×

NMB BANK
NIC ASIA

यौनहिंसा काण्डमा शेरधन राईले खोले ‘वास्तविकता’ : फटाफट ६ वटा नम्बरबाट ७ पेज म्यासेज आए !

फागुन १७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई पति कायम गरिपाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा परेपछि राईले सार्वजनिक समारोहबाटै प्रस्टीकरण दिएका छन् । 

Muktinath Bank

प्रेस संगठन नेपालको प्रदेशस्तरीय भेलालाई शनिवार सम्बोधन गर्दै राईले आफूमाथि एउटा गिरोह नै लागेर ठूलो षड्यन्त्र गरिरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन एमाले पार्टीमा आवद्ध रहेर काम गरेकी भनिएकी बालिका खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौनजन्य हिंसा गरेको लगायत आरोप लगाउँदै पति नाता कायम गरी अंशबण्डा हुनुपर्ने माग गरेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री राईले २०७२ सालमा आफू सञ्चारमन्त्री भएदेखि नै षड्यन्त्र शुरू भएको बताए । ‘म मन्त्री भएपछि मविरुद्ध बैठक बसे । एउटा गिरोह त्यसमा सक्रिय भयो । केही पात्रहरूको खोजी गरियो । पात्रहरूको खरिद गरियो र त्यसपश्चात ममाथि त्यसलाई प्रयोग गरियो,’ मुख्यमन्त्री राईले भने, ‘हिजो मात्रै कुन अदालतमा मुद्दा दर्ता भयो भन्ने कुरा सामाजिक सञ्जालमा आइरहेको छ । २०७२ सालदेखि मौसम अनुसार केही अनलाइनमा मेरो बारेमा आइरहेको यहाँहरूलाई विदितै छ ।’

Vianet communication
Laxmi Bank

पार्टीको निर्देशनअनुसार हालसम्म आफूले आरोपबारे सार्वजनिक अभिव्यक्ति नदिएको स्पष्ट पार्दै मुख्यमन्त्री राईले आज बोल्नैपर्ने अवस्था आएको बताए । ‘जुन पात्रको कुरा छ ती पात्रसँग मेरो बोलचाल, चिनजान केही छैन । म सञ्चारमन्त्री भएपछि फटाफट म्यासेज आउँछ, पचासौं–सयौंको संख्यामा आउँछ । भोलिपल्ट पनि आउँछ । म फोन गर्छु र मान्छे को हो ? चिन्न खोज्छु । नामसम्म थाहा हुन्छ । म फोन राख्छु तर म्यासेज आइरहन्छ,’ राईले घटना विवरण सुनाउँदै भने, ‘ती म्यासेज मैले सरकारको प्रवक्ता र मन्त्रीको हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई देखाए । प्रधानमन्त्रीज्यूले यसअघि पनि गलत पोको ल्याएर मान्छे आएका थिए तर आज थाहा भयो तपाईंमाथि षड्यन्त्र भएको रहेछ, अब तपाई ढुक्कले केही विचलित नभएर आफ्नो काममा अगाडि बढ्नुस् र कुनै प्रतिक्रिया नदिनुस्, मैले चिने बुझे भनेर भन्नुभयो तर पनि मलाई ह्यारेस गर्ने काम रोकिँदैनन् ।’

सरकारबाट बाहिरिएपछि आफूले घटनाबारे पार्टीलाई समेत जानकारी गराएको र पार्टीले आरोप गलत भएको निष्कर्ष निकालेको मुख्यमन्त्री राईले बताए । ‘जब हामी सरकारबाट बाहिरियौं, त्यसपछि ७ पेजको म्यासेज प्रिन्ट गरेर ती पात्रले प्रयोग गरेका, ६ वटा नम्बरबाट पठाएका, त्यो गिरोहको एउटा नाइके, जसको नाम किटानी गरेर मैले पार्टीमा एउटा एजेन्डा दर्ज गरे पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्षसँग औपचारिक अनुमति मागेर दर्ज गरे । पार्टी पोलिटब्यूरोमा २ घण्टा छलफल भयो,’ मुख्यमन्त्री राईले भने, ‘बैठकमा एकमतले ती पात्र गलत हुन् भन्ने निष्कर्ष निस्कियो । त्यसो हो भने एउटा छानबिन समिति गठन गरेर त्यस गिरोहमा, त्यस अपराधमा जसले मेरो राजनीतिक जीवनलाई समाप्त गर्नका निम्ति करोडौं रुपैयाँ खर्च गरेर क्रियाशील छ, सक्रिय छ, त्यो गिरोहलाई बाहिर ल्याउने हिसाबबाट छानबिन समिति बनोस्, मैले आग्रह गरे । अध्यक्ष कमरेडले स्थायी कमिटीबाट निर्णय लिने उहाँले निष्कर्ष सुनाउनुभयो । बैठक सकियो ।’

