×

NMB BANK
NIC ASIA

राष्ट्रिय महिला लिग फूटबल तीन चरणमा हुने

फागुन २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रमुख राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ ।

Muktinath Bank

अखिल नेपाल फुटबल सङ्घद्धारा बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट शुरू हुने लिग तीन चरणमा खेलाइने जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा पहिलो चरणको खेल धरानको धरान रङ्गशालामा चैत ३ देखि १३ गतेसम्म आयोजना हुनेछ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी दोस्रो चरणको खेल काठमाडौंमा वैशाख पहिलो साताबाट र तेस्रो चरणको खेल विराटनगरको शहीद रङ्गशालामा जेठ तेस्रो साताबाट सञ्चालन हुनेछ ।

Vianet communication
Laxmi Bank

प्रतियोगितामा तीन विभागीय टोलीसहित कूल सात टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका रौतहट, विराटनगर महानगरपालिका विराटनगर, चौदण्डीगढी नगरपालिका उदयपुर र वालिङ नगरपालिका स्याङ्जाले खेल्नेछन् ।

डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कूल ४२ खेल हुनेछ । लिगको विजेता टोलीले रु १५ लाख प्राप्त गर्दा उपविजेताले रु आठ लाख प्राप्त गर्नेछ ।

त्यसैगरी तेस्रो हुने टोलीले रु पाँच  लाख तथा चौथोले रु तीन लाख पुरस्कार पाउनेछन् ।
    
प्रतियोगितामा फेयर प्ले घोषित हुने एक टोलीले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही रु ५० हजार प्रदान गरिने आयोजक एन्फाले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित हुने खेलाडीलाई रु पाँच हजार दिइने छ ।

प्रतियोगिताको तयारीस्वरूप एन्फाले सहभागी टोलीलाई जनही रु एक लाख दिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x