×

NMB BANK
NIC ASIA

हिजो दिनभर : प्रचण्ड– भ्रष्टाचारले कम्युनिस्ट सत्ता उल्टिए, ओली– प्रमाणित भएको छैन !

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तीन डीआइजी एआइजीमा बढुवा सिफारिस

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

Muktinath Bank

बिहीवार गृह सचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको बढुवा समितिको बैठक बसेको थियो । बैठकले पहिलो नम्बर एआइजीमा तारिणी लम्साल, दोस्रो नम्बरमा शैलेश थापा क्षेत्री र तेस्रो नम्बरमा हरिबहादुर पाललाई सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीमा ३ एआइजी पद रिक्त रहेको थियो । गत माघमा पुस्कर कार्की, ठुले राई र धीरु बस्न्यातले एआइजीबाट अवकाश प्राप्त गरेका थिए । त्यसयता ती पदहरू रिक्त रहेका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रचण्ड – भ्रष्टाचारले कम्युनिस्ट सत्ता उल्टिए, ओली – प्रमाणित भएको छैन ! 

Vianet communication
Laxmi Bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभाजित देखिएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारका कारण कम्युनिस्ट पार्टी सकिने संकेत गर्दा ओलीले भ्रष्टाचार नै नभएको दाबी गरे ।

कार्यक्रममा बोलीभन्दा पहिल्यै बोलेका प्रचण्डले दुश्मनको गोलीले नढलेका कम्युनिस्ट भ्रष्टाचारले ढल्ने गरेको बताए । ओली सरकारमा सहभागी तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री करोडौं कमिसन प्रकरणमा मुछिएको अवस्थामा प्रचण्डको अभिव्यक्ति आएको थियो ।

प्रचण्डले कार्यक्रमको अन्त्यमा भने, ‘मैले धेरैचोटी भन्ने गरेको छु – कम्युनिस्ट पार्टीलाई अन्ततः चाहिँ कमजोर पार्न दुश्मनले सकेन, दुश्मनले गोलीले पनि सकेन, जेलनेलले पनि सकेन, लाखौं–करोडौं मारेर पनि सकेन तर सत्तामा गएपछि कम्युनिस्ट पार्टी आफैं भ्रष्टाचारमा लिप्त हुने, कुशासनतिर जाने, अहंकार हुने, पदलोलुप हुने, आत्मकेन्द्रित हुने हुँदा एउटा गोली पनि खर्च नगरीकन उल्टिए कम्युनिस्ट सत्ताहरू । यो अनुभवलाई भने हाम्रो पार्टीले गम्भीरतापूर्वक लिनुपर्छ, हाम्रो पार्टीले लिँदैछ । हामी दुवै अध्यक्षले पनि यो विषयमा लगातार चर्चा गरेका छौं, छलफल गरेका छौं, समीक्षा गरेका छौं ।’

कम्युनिस्ट सत्ताको भ्रष्टाचारबारे दुवै अध्यक्षले छलफल गरिरहेको प्रचण्डले बताइरहँदा प्रधानमन्त्री ओलीले आफ्नो पालोमा वर्तमान सरकारमा भ्रष्टाचार नै नभएको दाबी गरे । ‘पार्टीलाई बदनाम गर्न, सरकारलाई बदनाम गर्न र नेताहरूको चरित्र हत्या गर्न शुरू भइसकेको छ । सरकारले भ्रष्टाचारको बाटो समाउँछ भन्ने चिन्ता नगर्नुस्,’ ओलीले भने ।

ओलीले आफू मर्न तयार भएपनि भ्रष्ट नहुने प्रतिबद्धता समेत जनाए । ‘म मर्न तयार छु तर झुक्दिनँ र भ्रष्ट हुन्नँ भन्ने प्रतिबद्धता जनाएको छु,’ उनले भने ।

पार्टीलाई बद्नाम गर्ने र नेतृत्वको चरित्र हत्या गर्ने काम भइरहेको ओलीले बताए । उनले अगाडि भने, ‘म होलटाइमर भएर काम गरेको ५२ वर्ष भयो । जेलमा हुँदा एउटा कागजमा सही गरेको भए त्यतिबेलै मन्त्री बनिन्थ्यो । हत्कडी लगाएर बिरामी भएर कागजमा सही नगरेको धन कमाउन हो ?’

