×

NMB BANK
NIC ASIA

लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको करिव सवा दशकसम्म कहाँ छ भन्ने धेरैलाई अत्तोपत्तो समेत थिएन् । पदाधिकारीहरु काठमाण्डौंकै सम्पर्क कार्यालयमा बसेर सुबिधा खाने गरेकाले लुम्बिनीमा यसको कुनै संरचना थिएन । ऐनमा भने यो विश्वविद्यालय लुम्बिनीमा रहने उल्लेख छ ।

Sagarmatha Cement
Muktinath Bank

स्थापनाको १० वर्षपछि मात्रै बौद्ध विश्वविद्यालयले लुम्बिनीमा पठन पाठन गर्न थाल्यो । पछिल्लो चार वर्षमा भने विश्वविद्यालयले फड्को मारेको छ । काठमाण्डौंको दुई कोठामा सीमित रहेको विश्वविद्यालय अहिले सबैले देखिने गरी विकास भइरहेको छ । चार वर्षको अन्तरमा ठूला संरचना तयार भएका छन् । शैक्षिक कार्यक्रमको विस्तार भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लुम्बिनी क्षेत्रबाटै पदाधिकारी चयन भएपछि विश्वविद्यालय देखिने गरी विकास भयो’ जानकारहरु भन्छन् । सरकारले काठमाण्डौंमा रहेका विश्वविद्यालयका सम्पर्क कार्यालय हटाउने निर्णय गरेसंगै काठमाण्डौंमा सीमित रहेका पदाधिकारी बाध्य भएर लुम्बिनी आएका हुन् ।


Advertisment
Nabil box
Kumari

त्रिभुवन विश्वविद्यालय वा अन्यबाट सेवानिवृत्त प्राध्यापकहरुलाई पदाधिकारीमा नियुक्ती गर्ने प्रवृतिका कारण अन्य विश्वविद्यालय जस्तै बौद्ध विश्वविद्यालय पनि थला परेको थियो ।   काठमाण्डौं बाहिरका अन्य विश्वविद्यालय त्यसको शिकार बनिरहेका छन् ।

Vianet communication
Laxmi Bank

लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थानीय पदाधिकारी निक्त भएपछि यसले फड्को मारेको हो । विश्वविद्यालयको हालका रजिष्टार डा. तिलकराम आचार्य केन्द्रीय क्याम्पसका पूर्व सहायक प्रमुख हुन् । उनी नै पहिलो पटक लुम्बिनीमै आएर पदभार ग्रहण गर्ने पहिलो पदाधिकारी थिए । उनको नियुक्तीसंगै विश्वविद्यालयका अन्य पदाधिकारीहरु पहिलो पटक लुम्बिनी आए । त्यसलगत्तै लुम्बिनीबाटै शैक्षिक कार्यक्रम शुरु गरिएको थियो ।

विश्वविद्यालयका पदाधिकारीहरु काठमाण्डौं मै बस्ने प्रबृतिका कारण विश्वविद्यालयले स्थापनाको लामो समयसम्म शैक्षिक गतिबिधि सञ्चालन गर्न सकेको थिएन । दुई वर्षअघि सरकारले विश्वविद्यालयका काठमाण्डौंमा रहेका सम्पर्क कार्यालय हटाउने निर्णय गरेपछि सबै पदाधिकारीहरु अहिले लुम्बिनी हाजिर हुने गरेका छन् ।

विश्वविद्यालयका पदाधिकारीहरु दोहोरो सुबिधा लिएर काठमाण्डौं बसेको भन्दै आलोचना समेत भएको थियो । निवर्तमान उपकुलपति डा. नरेशमान बज्राचार्यले एक वर्षमा करिव दुई महिनामात्रै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिताएका थिए । त्रिुभवन विश्वविद्यालयमा सेवा गर्ने प्राध्यापकहरु अन्य विश्वविद्यालयमा पदाधिकारी बन्दा विकासमा ध्यान नदिएको गुनासो अझै हटेको छैन । सरकाले पदाधिकारी नियुक्ती गर्दा सोही विश्वविद्यालयमा सेवारतलाई नियुक्ती गर्नुपर्ने माग समेत हुदै आएको छ ।

लुम्बिनीमा भएको बौद्ध शिखर सम्मेलनपछि स्थापना भएको बौद्ध विश्वविद्यालय मुलुककै फरक प्रकृतिको शैक्षिक संस्था मानिन्छ । बौद्ध दर्शन, कला, धर्म, संस्कृति, पुरातात्विक विषय यसका अध्यापन दायरा हुन् ।
विद्यावारिधी (पिएचडी)बाट शैक्षिक कार्यक्रम शुरु गरेको विश्वविद्यालयले ०७१ सालमा स्नातकोत्तर तहमा बौद्ध शिक्षाको पठनपाठन थालेको हो । अहिलेसम्म छैठौं ब्याजका विद्यार्थीले बौद्ध दर्शन अध्ययन गरिरहेका छन्, भने स्नातक तह र एक वर्षे प्रमाणपत्र तहका कक्षा समेत थपिएका छन् । 

‘केन्द्रीय कार्यालयमै कक्षा सञ्चालन र भौतिक पूर्वाधार निर्माण थालिएपछि विश्वविद्यालयको दायरा बढ्दै गएको छ, रजिष्टार डा. तिलकराम आचार्यले भने, ‘अव शैक्षिक क्रियाकलापसंगै भौतिक पूर्वाधारलाई रफ्तारमा अघि बढाउछौं ।’

