×

NMB BANK
NIC ASIA

विज्ञको सुझाव : कोरोना आतंक रोक्न संकटकाल घोषणा गरौं

फागुन २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमणको त्रासले विश्व नै आतंकित बनेको छ । चीन, कोरिया, जापान लगायतका विभिन्न मुलुकमा कोरोनाका कारण मानिसको मृत्यु भएपछि नेपालमा पनि यसको चिन्ता र चासो बढेको छ । 

Muktinath Bank

कोरोनाको त्रास फैलिएको भन्दै नेपालका विज्ञ तथा चिकित्सकहरूले जनस्वास्थ्यमा संकटकाल घोषणा गर्न माग गर्न थालेका छन् । उनीहरूले कोरोनाको डर र चिन्ताले जनसमुदायलाई पीडा हुने भन्दै सरकारले अभिभावकत्व लिनुपर्ने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले तत्काल जनस्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेका छन् ।  कोरोना भाइरस संक्रमणको त्रासले जनजीवन तहसनहस हुन लागेको भन्दै  सरकारले तत्काल संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

उनले भनेका छन,‘कोरोना भाइरस संक्रमणको त्रासले जनजीवन तहसनहस हुँदैछ । हरेक तह र तप्कामा यसको डर र चिन्ताले आम जनसमुदाय पिडामा बाँचिरहेका छौं । सरकारले कोरोना संक्रमण रोक्न सक्छ भन्ने बिश्वास जनताले नगरेको स्थिति छ । अत्यावश्यक सामग्री तथा औषधिको अभाव सुरु भएको छ । आम जनता त्रसित हुँदा सरकारले अभिभावकीय जिम्मेवारी बहन गर्न ढिलो गर्नुहुँदैन ।'

Vianet communication
Laxmi Bank

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले सरकारले सरकारलाई दिएका सुझावहरू यस्ता  छन् :

१. सरकारले यथाशीघ्र जनस्वास्थ्य संकटकाल घोषणा गरोस् ।

२. घटीमा ६ महिना पुग्नेगरि औषधिको आयात तथा भण्डारण गरोस् ।

३. औषधि बिक्रि तथा स्टकमा नियमन गरोस् । अहिले बट्टाका बट्टा औषधि किन्ने काम नियन्त्रण गरोस् ।

४. खानेपानी, दुध, दाल, चामल, तेल, नुन, ग्यासजस्ता खाद्यान्नको ६ महिना पुग्नेगरी स्टक राखोस् । आम समुदायले अत्यावश्यक सामग्री घरमा थुपार्ने तथा कालाबजारियाले सामान लुकाएर कृतिम अभाव सिर्जना गर्ने काम नियन्त्रण गरोस् ।

५. अनावश्यक हल्ला र आतंक फैलाउनेलाई कारबाही गरोस् ।

६. बिमानस्थलमा भएको चरम लापरबाही नियन्त्रण गरोस् । विमानस्थलमै कोरोना संक्रमण पत्ता लगाउने ल्याबको ब्यवस्था गरोस् ।

७. विमानस्थलदेखि अस्पतालसम्म सुरक्षाकर्मीको ब्यबस्था गरोस् । कोरोना संक्रमण फैलिएका देशबाट आउने नेपाली तथा विदेशीलाई अनिबार्य चेकजाँच र आवश्यक परेमा क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरोस् ।

८. टेकु अस्पतालबाट बिरामी भाग्ने काम भइरहेको छ । यो डरलाग्दो पक्ष हो । तसर्थ अस्पतालमा सुरक्षाकर्मी राख्ने तथा भाग्न खोज्नेलाई नियन्त्रण गर्ने ब्यवस्था मिलाओस् ।

९. भीडभाड हुने ठाउँ बन्द गरोस् ।
१०. छिटोभन्दा छिटो स्कुलको परीक्षा सकेर स्कुल तथा कलेज बन्द गरोस् । स्कुलको परीक्षा २ दिनमै सकेर १ महिना स्कुल बन्द गरोस् ।

११. कोरोना संक्रमणको डर र त्रास हटाउन सबै निकायलाई परिचालन गरोस् ।

१२. सम्भब भएका काम अनलाइनबाट (घरमै बसेर) गर्न प्रोत्साहन गरोस् ।

१३. अत्यावश्यक काम भएका बाहेकका व्यक्तिहरुलाई गाउँमा फर्किन प्रोत्साहिन गरोस् ।

१४. क्वारेन्टाइन, आइसोलेसन, आइसीयु, भेन्टिलेटर आदिको पर्याप्त ब्यबस्था मिलाओस्  ।

१५. जनचेतना र परामर्शको ब्यापक ब्यबस्था गरोस् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x