ओलीले गोकुल बाँस्कोटाले भ्रष्टाचार गरेको प्रमाणित नभएको दाबी समेत गरे । ‘उहाँले मेरो बारेमा प्रश्न उठेकाले राजीनामा गर्छु भनेर राजीनामा दिनुभयो तर कुनै प्रमाणित छैन । स्वीसको प्रतिनिधि होइन भनेर भनिसकेको छ । फ्रड हो भनेर एम्बेसीले भनिसकेको छ । कुनै सत्यता पुष्टि भएको छैन,’ ओलीले भने, ‘आफ्नो नाममा कुरा उठेकाले राजीनामा दिनुभएको हो । भ्रष्टाचार गरेकै प्रमाणित भएको छैन, उहाँको दोष रहेछ भने दोष अनुसारको सजाय भोग्नुहुन्छ । आरोप छैन, मुद्दा पनि छैन ।’

बाँस्कोटा काण्डमा आफूविरुद्ध समेत उजुरी परेको अखबारबाट थाहा पाएको बताउँदै ओलीले भने, ‘मेरो बारेमा पनि उजुरी हालेको छ भन्ने सुनेको थिएँ । त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो । त्यो भ्रष्ट उजुरी हो ।’ भ्रष्टाचारमा संलग्नता देखिए अनुहार नहेरीकन कारवाही गर्छु प्रतिबद्धता समेत ओलीले जनाएका छन् ।

केही दिनमै किड्नी ट्रान्सप्लान्ट गर्छु, ५ दिन अस्पताल बसेर छेठौं दिनबाट काम शुरू गर्छु– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई बिहीवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले किड्नी ट्रान्सप्लान्ट गरेर फर्किएको भोलिपल्टैबाट कामलाई निरन्तरता दिने बताए ।

'अब केही दिनभित्र अर्को किड्नी ट्रान्सप्लान्ट गर्छु, ५ दिन हस्पिटल बस्छु, छैठौं दिन घर आउँछु, त्यसपछि काम गर्छु,' ओलीले भने ।

कतिपयले अहिले पनि आफूलाई बिरामी भन्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूले निरन्तररूपमा दैनिक १७/१८ घण्टा काम गरिरहेको दाबी गरे ।

कांग्रेसलाई ओलीको कटाक्ष : नाकाबन्दीमा चुइँक्क नबोल्ने, अहिले ‘केक राष्ट्रवाद’ देखाउने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केक राष्ट्रवाद’ देखाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि अटाक्ष गरेका छन् ।

काठमाडौंमा आयोजित नेकपाको बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले कांग्रेसले बेकारको तमासा गरिरहेको बताए ।

‘नाकाबन्दीका बेलामा आफैं भोकै पर्दा पनि चुइँक्क बोल्न नसक्ने, अहिले केकमा राष्ट्रवाद खोज्ने ? अहिले ‘केक राष्ट्रवाद’ देखाउने ? यो कांग्रेसको बेकारको तमासा हो ।’

आफ्नो जन्मदिनको विषयमा सिर्जना गरिएको विवादमा समेत प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका छन् । ‘म जन्मिएको गाउँमा बिजुली पुग्यो, मिडियाले लेख्दैनन्, पानी पुग्यो लेख्दैनन् तर केकमा चिन्ता ?’ ओलीले भने, ‘धेरैपछि आफ्नो ठाउँमा जन्मिएको प्रधानमन्त्री बनेर आउँदैछ भनेपछि बाटो लिएर गएँ, बैंकको शाखा लिएर गएँ । उनीहरू आए, त्यो दुर्गम ठाउँमा मान्छेहरू उत्सव मनाए । कतिवटा केक ल्याए, मैले छोइदिएँ, अनि लगे, जे–जे ल्याएका थिए । त्यहाँ त उत्सव थियो । मन परेको चिजको आकार आकृति बनाइयो । अनि केक चाहिँ मन परेको, मेरो फोटो बनाएर केक ल्याउँछन्, लगेर काटे । मै काटिएको त हैन नि !’

