मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एसीसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा हङकङले थाइल्याण्डलाई पराजित गरेको छ ।
थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा आयोजक थाइल्याण्डलाई ८ विकेटले पराजित गर्दै हङकङले लगातार दोस्रो जीत हात पारेको हो ।
यसअघि हङकङले आफ्नो पहिलो खेलमा नेपाललाई ४३ रनले पराजित गरेको थियो ।
थाइल्याण्डले दिएको ७८ रनको लक्ष्य हङकङले ७ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि निजाकट खानले सर्वाधिक ३६ रनको योगदान दिँदा किन्चित साहले अविजित १९ तथा जेम्स जोन्सले अविजित ११ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो । उसका लागि जिउल हकले २३ रन जोड्दा डानिल जाकोब्सले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ हङकङका किन्चित साह, अफ्ताब हुसेन र इशान खानले २/२ विकेट लिनुभयो । जितसँगै २ खेलमा ४ अंक जोडेको हङकङले शीर्ष दुईमा रहँदै एसिया कप छनोटको सम्भावना बलियो बनाएको छ ।
यता पराजित थाइल्याण्डको भने यो लगातार तेस्रो हार हो । यसअघि थाइल्याण्ड सिंगापुरसँग ४३ रनले पराजित भएको थियो भने मलेसियासँग ८ विकेटल परातिज भएको थियो ।
प्रतियोगितामा नेपालसहित मलेसिया, आयोजक थाइल्याण्ड, सिङ्गापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष २ टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
सोही प्रतियोगिता अन्तर्गत बुधवार २ खेल हुनेछ । जसमा नेपालले थाइल्याण्डसँग खेल्नेछ भने हङकङले सिंगापुरको सामना गर्नेछ ।
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...