पार्टी अध्यक्षसँग अनुमति मागेर आफूले घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई समेत अनुरोध गरेको राईले खुलासा गरे । ‘मैले पार्टी अध्यक्षसँग अनुमति मागेर ७ पेज म्यासेजसहित ६ वटा नम्बरसहित सीआईबीमा आवश्यक अनुसन्धानको निम्ति अनुरोध गरे । पुलिसले प्रारम्भिक सम्बन्धित मान्छेमाथि अध्ययन गर्‍यो । कि यी मान्छे स्वाभाविक मनस्थितिमा छैनन्, हामी अध्ययन अनुसन्धान गर्छाै भन्नुभयो, अहिलेका प्रतिनिधिसभा सदस्य नवराव सिलवालले,’ उनले भने । 

हालसम्म कुनै प्रतिक्रिया नदिएको भएपनि आज बोल्नैपर्ने अवस्था आएको बताउँदै उनले दूधको दूध पानीको पानी हुने बताए । ‘मैले कहीँ पनि प्रतिक्रिया दिएको थिइनँ । म भन्नसक्छु शीर ठाडो पारेर – भूइँबाट आएको मान्छे, कम्युनिस्ट पार्र्टीको सदस्यता लिएर जे जिम्मा पायो, सबै फत्ते गरेर आएको हो । म मिडियाबाजी, प्रचारबाजी गरेर आएको होइन । म चुनौती दिन चाहन्छु सबैलाई, आर्थिक र नैतिक मामलामा कसैले पनि खोट लाउन सक्ने मैले बनाएको छैन । यसका बारेमा बोल्न म समयको प्रतिक्षामा थिएँ, प्रहरीले पनि बोल्नुको अर्थ छैन भन्यो, पार्टीले पनि भन्यो,’ उनले भने, ‘अब बोल्नुपर्ने खण्ड आयो, दूधको दूध पानीको पानी छुट्टिने समय आयो । यो छुट्टिन्छ केही दिनमा सबैले थाहा पाउनुहुन्छ । यहाँहरूले कुनै भ्रम नरहोस् कि यो कहीँ चुकेको थियो कि गल्ती गरेको थियो कि !’

मुख्यमन्त्री राईले मिडियामाथि समेत आक्रोश पोख्दै आफूविरुद्धको षड्यन्त्रमा मिडिया पनि दुरुपयोग भएको बताए । ‘यो मामिलामा मिडिया दुरुपयोग भएका छन्, किनिएका छन् । तपाईंहरूले यो खेतीमा लाग्ने, कुन अनलाइन हो १५ मिनेटमा पत्ता लगाउन सक्नुहुन्छ, मैले पार्टीमा नामै तोकेर दिएको छु । कतिपय पात्राको नाम त्यो बेलामा राखिनँ होला तर मूल मान्छेको नाम किटानीका साथ त्यहाँ राखेको छु,’ उनले भने, ‘सायद विश्वको कम्युनिस्ट आन्दोलनमा ममाथि जुन किसिमको षड्यन्त्र भएको छ, यो खालको षड्यन्त्र भएको छैन होला । चुनावका बेला ममाथि १० वटा गोली र एउटा बम प्रहार गरियो । त्यो तर्साउनको लागि होइन, ठाउँको ठाउँ सिध्याउनको लागि हो । वास्तविकता यो हो, तथ्य यो हो । कुनै भ्रम नरहोस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x