । उनले सीमाको अन्तर घटाउन कर घटाउन खोजेको बताए । ‘निगम नाफामै रहेकाले २/३ महिना मूल्य बढाउँदैनौं,’ उनले भने, ‘बजारलाई स्थिर बनाएर मूल्य समायोजन गर्छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x