सारा अली खानले भाइसँग खिचाइन् बोल्ड फोटो, मानिसले भने– लाज लाग्दैन ?

बलिउड अभिनेत्री सारा अली खानले हालैको दिनमा सामाजिक सञ्जालमा गरेको एक पोस्टको कडा आलोचना भइरहेको छ । 

माल्दिभ्समा छुट्टी मनाउन गएकी साराले भाइ इब्राहिम र आमा अमृता सिंहसँग तस्वीर खिचाएकी थिइन् । 


Advertisement

तस्वीरहरू शेयर गर्ने क्रममा साराले भाइसँग बिकिनी लगाएर खिचेको तस्वीर पनि अप्लोड गरिन् । भाइलाई जन्मदिनको शुभकामना दिँदै उनले बिकिनीयुक्त तस्वीर शेयर गरेकी हुन् । 

प्रशंसकहरूले भाइलाई जन्मदिनको शुभकामना दिन साराले अर्कै तस्वीर राख्नुपर्ने थियो भने । भाइसँग यस्तो अवस्थाको तस्वीर खिच्नु गलत भएको धेरै प्रयोगकर्ताको भनाइ छ । एकजनाले त 'तिमीलाई लाज लाग्दैन' समेत भनी टिप्पणी गरे ।


Advertisement

साराको हालै रिलिज भएको फिल्म लभ आज कल बक्स अफिसमा असफल भएको थियो । अब उनी वरुण धवनसँग कुली नम्बर १ फिल्ममा देखिनेछिन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्