मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
फागुन १६, २०७६
सिरियामा बिहीवार टर्कीका ३३ जना सैनिकको हत्या गरिएको आरोप सिरियाली सरकारमाथि लागेपछि टर्कीले शुक्रवार शरणार्थीहरूलाई युरोप पस्नका लागि ढोका खोलिदिएको छ ।
टर्कीले आफ्ना सैनिक मारिएको बदलामा १६ जना सिरियाली सैनिकको हत्या गरेको निगरानी समूहहरूले जनाएका छन् ।
सिरियाको इदलिब प्रान्तमा रुसको समर्थन प्राप्त सिरियाली फौजहरूले आक्रमण गरेपछि युद्ध चर्किने डर बढेको भनी अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । इदलिबमा राष्ट्रपति बशर अल–असदले विद्रोहीहरूलाई उनीहरूको
अन्तिम किल्लाबाट हटाउनका लागि रक्तरञ्जित अभियान चलाइरहेका छन् ।
खतरनाक बमबारीले नाटोको सदस्य टर्की र दमास्कसको साझेदार मस्कोलाई एकअर्काको आमनेसामने ल्याएको छ ।
तनाव बढ्दै जाँदा मस्कोले आफ्ना दुई युद्धपोत इसतानबुलको बोस्फोरस जलडमरु हुँदै अघि बढाएको छ ।
इदलिबमा चालु लडाइँले सन् २०११ मा शुरू भएको गृहयुद्धपछिकै सबभन्दा गम्भीर मानवीय संकट ल्याउने भनी संयुक्त राष्ट्रसंघले लगातार चेतावनी दिएको छ ।
तर रुसले भिटो लगाउने गरेकाले सिरियामा राष्ट्रसंघको कारवाही हुन सकेको छैन ।
अमेरिकाले सिरियाको कारवाहीको भर्त्सना गरेको छ र नाटोले संकटका विषयमा आकस्मिक वार्ता गर्ने शुक्रवार जनाएको छ ।
टर्कीभन्दा पश्चिममा रहेका छिमेकीहरूलाई असर पर्ने गरी टर्कीले शरणार्थीहरूलाई युरोप पस्ने बाटो खोल्ने भएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...