कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
फागुन २४, २०७६
भारतको बिहार राज्यको नालन्दा जिल्लास्थित गेहलौर भन्ने स्थानमा पहाडको बीचमा एउटा बाटो बनेको छ । राजगीर हुँदै भगवान गौतम बुद्धले ज्ञान प्राप्ति गरेको स्थान बोधगया जाने बाटोमा उक्त स्थान अवस्थित छ । नेपालको पहाडी भू-भागमा हुने ठूल्ठूला पहाड त त्यहाँ छैन तर एक तर्फबाट मात्र घेरेको पहाड भने छ । पहाडको बीचबाटै सडक बनाइएका छन् । गेहलौर पुग्दै त्यहाँ दशरथ माझीको नाउँमा एउटा प्रवेशद्वार निर्माण गरिएको छ ।
प्रवेशद्वारको छेउमैं माझीको समाधिस्थल समेत बनाइएको छ । सन् २०१७ मा बिहारका मुख्यमन्त्री नीतिश कुमार तथा उपमुख्यमन्त्री सुशील कुमार मोदीले बिहार पर्यटन विभागको तर्फबाट समाधिस्थललाई सौन्दर्यकरण तथा विकास गरेका कुरा त्यहाँ बनाइएको शिलालेखमा उल्लेख छ ।
विश्वभरिबाट हजारौंको संख्यामा दिनहुँ बौद्ध धर्मावलम्बीहरूका साथै अन्य पर्यटकहरू समेत पर्यटनका लागि बोधगया जाने गरेका कारण पर्यटकहरू त्यहाँ एकछिन रोकिने गर्छन् । २ साताआघि लोकान्तरकर्मी पनि त्यहाँ भ्रमणका क्रममा पुगेको थियो । जनकपुरका पाँच जना पत्रकारसहितको टोली भ्रमणका लागि त्यहाँ पुग्दा दशरथ माझीको नाउँमा किन प्रवेशद्वार बिहार सरकारले बनाएको भन्ने जिज्ञासा जागेर आएको थियो । समाधिस्थलको अवलोकन गरेपछि माझीका परिवारका सदस्यहरूसँग भेट्ने उत्सुकतासमेत जागेर आएको थियो ।
केही किलोमिटर पर पुगेपछि माझीकै नाउँमा ‘दशरथ नगर’ नामको गाउँ समेत रहेछ । उनको घर अगाडि माझीको शालिक र भगवान बुद्धको मूर्ति समेत निर्माण गरिएको छ । प्रधानमन्त्री आदर्श ग्राम योजनाअन्तर्गत त्यहाँ माझीको शालिक नजिकै बस्ने चौतारा निर्माण समेत गरिएको छ । सन् २०१५ मैं माझीको स्मारकलाई त्यहाँका जान अधिकार पार्टी लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष राजेश रंजन (पप्पु यादव)ले उद्घाटन गरेको शिलालेख समेत छ ।
माझीको घर अगाडि एउटा सानो पक्की घर छ । तर त्यहाँ रहेका करीब ५० वटा फुस(पराल)कै कच्ची घर रहेछ । दशरथ माझीको ५० वर्षीय छोरा भगिरथ माझीसँग भेट भयो । उनीसँग उनका बुवा दशरथ माझीका बारेमा सोध्दा शुरूमा उनले अलि अफ्ट्यारो मान्दै भने, ‘यसरी नै भन्न थाल्ने हो भने कतिलाई भन्ने ? दिनमा ५ सय जना जति मानिसहरू आउने गर्छन् ।’ तर हामीले आफूहरू नेपालबाट आएको र पत्रकार हौं भनेपछि उनले सबै बेलिविस्तार लगाए ।
प्रस्तुत छ ,उनले सुनाएको कुरा जस्ताको तस्तै :