प्रधानमन्त्री ओलीले अरुको मामिलामा त्यति चर्चा नहुने गरेपनि आफ्नो जन्मदिन भएकाले त्यति चर्चा भएको हुनसक्ने बताए ।

म मर्न तयार छु तर झुक्दिनँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मर्न तयार भएपनि भ्रष्ट नहुने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘म मर्न तयार छु तर झुक्दिनँ र भ्रष्ट हुन्नँ भन्ने प्रतिबद्धता जनाएको छु ।’

पार्टीलाई बद्नाम गर्ने र नेतृत्वको चरित्र हत्या गर्ने काम भइरहेको ओलीले बताए । ‘पार्टीलाई बदनाम गर्न, सरकारलाई बदनाम गर्न र नेताहरूको चरित्र हत्या गर्न शुरू भइसकेको छ,’ उनले भने, ‘आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्र हो कि केही सत्यता छ त्यसमा ? सत्यता छ भने कारवाही हुन्छ ।’

सरकारले भ्रष्टाचारको बाटो समाउँछ भन्ने चिन्ता नगर्न प्रधानमन्त्री ओलीले नेता कार्यकर्तालाई आग्रह गरे । ‘म होलटाइमर भएर काम गरेको ५२ वर्ष भयो । जेलमा हुँदा एउटा कागजमा सही गरेको भए त्यतिबेलै मन्त्री बनिन्थ्यो । हत्कडी लगाएर बिरामी भएर कागजमा सही नगरेको धन कमाउन हो ?’

बाँस्कोटा काण्डमा ओलीको घोषणा : ‘भ्रष्टाचार गरेको प्रमाणित भएको छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भ्रष्टाचार गरेको प्रमाणित नभएको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले कतिपयले ‘के निहुँ पाउ, कनिका बुकाउँ’ जस्तै गरिरहेको दाबी गरे ।

बाँस्कोटाको टेप प्रकरण प्रमाणित नभएको ओलीले बताए । ‘मेरो बारेमा प्रश्न उठेकाले राजीनामा गर्छु भनेर राजीनामा दिनुभयो तर कुनै प्रमाणित छैन । स्वीसको प्रतिनिधि होइन भनेर भनिसकेको छ । फ्रड हो भनेर एम्बेसीले भनिसकेको छ । कुनै सत्यता पुष्टि भएको छैन,’ ओलीले भने, ‘आफ्नो नाममा कुरा उठेकाले राजीनामा दिनुभएको हो । भ्रष्टाचार गरेकै प्रमाणित भएको छैन, उहाँको दोष रहेछ भने दोष अनुसारको सजाय भोग्नुहुन्छ । आरोप छैन, मुद्दा पनि छैन ।’

बाँस्कोटा काण्डमा आफूविरुद्ध समेत उजुरी परेको अखबारबाट थाहा पाएको बताउँदै ओलीले भने, ‘मेरो बारेमा पनि उजुरी हालेको छ भन्ने सुनेको थिएँ । त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो । त्यो भ्रष्ट उजुरी हो ।’

भ्रष्टाचारमा संलग्नता देखिए अनुहार नहेरीकन कारवाही गर्छु प्रतिबद्धता समेत ओलीले जनाएका छन् ।

वामदेव कमरेड त हामीलाई सिध्याउन भनेर लाग्नुभएको थियो– प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू विभिन्न आरोहअवरोह झेल्दै पार्टी एकतासम्म आइपुगेको बताएका छन् ।

नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण तथा भेलालाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकले अर्कालाई निषेध गर्ने स्थितिबाट अहिलेको अवस्थामा आएको बताएका हुन् ।

