मेलिना र समिरको 'पल्केर'मा किरण र एलिशाको रोमान्स

गायिका मेलिना राई र गायक समिर सिंगकको आवजमा 'पल्केर' बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा डीपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।


Advertisement

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा एलिशा राई र किरण गुरुङ फिचर छन् ।

भिडियोमा किरणको एलिशासँग अफेयर देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् ।


Advertisement

केन्द्र लिम्बुले निर्माण गरेको भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ ।

हेर्नुहोस्, भिडियो :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्