गेहलौर घाटीमा मेरो बुवा, हजुरबुवा लगायतका केही मानिसहरू बस्ने गरेका थियौं । हामी हरिजन परिवारअन्तर्गत महादलित छौं । हामी त्यहाँका किसानका खेतमा हलो जोतेर जीविका चलाउने गरेका थियौं । त्यही शिलशिलामा मेरो बुवा दशरथ माझी किसानको खेत जोत्न तथा काठ दाउरा काट्न पहाडको पारी जाने गर्नुहुन्थ्यो । पारी जान बाटो थिएन । पहाडमा पातलो दरार थियो । त्यसै दरार हुँदै अत्यन्तै कठिनाइका साथ जाने गर्नुहुन्थ्यो । सोही शिलशिलामा मेरो बुवा दाउरा काट्न पारी जानु भएको थियो । मेरो आमा फगुनीदेवी बुवाको लागि टाउकोमा गाग्रोमा पानी तथा खाना बोकेर बुवालाई पुर्याउन जानु भएको थियो । तर उहाँ त्यो पातलो दरार पार गर्न सक्नु भएन । र, लड्नु भयो । त्यहीं पहाडको चट्टानमा लडेर उहाँको टाउको फुट्नुका साथै हात खुट्टामा समेत चोट लागेर बेहोश भएको अवस्थामा बेलुकातिर आमालाई बुवाले देख्नु भयो । जसोतसो आमालाई उठाएर उहाँले घर ल्याउनुभयो ।
अनि उहाँले सोच्नु भयो कि आज फगुनी ढलेकी छन् । भोलि अन्य मानिस पनि ढलेर घाइते हुनेछन् । त्यो पहाडलाई फुटाएर बाटो बनाउनै पर्छ भनेर उहाँले बाख्रा बेचेर हथौडा र छिनो किन्नु भयो । अनि जिद्दी गर्दै त्यो पहाड फुटाउन लाग्नुभयो । दिनमा किसानको हलो जोत्ने र बिहान, बेलुका फुर्सद भयो कि हथौडा र छिनोले पहाड फुटाउने काम गर्न थाल्नुभयो । मेरो आफ्नै हजुरबुवा तथा परिवारका सबै सदस्य, गाउँ समाजका मानिसले उहाँलाई पागल भयो भनेर भन्न थाले । ३ सय ६० फिट लामो, २५ फिट गहिरो तथा ३० फिट चौडाई भएको चट्टानी पहाडलाई एक जना मानिसले हथौडा र छिनोले भत्काउन सक्ने कुरा कसैले पत्याउने कुरै भएन । त्यसैले उहाँलाई सबैले पागल भयो भनेर भन्ने गरेका थिए ।
किसानको खेतमा काम गरे वापत दिनको डेढ किलो धान बुवाले पाउनु हुन्थ्यो । त्यही धानबाट जीविका जसोतसो चलेको थियो । आइतवारका दिन छुट्टी हुने भएकाले दिनभर भने उहाँले पहाड फुटाउनुहुन्थ्यो । सबैले हाँसेर मजाक उडाउने गर्थे । तर उहाँको दृढ इच्छाशक्तिका कारण उहाँको अठोट अटल थियो । सन् १९६० मा पहाड फुटाउन शुरू गरेको काम २२ बर्षपछि सन् १९८२ मा पूरा भयो । अन्ततः हथौडा र छिनोले नै पहाड फुटाएर बाटो बनाएरै छाड्नुभयो । पैदल हिँड्ने बाटो बनेपछि उहाँ पटना पुग्नुभयो ।
मुख्यमन्त्री नितीश कुमारसँग भेट गरेर त्यहाँ अब पक्की बाटो बनाइदिन अनुरोध गर्न पुग्नु भएको थियो । आठ दिनसम्म लिट्टी चोखा खाएर उनी त्यहाँ बसे । मुख्यमन्त्री कार्यालयमा तैनाथ रहेका सुरक्षाकर्मीले उहाँलाई भेट्न नदिएर फर्काइदिने गरेको थियो । रिसाएर त्यहाँको गेट नै हथौडा र छिनोले भत्काउन थालेपछि बल्ल मुख्यमन्त्रीलाई सुरक्षाकर्मीले खबर गरेर दशरथ माझी नामका एक जना साधु तपाईसँग भेट्न आएको कुरा सुनाए । माझीको बारेमा एक जना पत्रकारले समाचार पत्रिकामा त्यसअघि छापेका कारण नितिश कुमारले तत्कालै उनलाई ससम्मान बोलाउन लगाए । गाउँमा सडक, अस्पताल बनाइदिने भनेर नीतिश कुमारले उनलाई आश्वस्त गरेर घर फर्काएका थिए ।
