×

NMB BANK
NIC ASIA

विज्ञको सुझाव : बालबालिकामा कोरोना संक्रमण हुन नदिन यसो गरौं

फागुन २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनबाट शुरू भएको कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ |

Muktinath Bank

रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ | आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ताले अभिभावकहरु गहिरो चिन्तामा छन् | घर, स्कुल लगायत सबैतिर कोरोना संक्रमणको हल्ला सुनेर बालबालिका धेरै त्रस्त छन् |


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बन गर्न जरुरी रहेकाे चिकित्सकहरूले बताउँदै आइरहेका छन् | 


Advertisment
Nabil box
Kumari

जनस्वास्थ विज्ञ डा. रवीन्द्र पाण्डेले बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन केही सुझावहरू दिएका छन् । 

Vianet communication
Laxmi Bank

- विश्वभर झन्डै एक लाख व्यक्तिमा कोरोना संक्रमण प्रमाणित हुँदा तथा ३ हजार भन्दा धेरै व्यक्तिको मृत्यु हुँदा बालबालिकामा कोरोना संक्रमण नगन्य मात्रामा देखिएको छ |

- अहिले फैलिएको रुघाखोकी सिजनल तथा सामान्य रुघाखोकी हो | कोरोनाको लक्षण हैन | नेपाल हालसम्म कोरोनामुक्त छ |

- बालबालिकाका गतिबिधि, घुमफिर, काम, खानाको प्रकार तथा अन्य व्यक्तिहरुसंग सम्पर्क कम हुने भएकोले कोरोना सर्ने वातावरण कम हुन्छ |

- बालबालिकामा दीर्घरोगहरु जस्तै क्यान्सर, मधुमेह, मुटुको रोग, दम, मृगौलाको रोग एचआईभी संक्रमण आदि हजारौंमा एकजनालाई पनि नहुने भएकोले जोखिम बर्गमा राखिएको छैन |

- बालबालिकामा कोरोना संक्रमणको लक्षण सामान्य रुघाखोकीको जस्तो हुन्छ | जस्तै – खोकी, नाक बन्द हुने, नाकबाट पानी बगिरहने, पखाला लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने नै हो | ती लक्षण मौसमी रुघाखोकीसंग मिल्छन |

- कोरोना संक्रमण भएको व्यक्तिले नजिकैबाट खोकेमा, हाच्छ्युं गरेमा नाक तथा मुखबाट आउने कणहरुले कोरोना सार्ने सम्भावना हुन्छ | ती र्याल, सिंगान, खोकीबाट आएका कण कुर्सि, बेन्च, डेस्क, गाडीको सिट, टावेल लगायतका कपडा आदिमा बस्न सक्छन | ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन |

- यो रोगको कुनै खोप तथा औषधि नभएकोले घातक मानिएको हो | तर संक्रमण भएका १०० जनामा जम्मा २-३ जनाको मृत्यु हुन्छ | मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ | संक्रमित बालबालिकामा मृत्युदर १००० जनामा एकजनामा पनि छैन | अर्थात ०.१ % भन्दा थोरैमा छ |

- मास्कको अभाव भएमा डराउनु पर्दैन | निरोगी व्यक्तिको लागि मास्कको खासै काम छैन | संक्रमण भएको व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउनु पर्ने जनस्वास्थ्य विद तथा बैज्ञानिकको मान्यता छ |

मास्क लगाएपछि नाक चिलाउने, बोल्न गाह्रो हुने, चस्मामा बादल लाग्ने, मास्क मिलाउन बारम्बार हात मास्क, आँखा, नाक, मुख आदिमा गइरहने भएकोले झन् संक्रमणको डर हुन्छ | हामीकहाँ पाइने सर्जिकल / मेडिकल मास्क, कपडाका मास्क आदिले कोरोना भाइरस रोक्न सक्दैनन् | त्यसको लागि एन ९५ लगायतका स्तरीय मास्क मात्र उपयोगी हुन्छन |

- कोरोनाको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने, कुहिनामा वा टित्स्स्यु पेपरमा छ्युं गर्ने ( हातमा नगर्ने ), ह्याण्ड स्यानिटाइजर् तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने, तथा सफा टावेलले मात्र हात पुछ्ने |

- भीडभाडमा नजाने, रुघाखोकी लागेको व्यक्तिसंग नजिकै नबस्ने, घुम्न नजाने |

- मनतातो कागती पानी खाइरहने | मुख सुख्खा नराख्ने | अलिअलि पानी लगातार पिउने |

- इन्फ्लुएन्जाको खोप लगाउने | यो खोपले अप्रतक्ष्य रुपमा रुघाकोकी सर्नबाट बचाउँछ |

- मुखमा अमला, अदुवा, लसुन, ल्वांग राखिरहने |

- घाममा बस्ने, कपडा घाममा राख्ने |

- नियमित मुख कुल्ला गर्ने |

- सरसफाइमा ध्यान दिने |

- बाहिरको खाना सकभर नखाने | घरमै बनाएको खाना खाने |

- सागसब्जी, फलफुल, दाल, गेडागुडी, दही प्रशस्त खाने |

- बिना जरुरि काम घरबाट बाहिर ननिस्किने |

- अरुका काँटा, चम्चा, प्लेट, तुम्लेट, टिफिन सेयर नगर्ने |

- राम्रोसंग पाकेकोमाछामासु मात्र खाने | काँचो, हाफ बोइल नखाने |

- बाटोमा बेच्ने चटपटे, पानीपुरी लगायतका खाना नखाने |

- जनावरसंग धेरै नजिकिने नगर्ने |

- इन्टरनेटमा भेटिने अपुष्ट कुराको विश्वास नगर्ने | डर नमान्ने | आफुलाई सिर्जनशील काममा व्यस्त राख्ने | अन्धविश्वासको पछि नलाग्ने |

- रुघाखोकी छिटो निको नभएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकसंग जांच गराउने |

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x