×

NMB BANK
NIC ASIA

मःमको व्यापार : बागलुङमा तयार भएर म्याग्दी, पर्वतदेखि मुस्ताङसम्म बजार

फागुन १७, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

भारतीय सेनाको जागिरपछि स्वेदश फर्केका रमेश खड्का पछिल्लो समय व्यवसायमा जमेका छन् । २ वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरूआत गरेका उनले शुक्रवारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन् ।

Muktinath Bank

बागलुङ नगरपालिका–३ का ४० वर्षीय उनी सेनामा २० वर्ष सेवा गरेर हवल्दार पदमा निवृत्त भएका थिए । ‘थप पद लिनलाई जागिर बढाउन पनि सक्थे, स्वदेश आएर पनि अरु देशमा जान सकिन्थ्यो,’ उनी भन्छन्, ‘आफ्नै ठाउँमा बसेर केही गरौं भन्ने सोचले व्यवसायतिर लागें ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सुसारा फ्रोजन मःम’ र ‘सुसारा बिन्स क्याफे’मा गरी करीब १ करोड लगानी भएको छ । मःम व्यवसायमा १५ र ‘क्याफे’मा ५ जनाले रोजगारी पाएका छन् । ‘क्याफे’मा खड्कासहित उनका नातेदार सुशील खड्का र सागर थापाकोसमेत लगानी छ । मःम व्यवसायमा भने रमेश एक्लैको लगानी छ । ‘बागलुङमा काँचो तयारी मःमको बिक्री पहिलोपटक मैले नै शुरु गरेको हुँ,’ रमेशले भने, ‘यहाँ बनेको मःम म्याग्दी, पर्वत र मुस्ताङसम्म समेत जान्छ ।’ किमा भरेर तयार पारिएको मःमलाई विशेष रुपले ‘प्याकिङ’ गरेर बजार पठाइन्छ ।


Advertisment
Nabil box
Kumari

दैनिक ६ देखि ७०० पिलेटसम्म मःम बिक्री हुने गरेको रमेशको भनाइ छ । खसी–बोकाको मःम प्रतिपलेट १०० रुपैयाँ, कुखुराको ६० रुपैयाँ, माछाको ७० रुपैयाँ र शाकाहारी मःमको ४५ रुपैयाँ पर्छ । छिट्टै केराको मःम पनि उत्पादन गर्ने लक्ष्य छ ।

Vianet communication
Laxmi Bank

मःमबाट मासिक करीब ५ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । मःम व्यवसायलाई कम्पनीकै रुपमा अघि बढाउने र बजार पनि विस्तार गर्ने उनकोे योजना छ । उनलाई व्यवसायमा पत्नी रक्षाको दरिलो साथ छ । ‘व्यवसायबाट सन्तुष्ट छु, ठूलो मुनाफाको अपेक्षा मसँग छैन,’ रमेशले भने ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शुक्रवार शुभारम्भ गरेको ‘क्याफे’मा चिया, कफीका साथै रेस्टुराँमा पाइने अधिकांश परिकार उपलब्ध छन् । बागलुङ बजारको केन्द्र भागमा खोलिएको ‘क्याफे’ले जिल्लामा भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनले बताए ।

उनले विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसाय गर्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे । ‘पछिल्लो समय होटल, रेस्टुराँमा लगानी बढेको छ,’ अध्यक्ष राजभण्डारीले भने, ‘व्यापारसँगै पर्यटन प्रवद्र्धनका लागि सुखद् पक्ष हो ।’

व्यवसायसँगै गीत, संगीतमा पनि क्रियाशील रमेशले ‘माछी मारन’लगायतका गीतमा स्वर दिएका छन् । यहाँका पर्यटकीय गन्तव्यस्थललाई समेटेर उनले गाएको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x