नितीश कुमारले मेरो बुवालाई हाइलाइट गराउनुभयो । देश विदेशमा उहाँको नाउँ फैलाउन उहाँले धेरै नै सहयोग गर्नुभयो । ७३ वर्षको उमेरमा सन् २००७ मा बुवाको निधन भयो । उहाँको निधन भएपछि नीतिश कुमारले गेहलौरमा प्रवेशद्वार तथा समाधिस्थल समेत बनाउनुभयो । अहिले पटनामा समेत चिडियाखानाको छेउमा उहाँको नाउँमा स्मृति भवन बनाउनु भएको छ ।
माझीको नाउँमा सिनेमा
माझीको बारेमा भारतमा चर्चा भएपछि बोलिवुडमा उनको जीवनीमा आधारित हिन्दी सिनेमा नै बनेको छ । ५ वर्षअघि ‘माझी : द माउन्टेन म्यान’ नामक सिनेमा बनेको थियो । माया मुभिजले निर्माण गरेको तथा केतन महतले निर्देशन गरेको उक्त सिनेमामा नवाजुद्दीन सिद्दिकीले दशरथ माझीको तथा राधिका आप्टेले उनको श्रीमती फगुनीदेवीको अभिनय गरेका छन् । फिल्म निर्माताले १ लाख रुपैयाँ दिएका थिए र कमाइको २ प्रतिशत दिने भनेर निर्माताले प्रतिबद्धता गरेका थिए । तर दुई प्रतिशत कमाइ भने दिएनन् । सिनेमा बनाएर उनीहरू मुम्बई गए । मैले कहाँ खोज्न जाने ? सिनेमा चलेन, घाटा लाग्यो रे भनेर धेरैले भने । मैले पनि अब जे भयो भयो भनेर चित्त बुझाएँ ।
केही वर्षअघि भारतका चर्चित सुपरस्टार आमिर खान पनि गेहलौर घाटीमा आएका रहेछन् । आमिर खानले मसहित घाटीका ६ जनालाई सम्मान गरेका थिए । मेरो गाउँको गरीबी हटाउन केही गरिदिनु पर्यो भनेर हामीले आमिर खानलाई भनेका थियौं । ठीक छ म केही गर्छु भनेर जानु भयो । फर्केर अहिलेसम्म आउनु भएको छैन ।
उहाँ जिद्दी कति सम्म हुनु हुन्थ्यो भने एक जनाले ‘दिल्ली त बहुत दुर है’ भनेपछि कति टाढा हो, पाइलाले नै नापिदिन्छु भन्दै हिँडेर नै १ महिनामा दिल्ली पुगेर नेताहरूलाई भेटेर सडक निर्माणका लागि अनुरोध गर्नु भएको थियो ।
बिहार सरकारले माझी बस्तीका लागि डेढ एकर जग्गा दिएको छ । त्यही डेढ एकर जग्गामा कुल ५२ जना घरपरिवार बसोबास गरेका छौं । हामी सबै जना कच्ची झुपडी बनाएर बसेका छौं । डीएमले पक्की घर बनाइदिएका छैनन् । मेरो एउटा छोरी अंशु र ज्वाईं मिथुनले स्नातकसम्म पढेका छन् । दुवै जनाले बीए पढेका छन् । नितीश सरकारले कम्तिमा छोरी र ज्वाईंलाई बिद्यालयमा नै भए पनि जागिर लगाइदिए हुन्थ्यो । मजदुरी गरेर हामीले आफ्नो घर परिवार चलाउँदै आएका छौं ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...