'कुनैबेला एकले अर्कालाई सिध्याउने अभियानका नायक पनि हामी नै हौं,' जनयुद्धको समय स्मरण गर्दै प्रचण्डले भने, 'अझ वामदेव कमरेड गृहमन्त्री भएका बेला त झन् उहाँ कडाकडा कानून बनाएर हामीलाई सिध्याउनेतिर लाग्नुभयो ।'

यसक्रममा प्रचण्डले पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीको गठन र त्यसपछिका टुटफुट र एकतालाई क्रमैसँग सम्झिए ।

प्रचण्डको आह्वान : कमरेडहरू, पार्टीभित्र संघर्ष हुन्छ तर सत्य के हो खोजी गर्नुस् !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीमा संघर्ष हुनु स्वाभाविक भएपनि नेता कार्यकर्ताले सत्यको खोजी गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलालाई बिहीवार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीमा विवाद, बहस र संघर्ष नभएको दिन पार्टी नै नभएपनि हुने बताए ।

‘कम्युनिस्ट पार्टी जमेको पोखरीको पानीजस्तो होइन । यो द्वन्द्वात्मक भौतिकवादी हुन्छ । यसले संघर्षमा विश्वास गर्ने, बहसमा विश्वास गर्ने हो,’ प्रचण्डले भने, ‘यो गडगडाउने खोला जस्तो हो । यो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, एकमुख भएर हिँडिदिएहुन्थ्यो भन्ने लाग्न सक्छ । लाग्ने एउटा कुरा हो तर जुन दिन यो साँच्चै शान्त, साँच्चै एकजुट, साँच्चै विवादरहित भयो, त्यो दिनदेखि पार्टी नै चाहिँदैन । मार्क्सदेखि सबै नेताले भनेको कुरा के हो भने त्यो विवादरहित हुनु साम्यवाद हो । साम्यवादमा कम्युनिस्ट पार्टी चाहिँदैन ।’

कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्ने, ठक्कर खाने भइराख्ने भएकाले यसलाई सबैले स्वीकार्नुपर्ने बताए । ‘पार्टीभित्र विवाद हुँदा हामीले सत्यको खोजी गर्ने हो, सत्यको अन्वेषण गर्ने हो । मार्क्सवादसम्मत के हो, को हो खोजी गर्नुपर्छ । यो कुरालाई गहिरो रुपमा बुझ्नुपर्छ,’ उनले भने ।

विचार, विधि र नेतृत्वको सम्मिलनबाट मात्रै तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सम्भव भएको बताउँदै प्रचण्डले ‘ठोस वस्तुको ठोस विश्लेषण’ नै मार्क्सवादको जीवित आत्मा भएको बताए । ‘जीवन जगत्मा पाइराखेको परिवर्तनलाई आत्मसात गर्दै आफूलाई विकसित गर्नुपर्नेहरू पार्टी हो हाम्रो,’ प्रचण्डले भने, ‘आफू मात्रै ठीक, अरु सबै बेठीक भन्ने हुन्थ्यो भने पार्टी एकता हुँदैन्थ्यो । अब एकले अर्कालाई आशंका गर्नुपर्ने आवश्यकता देख्दिनँ । हामी सबै एक चरण हिंसात्मक संघर्षबाट आएका छौं, तसर्थ शंका गर्नुपर्ने छैन ।’

दुवै पार्टीबीच एकता भएपछि नेपालको राजनीतिक मानचित्र बदलिएको प्रचण्डले दाबी गरे । ‘हामीले जनताको भरोसा जित्ने र प्रतिस्पर्धीलाई लोकप्रिय मतद्वारा परास्त गरेकै हौं, जनताका आशा अपेक्षालाई नयाँ उचाइँमा उठाएकै हौं,’ उनले भने, ‘विचारमा एकरुपमा, विधिमा एकरुपता, नेतृत्वको परिस्थितिको विश्लेषण गर्ने क्षमता र साहसिक निर्णय गर्ने क्षमताबाट एकता सम्भव भएको हो ।’

