मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
दैलेख स्थायी घर भएका राम शर्मा हरेक दिन बिहान सुर्खेतस्थित बसपार्क हुँदै अध्ययनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय जान्छन् ।
स्नातक तहमा अध्ययनरत उनी बिहान ६ बजे क्याम्पस पुगिसक्नुपर्ने भएकाले बसपार्क क्षेत्रमा पुग्दा त्यस्तै पौने ६ को हाराहारीमा भएको हुन्छ ।
उनलाई सवारी साधनमा यात्रा गर्नु हुँदैन, तर हरेक दिनजसो कोही न कोही उनको झोला तान्न आइपुग्छन्– ‘दाइ कहाँसम्म हो ?’ भनेर ।
यसरी झोला तान्ने व्यक्तिहरू अरू कोही नभएर माइक्रोबस तथा बसका स्टाफ र टिकट दलालहरू हुन् ।
‘बिहान अध्ययनका लागि झोला बोकेर क्याम्पसतिर गइन्छ, तर बसपार्कको एक सय मिटर क्षेत्रमा ३० जनाभन्दा बढीलाई जवाफ दिनुपर्ने हुन्छ, कहाँ जान लागेको भनेर,’ शर्माले लोकान्तरसँग भने, ‘विगतमा यसरी सोध्ने मात्र गर्थे तर आजकल त झोला झम्टनै आइपुग्छन् ।’
सुर्खेत क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातकोत्तर अध्ययनरत कालिकोटकी रिता शाहीको गुनासो पनि यस्तै छ ।
‘बिहान–बिहान धेरैलाई क्याम्पस जाने हो भनेर स्पष्टीकरण दिनुपर्ने बाध्यता छ । कतिलाई भनिसक्नु, कतिलाई उत्तर दिइसक्नु,’ उनी भन्छिन्, ‘कम्तिमा टिकट काट्ने स्थानमा सोधे हुन्थ्यो नि, मंगलगढी चोक पुग्नै नपाएको अवस्थामा पनि नेपालगञ्ज जाने हो भनेर सोध्नेको भीड लाग्छ ।’
कुनै पनि यात्रु कुनै स्थान जाने भए उसको चाहनाअनुसार सवारीसाधन रोज्न र टिकट लिन पाउनुपर्ने उनको धारणा छ ।
‘कसैको झोला खोसिन्छ, कसैलाई हातै समाएर यो गाडीमा जाऊँ भन्दै जबरजस्ती राख्ने गरिन्छ,’ उनी भन्छिन्, ‘बसपार्कको यस्तो अति कहिले समाप्त होला र खै !’
जिल्ला प्रशासन कार्यालय सुर्खेतले केही महिना पहिले बसपार्कमा यात्रुहरूलाई यसरी तान्न नपाइने व्यवस्था गरेपनि अहिले त्यसको प्रभाव नदेखिएको उनको गुनासो छ ।
‘नेपालमा जनचाहना अनुसारका कामहरू कुनै राज्य संयन्त्रले शुरू गरेपनि अन्त्यमा वास्ता नै नगरेर अलपत्र पार्ने रोग सर्वव्यापी छ । उदाहरणका लागि बसपार्कमा केही समय प्रहरीले कडाइ गरेपनि अहिले अवस्था उही भइसक्यो । सरकारी निकाय सुतिरहेको जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘परिवर्तन साना कुराबाट हुनुपर्ने हो । परिवर्तन भएका कुरालाई दीर्घकालीन रूपमा लैजान वा त्यसलाई व्यवस्थित गर्न सरकारी पक्षको उदासीनताका कारण आमनागरिकले हरेक स्थानमा सास्ती भोग्नु परेको हो कि जस्तो मलाई लाग्छ ।’
वीरेन्द्रनगर– ७ का हस्त कार्की आइतवार बिहान नेपालगञ्ज जाँदै थिए । उनी अटो रिक्सा चढेर बिहान पौने ६ बजे मंगलगढी चोक आइपुगे ।
कार्कीले झोला अटोबाट झार्न के लागेका थिए, वरिपरि ४/५ जना जम्मा भई कता जाने हो भन्दै सोध्न थाले ।
नेपालगञ्ज जाने भनेर भन्न नपाउँदै उनको झोला तानातान हुनथाल्यो ।
‘मेरो हाइसमा जाऊँ भनेर आग्रह गर्ने टोली एकातिर छँदै थियो, अर्कातिर उनीहरू मेरो झोला लुछालुछ गरिरहे । पछि म आफैं रिसाउँदा मात्रै झोला फिर्ता दिए,’ उनले भने, ‘कम्तिमा म जाने गाडी हेर्न पाउनुपर्ने हो, सोध्न पाउनुपर्ने हो । मेरो अधिकार खै त भनेर आफैंले आफैंलाई सोधें । म हेरेकोहेर्यै भएँ । बाध्यतावश एक जनाको पछि लागें र झोला राखेर आएँ,’ लोकान्तरसँग उनले भने ।
आरोपप्रत्यारोपमा यातायात व्यवसायी !
यात्रुहरूले भोगिरहेको यस्तो समस्याबारे जिज्ञासा राख्दा यातायात व्यवसायीहरू भने एकअर्कामा दोषारोपण गर्छन् ।
आफ्नो समितिका सवारी साधनहरूका तर्फबाट यस्तो व्यवहार नभएको जिकिर देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनीको छ ।
‘हाम्रो समितिबाट भएको छैन, अन्य समितिकाले तानिरहेका छन्,’ उनले लोकान्तरसँग भने, ‘यस्तो गर्नेलाई मुद्दा चलाउनुस् भनेर प्रहरी प्रशासनलाई धेरै पहिले नै भनेको तर अहिलेसम्म हेरेका छैनन् ।’
यता मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रालिका अध्यक्ष विष्णुबहादुर खड्का पनि आफूहरूका तर्फबाट त्यस्तो व्यवहार नभएको जिकिर गर्छन् ।
‘हामीले तानातान गरेका छैनौं, तानातान गर्नेलाई कारवाही गरे हुन्छ,’ खड्काले लोकान्तरसँग भने ।
बल्ल थाहा पाएँ, कारवाही गर्छु– प्रजिअ न्यौपाने
बसपार्क क्षेत्रमा देखिएको यस्तो समस्याबारे आफूले बल्ल जानकारी पाएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने बताउँछन् । त्यसलाई नियन्त्रण गर्न आफूले कदम चाल्ने उनको आश्वासन छ ।
‘तपाईंले भनेका कारण मैले जानकारी पाएँ,’ उनले भने, ‘आजैदेखि म जनताले दुःख नपाउने गरी काम गर्छु । उनीहरूलाई के गर्नुपर्ने हो म प्रक्रिया अघि बढाउँछु ।’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...