लुम्बिनी पर्सामा विश्वविद्यालयको केन्द्रीय कार्यालय र क्याम्पस सञ्चालनमा रहेको छ । केन्द्रीय क्याम्पसले स्नातक र एक वर्षे प्रमाणपत्र तहका भाषा कक्षा समेत शुरु गरेको छ । बुटवलमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम र कानून (बिएएलएलबी) कक्षा सञ्चालनमा रहेका छन् । विश्वविद्यालयमा अहिले करिव एक हजार विद्यार्थी पुगेका छन् । ०७१ सालमा जम्मा ७० जना विद्यार्थी भर्ना भएका थिए ।

बौद्ध विश्वविद्यालयले काठमाण्डौंका बिभिन्न सात वटा निजी कलेजलाई सम्बन्धन दिएको छ । रजिष्टार आचार्यले विदेशी विद्यार्थीलाई भर्ना लिने गरी तयारी भइरहेको बताएका छन् ।  ‘पूर्वाधार नभएका कारण प्रर्याप्त मात्रामा विद्यार्थी भर्ना गर्न कठिन थियो, अव केही संरचना तयार भएका छन’ उनले भने ।

बौद्ध विश्वविद्यालय भएपछि सो सम्बन्धीत पूर्वाधारको अभाव छ । विश्वविद्यालयले ११ विगाहा जग्गामा आधारभूत पूर्वाधार निर्माण गरेको छ । सरकारले भवन वाहेक अन्य पूर्वाधार निर्माणका लागि बजेट नदिदा बौद्ध संस्कृति सम्बन्धीत पूर्वाधार बनाउन कठिन रहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनी विकास कोष परिसर र सुण्डीमा सुबिधायुक्त छात्राबास, पदाधिकारी निवास, शिक्षक आवास निर्माण गरेको छ । २० करोडको लागतमा अनुसन्धान केन्द्र तथा करिव ११ करोड लागतमा पुस्तकालय भवन निर्माणधिन रहेका छन् ।

बौद्ध दर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्यापन हुन्छ । तर विदेशी नागरिकहरु लुम्बिनीलाई विशेष महत्व राख्ने गरेका छन् । यो विश्वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेका छन् । त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेको रजिष्टार आचार्यले बताए । 

लुम्बिनी आउने प्रायः पर्यटकहरु बौद्ध विश्वविद्यालयको अवलोकनमा पुग्ने गरेका छन् । केही समयअघि विश्वविद्यालय परिसरमै बनेको स्तुपामा बुद्धका अस्तुधातू प्रतिस्थापन गरिएपछि यसको आकर्षण बढेको हो । विश्वविद्यालयले ७ करोडको लागतमा स्तुपा बनाएको हो । जसमा म्यानमारका भिक्षुृहरुको सहयोगमा अस्तुधातु राखिएको छ । बौद्ध समुदायमा अस्तुधातु राखिएको स्तुपालाई महत्व दिइन्छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वकै नमुना विश्वविद्यालय बनाउने योजनासहित काम भइरहेको बताउछन् ।  ‘हामी मुलुकका अन्य विश्वविद्यालयभन्दा भिन्न हौं, यसको फरक प्रकृति छ’ उनले भने, ‘स्वदेशी विश्वविद्यालयको प्रतिष्पर्धी बन्दै नमुना बन्ने योजनामा छौं ।’

बौद्ध सर्किटका थुप्रै पुरातात्विक क्षेत्रको अध्ययन हुन बाँकी छ । यही विश्वविद्यालयले नै त्यस्ता जनशक्ति उत्पादन गर्ने रजिष्टार आचार्यले बताए । आर्काेलोजी, म्युजियोलोजी, थेरवाद, महायान विषयहरु विश्वविद्यालयमा अध्यापन भइरहेका छन् । यी विषयले अध्ययेताहरु उत्पादन गर्दै पुरातात्विक क्षेत्रको अन्वेषण्मा सघाउ पुग्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले बौद्ध स्मारक क्षेत्रहरुमा शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । विश्वविद्यालयलाई बौद्ध दर्शनसंग जोडेर बहुविषयमा लैजादै कपिलवस्तु र देवदहमा कक्षा सञ्चालनको योजना बनाएको हो ।

रुपन्देहीको देवदहलाई बुद्धको मावली मानिन्छ । त्यहाँको सय विगाहा जमिनमा भौतिक पूर्वाधार गर्ने योजना रहेको रजिष्टार आचार्यले बताए । ‘जग्गाप्राप्तीका लागि मन्त्रालयमा फाइल पुगेको छ, उनले भने, मन्त्रीपरिषद्ले जग्गा स्विकृति दिनासाथ पूर्वाधार निर्माण हुन्छ ।’ विश्वविद्यालयलाई शैक्षिक टुरिजम क्षेत्रका रुपमा विकास गर्ने योजना बनाइएको छ । विदेशी विद्यार्थीलाई अध्ययन अनूमति दिए लुम्बिनी प्रवद्र्धनमा सघाउ पुग्नेछ । त्यसकै लागि बुद्धस्थल तिलौराकोट र नवलपरासीको रामग्राममा समेत विश्वविद्यालयलाई विस्तार गर्ने योजना रहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x