२१ गते शपथ ग्रहण छ, त्यो दिन तपाईंहरूसँग फेरि भेट हुन्छ : युवराज खतिवडा

अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राष्ट्रिय सभामा आफूले निरन्तरता पाउने कि नपाउने भन्ने विषयमा मुख खोलेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी पाएपछि सरकारको प्रवक्ताका रूपमा पहिलोपटक बिहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका खतिवडाले २१ गते शपथ ग्रहणको दिन भेट हुने बताएका छन् ।

'मेरै बारेमा कुरा उठेको छ, राष्ट्रिय सभाको सम्बन्धमा,' खतिवडाले भने, 'हेर्दै जानुस् न, अलि बेला भइसकेको छैन । २१ गते शपथ ग्रहणको दिन तोकिएको छ, त्यो दिन तपाईंहरूसँग फेरि भेट हुन्छ, भेट नभएपनि कुराकानी भइनैरहन्छ, त्यसैबेला यसको छलफल हुन्छ, अहिले नै जवाफ दिइराख्नुपर्ने आवश्यकता मैले देखेको छैन ।'

पार्टी सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भनी गरेको निर्णय लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडा पक्षमा अडान राखेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ ।

यही फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको कार्यकाल सकिँदैछ । रिक्त स्थानका लागि १८ जना निर्वाचित भइसकेका छन् भने राष्ट्रपतिले मनोनित गर्ने एउटा कोटालाई लिएर नेकपाभित्र तीव्र विवाद भइरहेको छ ।

पार्टी सचिवालयले उक्त कोटामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले खतिवडालाई नै पठाउने अडान दोहोर्‍याएका छन् ।

राष्ट्रपतिबाट मनोनित सांसद खतिवडाको २ वर्षे कार्यकाल यही २० गते सकिन लागेको छ ।

नेकपाभित्र विवाद चर्किरहेका बेला एउटै मञ्चमा शीर्ष नेता : ओलीको बायाँ प्रचण्ड, दायाँ माधव नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिश गर्न पार्टी निर्णयविपरीत अस्वीकार गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला पार्टीका शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित भएका छन् ।

राजधानी काठमाडौंस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल एकसाथ उपस्थित भएका हुन् ।

बुधवार मध्याह्न बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

त्यसको केही घण्टापछि वरिष्ठ नेता नेपाललाई फोन गरेर ओलीले सचिवालयको निर्णय नमान्ने बताएका थिए । आफूले अर्थमन्त्री युवराज खतिवडा नै निरन्तरता दिन लागेको उनको भनाइ थियो ।

ओलीको उक्त कदमपछि नेकपाभित्रको विवाद पेचिलो बनेको छ ।

पार्टीभित्रको विवादले कुन रूप लिने हो भन्ने यकिन भइनसक्दा पूर्वनिर्धारित कार्यक्रममा शीर्ष नेताहरू भेला भएका हुन् ।

सांसदले मागे मन्त्री योगेश भट्टराईको राजीनामा

सरकारले संसद्को मर्यादामा चोट पुर्‍याउने गरी गलत विधेयक पेश गरेको भन्दै एक सांसदले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको राजीनामा माग गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेमकिपा सांसद प्रेम सुवालले विधेयकमा अप्रासंगिक विषय प्रवेश गराएको भन्दै भट्टराईको राजीनामा माग गरेका हुन् ।

‘विधेयकमा अप्रासंगिक विषय राखिएकाले विधेयक पेश गर्ने सम्बन्धित मन्त्रीले राजीनामा गर्नु आवश्यक छ, राजीनामा नगरे प्रधानन्त्रीले बर्खास्त गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यो विधेयकले सिंहदरबारमा सच्चा मान्छे होइन सिंहदरबार ठगहरूको घेरामा रहेको पुष्टि गरेको छ,’ उनले भने । 

सांसद सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा नेपालको नक्सा आकारको केक काट्नु सार्वभौमिकता विरुद्धको काम भएको टिप्पणी समेत गरे । 
 

रक्षामन्त्री पोखरेललाई जनार्दन शर्माको चुनौती : मलाई तर्साउन खोजिएको हो ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रभावशाली नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् ।

