×

NMB BANK
NIC ASIA

सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग

फागुन २०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रिय सभाका सांसदले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुने गरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् ।

Muktinath Bank

सभाको मंगलवारको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा केही व्यक्तिको फाइदाका लागि बाँडिदापछि आइपर्ने समस्याबारे बेलैमा सचेत हुन उनले आह्वान गरिन् ।


Advertisment
Nabil box
Kumari

अर्का सांसद इन्दु कडरियाले नेपालको वनजंगलमा पाइने जडीबुटी बाहिरिने तर औषधि महंगो भएर भित्रिने गरेकाले देशमै त्यसलाई उपयोग गर्ने विषयमा भएको कामबारे जानकारी दिन सरकारसँग माग गरिन् ।

Vianet communication
Laxmi Bank

सांसद कविता बोगटीले हुम्लाको ताक्लाकोटमा १५० जना बेवारिसे बसिरहेको बताउँदै १ जना मात्र सदरमुकाम आएकाले बाँकीलाई पनि जाँच गरी ल्याउने व्यवस्था मिलाइयोस् भनी माग गरिन् ।

सांसद कोमल वलीले २ वर्षको कार्यकाल पूरा गरी बिदाइ हुने सांसदलाई कविता वाचन गरी बिदाइ गरिन् । सांसद खिमकुमार विकले विभेदलाई कानूनले निषेध गरेपनि छुवाछूत बढिरहेको बताउँदै छुवाछूत मुक्त राष्ट्र घोषणा गर्न प्रगतिशील सरकारले काम गर्नुपर्ने बताए ।

सांसदहरू उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी र तारादेवी भट्टले बिदाइ हुन लागेका १९ जना सांसदको सुखद एवं सफल जीवनको कामना गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x