जब सिंहले १३ वर्षपछि पायो स्वतन्त्रता ... [भिडियो]

कसैको कैदमा जिन्दगी जिउनुभन्दा नराम्रो संसारमा सायदै केही होला । चाहे मानिस हो, चाहे पशु होस्, सबैलाई स्वतन्त्रताको महत्त्व उच्च हुन्छ ।

सामाजिक सञ्जालमा यस्तै भिडियो भाइरल भइरहेको छ, जसमा १३ वर्षसम्म कैदमा रहेको सिंहलाई पहिलोपटक बाहिर छोडियो र सिंहले स्वतन्त्रताको अनुभूति गर्यो । यो भिडियो देखेर धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भावुक बने ।


Advertisement

यस २७ सेकेन्डको भिडियो भारतका एक वन्यजन्तु अधिकारी शुसान्त नन्दाले ट्वीटरमा सेयर गरेका छन् । भिडियोको सेयर गर्दै उनले लेखेका छन्, ‘सर्कसबाट छुटेको १३ वर्षपछि पहिलोपटक माटो अनुभूति गर्दै सिंह ।’

भिडियोमा देख्न सकिन्छ कि सिंहले आफ्नो पन्जाले माटोमा केही खोजिरहेको छ । सिंहलाई आफू स्वतन्त्र भएको अनुभूति भएको छ र उसले अब स्वतन्त्र हुनुको फाइदा उठाइरहेको छ ।


Advertisement

आफ्नो जिन्दगीको अधिकांश समय पिंजडामा बिताएको सिंह स्वतन्त्रतापश्चात भिडियोमा भाइरल भएपछि सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आउन शुरू भएको छ । एक प्रयोगकर्ताले लेखेका छन्, ‘विकास खराब किन छ भन्ने कुराको उदाहरण मानिस हो ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सिंहले अनुभूति गरेको आनन्दलाई हेर्नुहोस् ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्