सरकार दलालको घेराबाट बच्नुपर्छ भनेर बोल्दा आफूलाई तर्साउन खोजिएको उनले आरोप लगाए ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले आफू गृहमन्त्री नभएको समयमा भएको निर्णयमा आफ्नो जबरजस्ती नाम जोडिएकोप्रति उनले प्रधानमन्त्री र रक्षामन्त्री ईश्वर पोखरेलसँग जवाफ माग गरेका हुन् ।

मंगलवार मन्त्री पोखरेलले ट्रस्टको श्वेतपत्र जारी गर्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र जनार्दन शर्मा समेत दोषी रहेको बताएका थिए । 

‘यो श्वेतपत्र हो कि अश्वेतपत्र हो ? २०७४ कात्तिक १३ गते भएको भनेर मेरो नाम जोडिएको छ । असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको थिए । मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेखिनु कुरा के ? लेख्नुपर्ने किन लेखिएन ?’ उनले प्रश्न गरे ।

आफू गृहमन्त्री हुँदा कहिलै पनि ट्रस्टको कार्यालयमा नपसेको र मन्त्री रहेको समयमा सचिव रहेका हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई सोध्दा विवरण झूटा हो भनेर भनेको शर्माले दाबी गरे । 

‘लेख्नुपर्नेको नाम किन लेखिएन ? नलेख्नु पर्नेको नाम किन लेखियो ? मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजिएको हो ?’ उनले प्रश्न गरे  । 

आफूले सरकार दलालको घेराबाट बच्नुपर्छ भनेर भनिरहेको र त्यही कुरालाई लिएर तर्साउन र आत्मसमर्पण गराउन खोजिएको आशंका उनले गरे । ‘नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गर्ने र गराउने कुरा किन गरियो ? त्यसकारण मलाई शंका उठ्यो, यसको जवाफ चाहिन्छ । रक्षामन्त्री र प्रधानमन्त्रीबाट जवाफ चाहन्छु,’ शर्माले भने । 

कांग्रेस नेता कोइरालासँग ओलीको गुनासो : आफ्नैले सहयोग गरेनन् !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग बिहीवार बिहान डेढ घण्टा छलफल गरेका छन् ।

छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको नेता कोइरालाले बताए । बिहान साढे ८ बजे डेढ घण्टा ओली–कोइरालाबीच छलफल भएको हो ।

नेता कोइरालाले लोकान्तरसँग भने, ‘उहाँले बोलाउनुभयो, म गएँ । देशको परिस्थितिबारे कुरा भयो । संविधान संशोधनबारे मेरो विचार सोध्नुभयो, राष्ट्रिय सभाबारे । मैले व्यक्तिका लागि संविधान संशोधन हुन सक्दैन भनेर भनें । हामीले विरोध गर्छाैं भनें ।’

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागिरहेको सन्दर्भमा ओलीले आफ्नैबाट असहयोग भइरहेको बेला प्रतिपक्षले राजीनामा माग्नु धर्म नै भएको जनाएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए । ओलीको भनाइ उदृत गर्दै थपलियाले भने, ‘राजीनामाको कुरा प्रतिपक्षको भूमिका हो, बुझ्छु म । तपाईंहरूले भन्दा पनि आफ्नै साथीबाट सहयोग पाइएन । जथाभावी बोल्न र लेख्न थाल्छन् ।’

भेटमा कोइरालाले ओलीको स्वास्थ्यबारे समेत चासो राख्दै स्वास्थ्य लाभको कामना समेत गरेका थिए । ‘ओलीजीलाई उत्साहित देखें, स्वास्थ्य राम्रो छ,’ कोइरालाको भनाइ उदृत गर्दै थपलियाले भने । 

ओलीले चिन्तित हुँदै कांग्रेसको सहयोग समेत मागेका छन् । ‘प्रधानमन्त्रीज्यू देशप्रति चिन्तित देखिनुभयो । मुलुक जोगाउनुपर्‍यो डाक्टरसा’प भन्नुभयो । कांग्रेसले सहयोग गर्नुपर्‍यो भन्नुभयो,’ कोइरालालाई उदृत गर्दै थपलियाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x